केन्द्रीय संस्करण
कोरोना कैरन– ९

सरकार अस्वस्थ, स्वास्थ्य नीति बर्बाद

person explore access_timeबैशाख २, २०७७ chat_bubble_outline0

कुरो सुन्दा मजा लाग्छ— हाम्रो सरकार खूब बोल्छ, र खुबै मीठो बोल्छ । तर जब यो हाई काड्दै काम गर्न खोज्छ, यसको व्यवहार र बोलीको र्‍याङठ्याङ मिल्दैन । भानुभक्त भन्ने कोही सरकारका स्वास्थ्यमन्त्री छन्,  स्वच्छ छाविधारी विरल मनुवा । यी अकवि भानुले भनेछन्— कोरोना नियन्त्रणमा सरकारले संसारकै नमूनालायक काम गरेको छ । सुन्नोस् है कुरा ! ‘नमूनालायक’ रे ! त्यो पनि सानोतिनो भूगोलको होइन, सारा संसारकै ! अहो ! चेलाको बोलीमा गुरुको अनुहार कति छर्लङ्ग !  अँ, छनलाई हाल नेपालमा कोरोनाको अवस्था नमूनालयाक अवश्य छ । तर यो अवस्था सरकारका कर्मको नतिजा होइन, कोरोनाका करुणाको कृपा हो । यो सरकारद्वारा सिर्जित नियन्त्रणको अवस्था किमार्थ होइन, यो त कोरोनाको आक्रमण भइनसक्दाको सहज अवस्था पो हो । सरकारको ‘नमूनालायक’ कर्म तब देखिने छ जब कोरोना भाइरस आक्रामक मुद्रामा प्रस्तुत हुनेछ ।

‘नमूनालायक’ कर्म ! यो पगरी वा सलामी बडो स्वादको छ । महामारी नफैलिनुको कारक छ कोरोना भाइरस, जसको पगरी गुत्छ अकर्मण्य सरकार । यो त आफ्नै खुट्टो उचालेर आफूलाई आफैँ ड्याम्म सलामी ठोकेजस्तो पो भयो बा ! कहीँ नभएको हास्यास्पद जात्रा नोपालमा, कोरोना कालमा !


सरकारका ‘नमूनालायक’ कर्मको पृष्ठभूमिमा के छ ? त्यहाँ जे छ, केवल आलस्य छ । त्यहाँ जे छ, फगत सुस्तता छ । त्यहाँ जे छ, मात्र लापर्बाही छ । नेपालमा पहिलो संक्रमण देखा परको अहिले होइन, धेरै पहिले हो । माघ ९ गते ! जब यो ज्यानमारा भाइरस सतहमा आयो, सरकार सम्भावित महामारी नियन्त्रणको तयारीमा जुटिहाल्नु पर्थ्यो । लर्तरो तहको तयारीमा होइन, युद्ध स्तरमा । तर अलमस्त सरकारले सिन्को भाँचेन । आखिर किन ?


सरकारका ‘नमूनालायक’ कर्मको पृष्ठभूमिमा के छ ? त्यहाँ जे छ, केवल आलस्य छ । त्यहाँ जे छ, फगत सुस्तता छ । त्यहाँ जे छ, मात्र लापर्बाही छ । नेपालमा पहिलो संक्रमण देखा परको अहिले होइन, धेरै पहिले हो । माघ ९ गते ! जब यो ज्यानमारा भाइरस सतहमा आयो, सरकार सम्भावित महामारी नियन्त्रणको तयारीमा जुटिहाल्नु पर्थ्यो । लर्तरो तहको तयारीमा होइन, युद्ध स्तरमा । तर अलमस्त सरकारले सिन्को भाँचेन । आखिर किन ? हेर्ने संवेदनशील नजर हुनुपर्छ, कारण सहजै बुझिन्छ । बरा सरकारी महलका निर्णयकारी कर्ताहरु आ–आफ्नै दुःखका आहालमा डुबेका छन् । प्रधानमन्त्री ओलीलाई छल, बल, कल जुन जुक्तिले जसरी हुन्छ सर्वसत्ता आफ्नै ढ्याके नितम्बमुनि राख्नु छ । सर्वाङ्ग नग्न पुष्पकमललाई लाज ढाक्ने जडाउरी नै भए पनि ख्वामित् ओलीसँग माग्नु छ । कसैलाई सदावहार हरुवा वामदेवलाई क्रेनले जुरुक्क उचालेर राष्ट्रिय सभामा लानु छ, कसैलाई मरिगए लान नदिनु छ । चुनाव जित्न सधैँ इन्कार गर्ने पदयात्री काजीलाई प्रभुहरुद्वारा कृपा गरी सत्ताको गधामै भए पनि सवार गराउनु छ । शासक महलमा काजीकै यो दशा छ त पाजीहरुका दुःखका के कुरा गर्नु ! बरा सरकारका दुःख यतिमात्र छैनन् । सेक्युरिटी प्रिन्ट्रिङ प्रेस, ओम्नी पार्टनर आदि इत्यादि नानाओली गोप्य कर्महरुको कहिल्यै नटुट्ने लेठो पनि त छ ।

चीनको वुहानका नेपाली विद्यार्थीहरु लकडाउनको कष्टकर बन्दीखानामा परे । उता बन्दीहरुले दारुण चीत्कार गरे, यता तिनका प्रियजन र शुभचिन्तकहरु उधुम आक्रोशित भए । विद्याथीहरुलाई स्वदेश ल्याउन जब आग्रह र दबाबको ओइरो लाग्यो, बल्ल सरकारको बोली फुट्यो । परम् पौरखी परराष्ट्र मन्त्री प्रदीपले भने— हाम्रा विद्यार्थीहरुको उपचार चीनमै राम्रो हुन्छ, किन यता ल्याउनू ? धन्न यी माननीयले कोरोना आतङ्कबाट जोगिन सिङ्गो नेपाललाई जुरुक्क उचालेर चीन लैजाऊँ भनेनन् !

शिरमाथि अनुनय, आग्रह, निवेदन र निन्दाको जब उत्पात वर्षा भयो, सरकारले हल्का लजाउँदै वुहानका विद्यार्थीहरुलाई नेपाल फर्कायो । वास्तवमा त्यही बेला लकडाउन र चौतर्फी क्वोरेन्टाइन शुरु हुनुपर्थ्यो । तर भएन । विद्यार्थीहरुलाई खरिपाटीमा थन्क्याएर सरकार ढुक्कसँग आफ्नो नित्य लुते धन्दामा लिप्त भयो । भरोसा जे थियो, भगवानको थियो ।


शिरमाथि अनुनय, आग्रह, निवेदन र निन्दाको जब उत्पात वर्षा भयो, सरकारले हल्का लजाउँदै वुहानका विद्यार्थीहरुलाई नेपाल फर्कायो । वास्तवमा त्यही बेला लकडाउन र चौतर्फी क्वोरेन्टाइन शुरु हुनुपर्थ्यो । तर भएन । विद्यार्थीहरुलाई खरिपाटीमा थन्क्याएर सरकार ढुक्कसँग आफ्नो नित्य लुते धन्दामा लिप्त भयो । भरोसा जे थियो, भगवानको थियो । ओजे माननीय उर्मिला मन्त्रीले नेपालीलाई कोरोनाले नछुने जोखाना हेरिसकेकी थिइन् । अन्नर्यामी माननीय योगेश मन्त्रीको दिमागमा नेपाललाई कोरोनामुक्त क्षेत्र घोषित गर्ने भूत सवार भएको थियो । त्यो जोखाना र त्यो भूतप्रति मानौँ सरकारको यति ठूलो विश्वास थियो, कानमा तेल हालेर सुत्नुमै उसले जगतको भलो देख्यो । बस्, ऊ सुत्यो, सुत्यो र मस्तसँग सुतिनै रह्यो ।

जब संक्रमितहरु देखिन थाले, सरकारलाई किञ्चित् तातो लाग्यो । र, क्वारेन्टाइन स्थलको निर्माण शुरु भयो । यो स्थल पहिलो लटमा चितवनमा बन्यो । र, बनाउनेको भयानक आत्म–प्रचार शुरु भयो । क्यारेन्टाइन स्थल अन्तअन्त पनि बन्दै गए । र, अत्म–प्रचारको बेत्तोडको होड चल्यो । झलक्क हेर्दा एउटा टहरो देखिन्छ । टहरोमुनि बेडहरु छन् । पानीको सुविधा के छ ? चर्पी कस्तो छ ? झिँगा–भुसुना छल्ने जुक्ति के छ ? क्वारेन्टाइन स्थलका यी आन्तरिक आवश्यकता र सज्जाको कुरा कोही गर्दैन । केवल मेले यति बनाएँ, तैँले त्यति बनाइस्, उसले उति बनायोको बातबाजी छ, शेखाशेख छ । क्यारेन्टाइन बेड आफैँ डाक्टर–नर्स होइन, आफैँ औषति–उपचार होइन, आफैँ सघन उपचार कक्ष र क्वारेन्टाइन होइन । ती सब आवश्यकतासँग क्पारेन्टाइन बेड कुन सूत्रले कहाँ जोडिन्छ ? यो विषयमा कर्ताको न चिन्तन छ न चिन्ता छ ।

विलम्ब गरी राजधानीमा कोरोना संक्रमणको चेक जाँच शुरु भयो । शिक्षित र दीक्षित प्राविधिक स्वास्थ्यकर्मी, चेक जाँचका आवश्यक उपकरण र ल्याबको अभाव थियो । त्यसैले त चेकजाँच जुम्रा मारेको चालमा चल्यो । र्‍यापिड टेस्ट किट जब हात लाग्यो, चेकजाँचले तैबिसेक गति लियो । सरकारले चेकजाँचको संख्यालाई ठूलै पराक्रमका रुपमा प्रस्तृत गर्‍यो । यो प्रस्तुति सर्वथा आपत्तिजनक भने थिएन । सत्कर्म गरेर फुर्किन सरकारलाई हक छ ।  तर यो र्‍यापिड टेस्ट किटले भने लोकका चित्तमा लङ्का खाने शङ्का जगायो । यो उही ठग आम्नी समूहले ल्याएको टेस्ट किट हो । यो किटसहित अन्य मेडिकल सामान खोटा हुन् भन्ने चर्चाले जब चर्को रुप लियो, सरकारले कान समातेर ठेक्का रद्द गर्‍यो । त्यो थोक रद्दसँगै यो खुद्रा टेस्टिङ किट पनि रद्द भयो भन्ने लोकको बुझाइ थियो । पछि के खण्डखातिर पर्‍यो कुन्नि, सरकार ठाउँठाउँमा यो किट प्रयोग गर्न थाल्यो । मानौँ सरकार ओम्नी पार्टनरको अनुहार धोइपखाली गर्न विवश छ ।


जब संक्रमितहरु देखिन थाले, सरकारलाई किञ्चित् तातो लाग्यो । र, क्वारेन्टाइन स्थलको निर्माण शुरु भयो । यो स्थल पहिलो लटमा चितवनमा बन्यो । र, बनाउनेको भयानक आत्म–प्रचार शुरु भयो । क्यारेन्टाइन स्थल अन्तअन्त पनि बन्दै गए । र, अत्म–प्रचारको बेत्तोडको होड चल्यो । झलक्क हेर्दा एउटा टहरो देखिन्छ । टहरोमुनि बेडहरु छन् । पानीको सुविधा के छ ? चर्पी कस्तो छ ? झिँगा–भुसुना छल्ने जुक्ति के छ ? क्वारेन्टाइन स्थलका यी आन्तरिक आवश्यकता र सज्जाको कुरा कोही गर्दैन । केवल मेले यति बनाएँ, तैँले त्यति बनाइस्, उसले उति बनायोको बातबाजी छ, शेखाशेख छ ।


सरकार भन्ला— यो भावनामा बग्ने बैरीहरुको कपोलकल्पित फत्तुर हो । तर यो फतुर होइन, चिन्ता हो । र्‍यापिड टेस्टिङ किटमाथिको यो संशय वा आपत्ति नेपालका नेपालीहरुको मात्र होइन । यो मतमा देशान्तरको दुनियाँ पनि एक मत छ । बेलायती कोराना परीक्षण प्रमुख प्रोफेसर जोन न्यूटनले भनेका छन्— यो टेस्ट किट काम लाग्दैन । अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर जोन बेलले जोन न्यूटनको बोलीमा लोली मिलाएका छन् । त्यसो त मोलिक्युलर बायलोजीका अनुसन्धाता हाम्रै डा. सन्तोष दुलाल पनि यो मतमा सहमत छन् । उनी भन्छन्— प्रयोग गरिए पनि कुनै व्यक्तिलाई घर पठाउने/नपठाउने निधो गर्न यस्ता किट्सको प्रयोग उचित होइन । उता स्पेनको अनुभव भयानक छ । प्रयोगको क्रममा यो टेस्टिङ किट कबाडी साबित भयो । र, स्पेनमा भारीका भारी स्पिड टेस्टिङ किट नदीमा मिल्काइयो । स्पेनको महामारीमा यो टेस्टिङ किटसको प्रयोगले गर्नु बिगार गरेको अनुभव सुन्दा आङ सिरिङ्ग हुन्छ । नेपाल मेडिकल काउन्सिलको बोल्न मिल्ने मुख भए, यसबारे यसो केही बोलिदिए कति राम्रो हुन्थ्यो ! अचम्म लाग्छ, नाकैअगाडि यतिका संशय, आपत्ति र प्रमाण छन् । तैपनि सरकार यही कबाडीको प्रयोगमा लागिपरको छ । आखिर किन ? अतिव प्रिय पात्र ओम्नी समूहलाई रिझाउन र आलोचकका मुख थुन्ने काम देखाउन ?

छाँटले मलाई यो सरकार खण्डे दृष्टियुक्त रोगीजस्तो लाग्छ । यसको लागि मानौँ क्वारेन्टाइन स्थल निर्माण, कोरोना चेकजाँच, संक्रमित पहिचान र उपचार यो प्रक्रियाका सर्वथा प्रथक् खण्डहरु हुन् । एउटा मानोविनोदी प्रश्न । मानिसको जीवन के हो भनी खण्डेदृष्टियुक्त यो सरकारलाई सोधे के भन्ला ? शायद मानिसको जीवन घुँडो हो भन्ला । मानिसको जीवन ढाड हो भन्ला । मानिसको जीवन रुद्रघण्टी हो भन्ला । वास्तवमा मानिस त मस्तिष्क, मुटु, फोक्सो, मिर्गौँला र अन्य याबत् अङ्ग–प्रत्यङ्गहरुको एकीकृत समग्रता पो हो । यी याबतहरुको एकीकृत एक जटिल एक प्रणाली हो जीवन  । कोरोना भाइरसको उपचारको कुरो पनि खासमा यस्तै हो । समग्रता र प्रणालीको कुरो । चेकजाँच, पहिचान, सामान्य उपचार, सघन कक्ष उपचार र भेन्टिलेशनको प्रयोग एकै शृङ्खलाका अभिन्न कडीहरु हुन् । प्रभावकारी उपचार प्रक्रियामा यी भिन्न कडीहरुले नितान्त शीघ्रता खोज्छन् । विस्तृत र फटाफट चेकजाँच, फटाफट पहिचान र गम्भीर उपचार । सरकार क्वारेन्टाइन स्थलहरु गनेर थाक्दैन । अचम्म छ, महामारीसँग जुध्न नभर्ई नहुने सघन उपचार कक्ष र भेन्टिलेरको प्रबन्धका कुरा भने ऊ प्रायः गर्दैन ।


सरकारको क्वाँटी अस्पतालको कल्पना र उपचारको प्राथमिकता अजीब छ । एउटै अस्पतालमा कोरोनाका रोगी र कोरोना इतर रोगीको उपचार  ! सामान्य रोगीहरुको उपचार बाद ! थोरै भए पनि जनसाधारणको पहुँच हुने आउडडोर बन्द ! प्वाक्क भन्दा धेरे ननिको सुनिएला । तर सत्य धेरै ननिको छ । सामान्य र गम्भीर बिरामीको सरकारी परिभाषा के हो ?


सरकारको क्वाँटी अस्पतालको कल्पना र उपचारको प्राथमिकता अजीब छ । एउटै अस्पतालमा कोरोनाका रोगी र कोरोना इतर रोगीको उपचार  ! सामान्य रोगीहरुको उपचार बाद ! थोरै भए पनि जनसाधारणको पहुँच हुने आउडडोर बन्द ! प्वाक्क भन्दा धेरे ननिको सुनिएला । तर सत्य धेरै ननिको छ । सामान्य र गम्भीर बिरामीको सरकारी परिभाषा के हो ? हुरुक्क हुन्जेल दाँत दुख्नु, कान दुख्नु, आँखा दुख्दु, ढाड दुख्नु कुन कोटिको बिमार हो ?

अस्पताललाई जब क्वाँटी वा मिसावटी मानियो, तब बर्बादी शुरु भयो । यी क्वाँटी अस्पतालहरु न साधारण बिरामी लिन्छन् न सम्भावित संक्रामितलाई स्वागत गर्छन् । जब कुनै बिरामी क्वाँटी अस्पतालको इमर्जेन्सी द्वारमा पुग्छ, व्यथा जे होस्, स्वास्थ्यकर्मी उसलाई भाइरस संत्रमणको शङ्का गर्छ । र, डरले थुरथुर काम्दै ऊ झ्याप्प द्वार बन्द गरेर भित्र लुक्छ । नियमित डाइलसिस आवश्यक पर्ने बिरामीले सहज सेवा नपाएर बर्बाद छ । क्यान्सरका बिरामीले शल्यक्रिया र थेरापीको सुविधा नपाएर हाहाकार छ । जनसाधारणका लागि क्वाँटी अस्पताल आकाशको फल आँखातरी मर् भएर यत्रतत्र चीत्कार छ । सरकारका सकल सोख–सुविधाप्राप्त भाग्यमानी कर्ताहरुलाई स्वयंद्वारा सिर्जत यो घोर अन्योल र अन्यायबारे थाहा छ ?

कुरो हिजोछाडी अस्ति बिहान ५ बजेको हो । यसो खत्र्याक्खुत्रुक नियमित चेकजाँच गराउन रगत दिन म रैथाने अस्पताल गएँ । अचम्म, मेडिकेयर अस्पताल हेर्छु, बन्द छ । हेल्पिङ ह्यान्डस् हेर्छु, बन्द छ । ओम हेर्छु बन्द छ । मुलुक लकडाउनमा छ, अस्पतालहरु घर बिदामा छन् । सरकारको आपतकालीन स्वास्थ्य नीतिमा मानौँ बिरामीलाई केवल बिना उपचार मर्न छूट छ । सरकारका हस्तीहाडे बुर्जाबासी कर्ताहरुलाई यो भयावह यथार्थ थाहा छ ?


कुरो हिजोछाडी अस्ति बिहान ५ बजेको हो । यसो खत्र्याक्खुत्रुक नियमित चेकजाँच गराउन रगत दिन म रैथाने अस्पताल गएँ । अचम्म, मेडिकेयर अस्पताल हेर्छु, बन्द छ । हेल्पिङ ह्यान्डस् हेर्छु, बन्द छ । ओम हेर्छु बन्द छ । मुलुक लकडाउनमा छ, अस्पतालहरु घर बिदामा छन् । सरकारको आपतकालीन स्वास्थ्य नीतिमा मानौँ बिरामीलाई केवल बिना उपचार मर्न छूट छ । सरकारका हस्तीहाडे बुर्जाबासी कर्ताहरुलाई यो भयावह यथार्थ थाहा छ ?


सरकारी छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीहरुलाई कोरोना युद्धको अग्रमोर्चामा जान सरकारको खटन छ । झट्ट सुन्दा यो खटन छात्रवृत्तिप्राप्त स्वास्थ्यकर्मीमाथि थोपरिएको विभेदयुक्त एवं बाध्यात्मक बोझजस्तो लाग्छ । छात्रवृत्तिप्राप्त स्वास्थकर्मीमात्र किन ? यो कोलाहलमय महामारीमा के को सरकारी स्वास्थकर्मी, के को निजी स्वास्थ्यकर्मी ? जो ज्ञान र सीपसम्पन्न छन्, ती सबै स्वास्थ्यकर्मीको साझा मानवीय कर्तव्य होइन यो ? सरकारद्वारा भितर र इतर, यो र ऊको यो विभेद किन ? यो सन्त्रासमय बिपतकालमा सरकारी अस्पताल र निजी असप्तालको भेद किन ? जुन आवश्यक छ, विवेक र हुती भए त्यो अस्पताल लिएर सरकारले चलाउन सक्छ । जो हुँदैन भन्छ, त्यसको नाम पाषाणहृदयी पात्रको महलमा दर्ज गरिदिए हुन्छ ।

सरकारको मति, नीति र प्रवृत्तिले भन्छ— यो सरकारले यो तालले स्वास्थ्यसेवाको आपतकालीन डुङ्गा पार लाउन सक्दैन । तसर्थ भावनामा नबगी यो खण्डमति सरकार सुनोस्— एक, अस्पतालको ताई न तुईको क्वाँटी प्रबन्ध खारेज होस् र कोरोना अस्पताल अलग होस् । दुई, कोरोना उपचारका उपकरण र उपचारकर्मीका सुरक्षाका साधनको गुणबत्ता सुनिश्चित होस्, ओम्नीसोम्नीलाई काखी च्यापेर दुनियाँ मार्ने काम नहोस् । तीन, सामान्य अवस्थामा रोज्ने हकदार ख्वामितद्वारा कृपापात्र टीके मन्त्रीले पनि काम चल्दो हो । यो असामान्य अवस्थामा काम बिल्कुल नचल्ने हो । माननीय स्वास्थ्यमन्त्रीको ‘नमूनालायक’ पौरखले निःसन्देह डुबाउने भो । तसर्थ, स्वच्छ छविधारी स्वास्थ्य मन्त्री श्री भानु घर बिदामा जानु सर्वथा वाञ्छनीय छ । र, रिक्त स्थानमा स्वास्थ्यकर्मको ज्ञान र अनुभवयुक्त, फुर्तिला र इमानी एवं प्रभावशाली र पत्यारिला  कुनै स्वाथ्यकर्मीलाई चयन गर्नु सर्वथा वाञ्छनीय छ ।

सरकारको आजको स्वास्थ्य नीति र कर्म भोलि उसको अनुहार हेर्ने ऐना हो । हुनुपर्नेलाई चेतना भया !


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.