शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं. १ मा ६७० को रिपोर्ट नेगेटिभ

मङ्गलबार, ०२ वैशाख २०७७, ०९ : १३
मङ्गलबार, ०२ वैशाख २०७७

प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा  सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)  रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कका अनुसार थ्रोट स्वाबअन्तर्गत  ३८ महिला सहित २३३ जना नमूना सङ्कलन गरिएकामा २० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशमा रहेको ४ हजार ४११ वेडको क्वारेन्टाइनमा ४९ महिलासहित ५७२ जना राखिएको छ भने ४४६ वटा आइसोलेशन बेडमा चार महिलासहित १० जना भर्ना गरिएको छ। 

प्रदेशमा सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा  ४४ वटा आईसियु वेडको व्यवस्था गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।     

क्वारेन्टाइनमा रहेका मध्ये आजसम्म पाँच  महिलासहित ५४ जना घर फर्केका छन् भने होम क्वारेन्टाइनमा  ६१२ महिलासहित ३ हजार ५ सय ५७ जना छन् । प्रदेश सोमबारसम्म ६५४ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) वितरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप