शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट भूपू गोर्खा गुरुङको निधन

मङ्गलबार, ०२ वैशाख २०७७, ०७ : २३
मङ्गलबार, ०२ वैशाख २०७७

लण्डन । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको  थियो ।

नियमित रुपमा शारीरिक व्यायाम गर्ने गुरुङलाई अन्य रोग नरहेको बताइएको छ । कास्की जिल्लाको घान्द्रुक घर भएका गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए ।

 ‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा गुरुङ केहि वर्ष पहिला घान्द्रुक समाज रेडिङ्कका अध्यक्ष समेत रहेका थिए ।

अहिलेसम्म बेलायतमा कोरोनाकै संक्रमणबाट ६ जना पूर्व गोर्खा सैनिकको ज्यान गइसकेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या भने ९ जना पुगेको छ भने बेलायतमा मात्र १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप