शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड–१९ संक्रमण न्यूनिकरणमा सतर्क एनआइसी एशियाः कर्मचारी, ग्राहक र एटीएममा अपनाइयो यस्तो सुरक्षा उपाय

आइतबार, ३० चैत २०७६, १७ : ४५
आइतबार, ३० चैत २०७६

काठमाडौं– एनआइसी एशिया बैंकले कोभिड–१९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिइरहेको छ । 

कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक ठानी बैंकले सेवालाई निरन्तरता दिएको हो ।

विश्वमा पहिलोपटक कोभिड–१९ संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहकहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको छ । 

ग्राहक तथा कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकहरूको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ ।

ग्राहकहरूमा अपनाइएका सुरक्षाका उपायहरू

-बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोभिड–१९ संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको ।
-बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहक महानुभावहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहक महानुभावहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा कोभिड–१९ प्रतिरोधक हुने गरी कीटाणुनाशक औषधी छर्किने गरेको छ ।

-शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउने ग्राहकहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको ।
-बैंकले हालसम्म आंशिक रुपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आउनुभएका ग्राहकहरूलाई यथाशक्य थर्मल गनको सहायताले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईट भन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको ।
-ग्राहकहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको ।

-शाखामा पुग्ने ग्राहकहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको । 
-शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको ।
-ग्राहकहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सो को समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको ।

एटीएममा अपनाइएका सुरक्षाका उपायहरू

-ग्राहकहरूले एटीएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको ।
-प्रत्येक ४८ घण्टामा एटीएममा कोभिड १९ प्रतिरोधक हुने गरी कीटाणुनाशक औषधी छर्किने व्यवस्था गरिएको ।
-एटीएमहरूमा कोरोनाभाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको ।
-एटीएमहरूमा भीडभाड गर्न नदिई ग्राहकहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको ।

कर्मचारीहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरू

-बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिए देखि नै स्टाफ एडभाइजरी जारी गरि आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको ।
-कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहकहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको ।
-नोटको प्रयोगबाट कोरोनाभाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहकहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त डिस्इन्फेक्सन गरेर जम्मा गर्ने व्यवस्था गरेको ।
-सेवामा रहेका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको ।

-यस विपतको समयमा परिवारभन्दा अलग रहेका वा लकडाउनले गर्दा विभिन्न स्थानमा रोकिएर रहेका कर्मचारीहरूलाई लकडाउनको कार्यविधि उल्लंघन नहुने गरी परिवार रहेको स्थानसम्म उच्च सावधानीको साथ पु¥याउने व्यवस्था गरिएको ।
-यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा डिस्इन्फेक्सन औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको ।

-कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिए देखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको ।,
-सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागि बाहेक (एटिएम÷सूचना प्रविधि) कर्मचारीहरूलाई ‘वर्क फ्रम होम’को व्यवस्था गरिएको छ । साथै कार्यलय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पन्जा जस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको ।
 
यस्तो जोखिमको अवस्थामा पनि कर्मचारीहरूले देखाएको सेवाको तत्परताले ग्राहकहरूलाई जस्तोसुकै अप्ठ्यारोमा पनि बैंक सेवा प्रदान गर्न तयार रहेको देखाएको छ । साथै, ‘वर्क फ्रम होम’को व्यवस्थाले लकडाउनको अवस्थामा पनि कर्मचारीवर्गहरूले आफ्नो घरमै बसेर ग्राहकहरूलाई निरन्तर सेवा दिइरहेका छन् ।

बैंकले आंशिक रुपमा शाखा कार्यालयहरू सुचारु गरिरहेको अवस्था भएपनि नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई कार्यान्वयका लागि सघाउ पु¥याउनका लागि बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ ग्राहक महानुभावहरूलाई घरबाट बाहिर निस्कन नपर्ने गरि कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । 

जसका लागि विद्युतीय बैंकिङ्गबाट गरिने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था बैंकले गरिसकेको छ । 

ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न पनि सक्नुहुन्छ । साथै, नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआइसी एशिया बैंकको एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिसकेको छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप