केन्द्रीय संस्करण
कोरोना कैरन– ८

लुकिँदैन, लडिन्छ र जितिन्छ

person explore access_timeचैत ३०, २०७६ chat_bubble_outline1

म न जनस्वाथ्यविद् हुँ न चिकित्सा शिक्षाको पण्डित । तैपनि सुझ न बुझ यो कोरोना कैरन कोर्दै म किन नजानेको बाटोमा हिँड्न खोजेको होला ? आफैँलाई कुरिकुरी गदै घरिघरि सोध्छु म । कोरोना कहरकालमा यो कैरन कोर्नुका दुईवटा कारण छन् । एउटा कारण फेसन हो, अर्को हो बाध्यता । पाँच वर्षअघि जब भूकम्प गयो, कतै अदृश्य दूलाबाट कमिलासरी विद्हरु जन्मे । भूगर्भविद् र भूकम्पविद्हरु । भूकम्पको भयावह हल्लाइले सबथोक बिरानो भएको थियो । मानिसको मनोविज्ञान बिरानो, बास बिरानो, जीवनशैली बिरानो । मलाई आफ्नै सेरोफेरोको परिवेश कतैको बिरानो परदेशजस्तो लाग्यो । त्यो परदेशमा मलाई एउटा कथनको याद आयो— रोमबासी जसोजसो गर्छन्, तैँले रोममा त्यसैत्यसै गर्नू । बस्, म गर्न थालेँ । विद्हरुको सिको गर्दै म बिद्पन्थको पथिक भएँ । र, म अज्ञान अनाडीले भूकम्प अनुभव लेखेँ । एक थान होइन, सात–सात थान !

अहिले कोरोना कहरमा उही पुरानो कुरा दोहोरियो । कोरानाको आक्रमण शुरु हुनु के थियो हठात् जादूगरी काइदाले एक जमात कोरोनाविद्को जायजन्म भयो । रोमसम्बन्धी कथनको स्मरण  गर्दै म थपक्क यी विद्को पछि लागेँ । भूकम्पकालमा त गर्नलाई अनेक काम थिए । केही नभए सडक किनारमा राहतको रित्तो बोरा बोकेर सेल्फी खिच्दै परोपकारको अभिनय गर्न सकिन्थ्यो । अहिले कोरोनालाई छल्न ‘लकडाउन’ लाग्या छ । र, सडक किनार दूर क्षितिजजस्तो भएको छ । घरबन्दीमा आफूसँग बचत समय थुप्रो छ । आपत् छ, यो बचत कसरी बिताऊँ म ? बस्, समय बियाँल्न म ज्ञान न गुन र अर्थ न बर्थको यो कोरोना कैरन कोर्न थालेँ ।

https://media.vanityfair.com

अमेरिकी महामहिम सनक सिं ट्रम्पले यसलाई प्वाक्क ‘चिनियाँ कोरोना’ भन्दिए । यी बडे दादाको कथन बडो प्रभावकारी हुनगयो । त्यो यही प्रभावको परिणाम होला शायद, बेलायतको लण्डनमा चिनियाँ विद्यार्थीलाई ‘कोरोना’ भन्दै अपमान गरियो । र, लण्डनमै कोरोना प्रदेशका मनुवा भनेर हङकङका विद्यार्थीहरु निर्घात कुटिए । तिनका आँसु बगिरहेका रक्तरञ्जित अनुहार जब देखेँ, नश्लीय राष्ट्रवादको चर्तिकलाप्रति मेरो मनमा आक्रोशको भेल उर्लियो । तर ती अपमानित र पीडित आत्माप्रति  समभाव राखेर सुस्केरा हाल्नु सिवाय मैले गर्नसक्ने कुरा केही थिए ।

कबाडी माल कोर्नकै लागि पनि कोरोना कहरको कखरा त मैले जान्नैपर्‍यो । म सामाजिक सञ्जाल, भुक्तभोगीहरुका अनुभव र ज्ञानीहरुका अनुसन्धानतिर चियाउन थालेँ । तर नाथे कोराना जति जान्न खोज्यो मलाई उति अन्योलपूर्णा लाग्यो । के गरे कोरोना सल्किन्छ, के गरे यसबाट जोगिन्इन्छ ? ज्ञान र अर्तीका अनेक संस्करणको ओइलो लाग्दै गयो । यसो बुझ्न खोज्यो, यसको कुरो उसको कुरोसँग बाझ्या छ, उसको कुरो यसको कुरोसँग जुध्या छ । मेरो विज्ञासु दिमाग त गाँठ्ठे, यिनको जुधाइको रणभूमि पो भयो । चीनले भन्यो— यो कोरोना रैथाने होइन । जीवनभक्षक यो विषाणु चीनको उत्पत्ति किमार्थ होइन । यो अमेरिकाले षड्यन्त्रमूलक ढङ्गले चीनमा हुलेको पराई व्याधि हो । चीनको बद्नाम गर्न हुलेको व्याधि, चीनको प्रगति र उँभौली ध्वस्त पार्ने दुराशयले हुलेको व्याधि । यसबीच दङ्ग मुद्रामा चीनको आपत् नजर गर्दै र चीनको सम्भावित सर्वनाशको सुखद् कल्पना गर्दै कतिपय पश्चिमाहरु हर्षातिरेकको मुद्रामा थिए । अमेरिकी महामहिम सनक सिं ट्रम्पले यसलाई प्वाक्क ‘चिनियाँ कोरोना’ भन्दिए । यी बडे दादाको कथन बडो प्रभावकारी हुनगयो । त्यो यही प्रभावको परिणाम होला शायद, बेलायतको लण्डनमा चिनियाँ विद्यार्थीलाई ‘कोरोना’ भन्दै अपमान गरियो । र, लण्डनमै कोरोना प्रदेशका मनुवा भनेर हङकङका विद्यार्थीहरु निर्घात कुटिए । तिनका आँसु बगिरहेका रक्तरञ्जित अनुहार जब देखेँ, नश्लीय राष्ट्रवादको चर्तिकलाप्रति मेरो मनमा आक्रोशको भेल उर्लियो । तर ती अपमानित र पीडित आत्माप्रति  समभाव राखेर सुस्केरा हाल्नु सिवाय मैले गर्नसक्ने कुरा केही थिए ।

कोरोनाबारे कनिकुथी बुझ्दै जाँदा केही कुरा बुझियो । अदुश्य र सूक्ष्म हुनु नै कोरोनाको विनाशकारी सामर्थ्य रहेछ । यो पाजी दृश्यमान् र विशाल हुँदो हो त यसबाट तर्केर भागिन्थ्यो । अथवा यसलाई घेरेर लाठाले ठोकेर थला पारिन्थ्यो । छनलाई यो अणुको पनि अणु सरह सूक्ष्म छ, चीनदेखि अमेरिकासम्म यसले हल्लाइ सक्यो । म भनेको ब्रह्माण्डको सर्वश्रेष्ठ प्राणी ! ईश्वरपछिको सर्वज्ञ म, ईश्वरपछिको सर्वव्यापी म, ईश्वरपछिको सर्वद्रष्टा म ! म भूपति, म समस्त प्रकृतिको अधिपति ! मानिसको यो मिथ्याभिमानलाई नाथे यो अदृश्य र सूक्ष्म कोरानाले एक प्रहारमै चूरचूर पारिदयो । कोरोनाको रजगजसामु अहिले मानिस आहत छ, अन्योलग्रस्त छ, दिग्भ्रमित छ र समस्त आकाश चीरा पर्ने गरी मुखर वा मौन चीत्कार गरिरहेछ । म के थिएँ, म के भएँ ? कता जाँदैछु र अब म के हुने हुँ ? यो कोलाहल र अन्योलमाझ म रोमपन्थी लेखकले लेख्ने के हो ? म त भन्छु — लेख्ने वास्तवमा यही कोलाहल र अन्योल हो, जो म लेख्दैछु । मानिसका यी अकल्पनीय पीडाहरु, यी शोकाकूल रोदनहरु र यी त्रासद् स्मृतिहरु शब्दमा अभिलेखबद्ध होऊन् । र, भावी पुस्ताले पढून् र बुझून्— ए, मेरा पुर्खाहरु ठीकैको बुद्धि र हुति भएका रहेछन् !

Medical staff in full protective gear carry a patient on a stretcher down a street in Naples, as the spread of coronavirus disease (COVID-19) continues, Italy, April 2, 2020. REUTERS - CIRO DE LUCA http://www.rfi.fr

कोरोना भाइरस आतङ्क मच्चाउँदो छ, म अपलक हेर्दो छु । अहिले मेरा आँखा इटलीको उत्तरी भेगमा स्थिर भएका छन् । लोम्बार्डी र इमिलियामा । त्यहाँ जो जसरी मरिरहेछन्, तिनको मृत्युमा म आफ्नै मृत्यु आउन लागेको छनक पाउँछु । किन ?


कोरोना भाइरस आतङ्क मच्चाउँदो छ, म अपलक हेर्दो छु । अहिले मेरा आँखा इटलीको उत्तरी भेगमा स्थिर भएका छन् । लोम्बार्डी र इमिलियामा । त्यहाँ जो जसरी मरिरहेछन्, तिनको मृत्युमा म आफ्नै मृत्यु आउन लागेको छनक पाउँछु । किन ? लोम्बार्डी र इमिलिया रहेछन् युरोपका सर्वाधिक वायु प्रदूषणग्रस्त क्षेत्रहरु । त्यहाँ संक्रमितमध्ये सयकडा चौधको एकबारको जुनी विकारले खाइरहेछ । मूलतः वायु विकारले । त्यही अभागी इटलीमा अन्तअन्त भने संक्रमितध्ये केवल सयकडा साढे चारको ज्यान जाँदैछ । उत्तरी इटलीको सर्वनाश देख्दा मलाई आफ्नै सेरोफेरोको ज्यानमारा वायु प्रदूषणको  झल्याँस्स याद आयो । र, मेरो हंस हल्लियो । कोरोनालाई मनपर्ने तीन चीज रहेछन् । पाटपुर्जा खिया लग्दै गएको बृद्ध देह, खास गरी फोक्सोको दीर्घ रोग र उच्च वायु प्रदूषण । सोच्छु, कोरोनाद्वारा मारिन यी तीन योग्यता मसँग पनि त छन् । सत्तरीमाथिको जीर्णोन्मुख देह छ, फोक्सोमा चुरोटको गाजल लागेको छ र आकाशमा भयावह वायु प्रदूषण छ । दिनप्रति दिन मर्नेहरुको उमेर, रोग र वातावरणको बयान जब सुन्छु, त्यो मलाई नै सुनाएजस्तो लाग्छ । ओ मृत्युन्मुख मानव !  मानसिकरुपले तयार रहनू, तीपछि अब पालो तेरो !

के कोरोना भाइरसद्वारा म, हजुर वा घैँटे मारिनु हाम्रो जीवनको विकल्परहित विवशता हो ? म त भन्छु— किमार्थ होइन ।  जसले हो भन्छ, त्यो कायर हो । एकबारको जुनीको अथाह मूल्य नबुझ्ने परम् लरिल्वाँठ हो त्यो । कोरोना युद्धमा सत्तरी वर्षमाथिका मनुवा पनि त थुप्रो बाँचेका छन् । एक सय एक वर्षका लण्डनबासी किथ अस्तिमात्र कोरोनालाई धूलामा पछारेर विजयी मुद्रामा मस्किँदै अस्पतालबाट ठमठम घर फर्के । यी र यस्ताहरु हामी बृद्धका आदर्श पात्र हुन् । हाम्रा प्रेरणाका मुहान, हाम्रा आशाका केन्द्र, हाम्रो कोरोना युद्धका मार्गदर्शक दीप । कोरोना युद्धमा बूढाहरु जति मरिहाल्छन् टाइपका निर्मम गफ गर्नेहरु सुनून्— कोरोनाको डरले सधैँ लकडाउनमा लुकिँदैन, बाहिर निस्केर लडिन्छ ।

गए जाला ज्यान,स्वतन्त्रता छाडिँदैन

मानव बस्ती जब अँध्यारोले ढाक्छ, ढुकिबसेको चोरले चोर्ने दाउ छोप्छ । विचारको डबलीमा पनि हुने कुरा आखिर यही हो । मानव स्वतन्त्रता भक्षण गर्न तलतल लागेको जीवात् आपतकालको दाउ छोपेर केही अनर्थ गर्न खोजिहाल्छ । चटककान्त शासकका मुखारविन्दबाट वचन फुत्त फुस्किएछ— यो आपतकालमा रोज्ने जीवन हो कि वैकल्पिक स्वतन्त्रता ?  यो वचन श्री चटककान्तको मौलिक होइन । यो चीनबाट सापट लिइएको हो । सम्झना छ, पोहोर चीनका एक टोली प्रशिक्षकले सी विचारधारा निर्यात गर्न नेपालमा पदार्पण गरे । तिनले शासक महलका शिखरवासीहरुलाई बाकाइदा प्रशिक्षण दिए । समकालमा केवल सी विचारधारा सत्य हो, बाँकी विचारधारा मिथ्या हुन् । बस्, प्रशिक्षणको चुरो कुरो शायद यही थियो । थाहा छ सी विचारधारामा के हुन्छ ? सी विचारधारामा जे हुन्छ, हनुहुनामी हुन्छ । सी विचारधारामा हरेक नागरिक राज्यको निगरानीमा हुन्छ । अहोरात्र, नित्य–निरन्तर । सी विचारधारा नागरिकको गोपनीयताको हक जान्दैन । नागरिकको आत्म–सम्मानको चेतना जान्दैन । नागिकरको स्वत्व र निजत्वको सपना जान्दैन । यो जान्दछ केवल पलपल नागरिकको जासुसी गर्न, नागरिकलाई भयाक्रान्त तुल्याउन र भयको छायामुनि नागरिकको मुख थुन्न । यो जान्दछ केवल नागरिकलाई स्वत्व एवं निजत्वशून्य गिनिपिगमा ढाल्न । र, नागरिकलाई जिज्ञासा, प्रश्न, विमति एवं वागी चेतनारहिक स्वामिभक्तिको साँचोमा ढाल्न । शासक चटककान्तले जे भने वास्तवमा त्यसको प्रेरणाश्रोत यही सी विचारधारा हो ।

‘जीवन रोज्ने कि स्वतन्त्रता ?’ यस्तो अर्थहीन र गलत प्रश्न हामीलाई सोधियो । त्यो पनि त्यस्तो व्यक्तिद्वारा, जो  चौध वर्ष जेल बसेको कथाको कपि राइट बारम्बार बेच्ने गर्छ । सधैँ उत्तरमात्र गलत हुँदैन, प्रश्न पनि गलत हुन्छ । म यो गलत प्रश्नको उत्तर दिन अस्वीकार गर्छु ।’ उत्तर दिन्न भन्दै दिइएको यो हाँकयुक्त उत्तर मेरो होइन । यो ट्वीटे पार्टनर दोस्रो दर्जाकी रीताको हो ।

सामाजिक सञ्जालमा यो प्रश्नप्रति विमतियुक्त प्रतिक्रियाको बाढी उर्लेको छ । यो बाढीमा विवेकको जल अर्पण गर्ने सामान्य जन पनि छन्, प्राज्ञ–पण्डित पनि छन् । जीवन के हो ? यो यस प्रश्नले उठाएको यक्ष प्रश्न हो ? ‘जीवन भनेको सोच्न पाउने, बोल्न पाउने हो । सासमात्र फेर्ने यन्त्र त शरीर हो, जीवन होइन । त्यसो भए जीवन रोन्जे कि स्वतन्त्रता भन्ने भ्रमपूर्ण प्रश्न कि ?’ प्रश्नले नै प्रश्नको प्रत्युत्तर दिने यो प्रश्न पनि मेरो होइन । यो प्रश्न सेतोपाटीका मुखर वैचारिक योद्धा अमित ढकालको हो ।

यो आपत कालमा जीवन रोज्ने कि स्वतन्त्रता ? प्रश्नकर्ता श्री चटककान्तको  पक्षमा पैरवी मत हुँदै नभएको होइन । यो मत भन्छ—  आपतकालमा रोज्ने जीवन हो, स्वतन्त्रता किमार्थ होइन । यो मतका संवाहकहरु के स्वतन्त्रता इटलीका थुप्रो मृत्युको अनिष्ट कारक होइन भनी हामीलाई सोध्छन् ।


यो आपत कालमा जीवन रोज्ने कि स्वतन्त्रता ? प्रश्नकर्ता श्री चटककान्तको  पक्षमा पैरवी मत हुँदै नभएको होइन । यो मत भन्छ—  आपतकालमा रोज्ने जीवन हो, स्वतन्त्रता किमार्थ होइन । यो मतका संवाहकहरु के स्वतन्त्रता इटलीका थुप्रो मृत्युको अनिष्ट कारक होइन भनी हामीलाई सोध्छन् । सत्य हो, इटलीमा आपतकालमा स्वतन्त्रतको आग्रहले लकडाउनको संहिता अस्वीकार गर्‍यो । र, यो अस्वीकृति शायद थुप्रो मृत्युको कारण बन्नपुग्यो । त्यो स्वतन्त्रलाई समय र सन्दर्भ निरपेक्षरुपमा बुझ्ने भूल थियो । यो मतका पथिकहरु स्वतन्त्रतालाई स्वेच्छचारी हक ठान्ने सनक सिं डोनाल्ड ट्रम्पको उदाहराण पनि अघि सार्छन् । अघोरी ट्रम्प आफ्ना नागरिकहरुलाई मास्क लगाउन फर्मान जारी गर्छन् र आफू मास्क नलगाउन जिद्दी गर्छन् । ट्रम्पको यो स्वेच्छाचार अनेक मृत्युको कारण बन्न सक्ने भय अवश्य छ । मेरो प्रश्न छ— आपतकालका यी दुई भूललाई उछालेर स्वतन्त्रता त्यागको पैरवी गर्नुको निहितार्थ के हो ? निहितार्थ वास्तवमा आपतकालको बहानामा स्वतन्त्रतालाई बलि चढाउनु हो । र, यो जानअन्जान निरङ्कशताप्रतिको भक्तिभाव हो ।

समाजवादरहित सोभियत ‘समाजवाद’मा बङ्गुरको मासु र भोड्का कि स्वतन्त्रता भन्ने अव्यक्त प्रश्न थियो । कालक्रमा यो प्रश्न बदर भयो र स्वतन्त्रतासहितको जीवन रोजियो । हामी के गर्छौ ? थाहा छ, जीवन कि स्वतन्त्रताको प्रश्न चीनको बाटो गरी उत्तर कोरियातिर जाने प्रश्न हो । त्यो उत्तर कोरियातिर, जहाँ सङ्गीनले जनजनका मुख थुनेर नागरिकलाई भोकै मर्न छूट दिइन्छ र मिसाइलको रास बनाइन्छ ।

शासक चटककान्तका पछि लागेर जाने हो उत्तर कोरियातिर ? गइँदैन, किमार्थ गइँदैन । निरङ्कुशताप्रेमी प्रश्नकर्ताको डरले दूलामा लुकिँदैन । जीवन र स्वतन्त्रताको सङ्गमका लागि लडिन्छ र जितिन्छ ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 12, 2020, 6:19 a.m. अमृत पाैडेल
    काेठामा बसेर खाेके जस्ताे हैन! बाहीरै नीस्कनै मन छ भने जाउ न स्वयमसेबी भएर फ्रन्टलाईनमा स्वास्थ्यकर्मी संग
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.