शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीको सुरक्षामा जुटेको चौधरी फाउण्डेसन, देशभर ११९ स्थानमा पुर्‍यायो उपचार सामाग्री

मङ्गलबार, ०२ वैशाख २०७७, १६ : ३९
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं– चौधरी फाउण्डेसनले कोरोनाभाइरस रोकथाम र उपचारका लागि मुलुकभरका ११९ स्थानमा सुरक्षा र उपचार सामग्री वितरण गरेको छ ।

फाउण्डेसनले केही महिनायता तीन चरणमा उक्त सामाग्री वितरण गरेको हो । जब कोरोनाभाइरसको प्रभाव विश्वभर पर्न थाल्यो यसबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था कति सबल र तयार छन् भन्नेमा सवैको चिन्ता थियो । त्यस्तो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्यकर्मीको सुरक्षा भएको आफूले ठानेको सिजीले बताएको छ ।

स्वास्थ्यकर्मीको सुरक्षाको पक्षमा ठूलो कमजोरी देखी विभिन्न क्षेत्र पुगेर सर्वेक्षण गर्दा पूर्वाधार अभाव भएका कर्णाली, सुदूरपश्चिम र २ नम्बर प्रदेशका विकट स्थानमा कोरोना संक्रमणको जोखिम झनै उच्च भएकाले स्वास्थ्य उपकरण उपलब्च गराउन आफू लागि परेको सिजीले जनाएको छ । 

सुदूरपश्चिम र २ नम्बर प्रदेशमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्दछ । ती प्रदेशका स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा अवस्था कमजोर भएको र उनीहरूको आत्मबल बलियो बनाउनुपर्ने आवश्यकता ठानी सहयोग गरेको सिजीले बताएको छ ।

फाउण्डेसनले पहिलो चरणमा पूर्वदेखि पश्चिमका ४८ वटा स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि सक्दो उपचार सामाग्री र पीपीई उपलब्ध गराउनुका साथै प्रदेश नम्बर १ अन्तर्गत अस्थायी कोरोना सेन्टर (विराटनगर), मेची अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुर जिल्ला अस्पताल, कोशी अस्पताललगायत स्थानमा पीपीई बाढेको छ । 

त्यस्तै, प्रदेश नम्बर २ का जानकी मेडिकल अस्पताल (जनकपुर), प्रादेशिक केन्द्र अस्पताल (जनकपुर), स्वाब परीक्षण प्रयोगशाला (जनकपुर), नारायणी अस्पताल (वीरगंंज, कौडेना स्वास्थ्य केन्द्र (सर्लाही), मलंगवा अस्पताल (सर्लाही), राजबिराज अस्पताललगायत स्थानमा पनि सुरक्षा सामग्री वितरण गरेको छ ।

त्यसैगरी फाउण्डेसनले प्रदेश नम्बर ३ का कान्ति बाल अस्पताल, त्रीबी शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, मनमोहन मेमोरियल हस्पिटल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइती नेपाल, कोरोना उपचार केन्द्र –भक्तपुर), चितवन अस्पताल, हेटौंडा अस्पताल, सशस्त्र प्रहरी बल मुख्यालय, शिर अस्पताल (काभ्रे) लगायत स्वास्थ्य संस्थामा पीपीई उपलब्ध गराएको छ ।

त्यस्तै, प्रदेश ४ अन्तर्गत नलवपरासीका मध्यबिन्दु अस्पताल, दुम्कौली स्वास्थ्य चौकी, पिताउन्जी स्वास्थ्य केन्द्र, प्रगतिनगर स्वास्थ्य केन्द्र र सहज अस्पताल, पोखराको मातृशिशु मितेरी अस्पताल, पर्वत, बागलुङ र गोरखा जिल्ला अस्पताललगायत स्थान पुगेर सुरक्षा सामग्री वितरण गरेको छ । 

एता प्रदेश नम्बर ५ को भीम अस्पताल (भैरहवा), लुम्बिनी प्रादेशिक अस्पताल (रुपन्देही) आयुर्वेद अस्पताल (दाङ), प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज), पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल (रोल्पा), बर्दिया जिल्ला अस्पताल, देवदह क्वारेन्टिन सेन्टर (रुपन्देही), सहस्त्र प्रहरी अस्पताल (कोहलपुर)लगायत स्वास्थ्य केन्द्रमा पनि चौधरी फाउण्डेसनले यी सामग्री उपलब्ध गराएको छ ।

स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न यसले केही मद्दत पुर्याउने विश्वास लिइएको ग्रुपले बताउको छ । सिमित साधन स्रोतका बीच जीवनको जोखिम मोल्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरू नै चौधरी फाउण्डेसनका लागि प्रेरणाको स्रोत भएको पनि फाउण्डेसनले बताएको छ ।

परीक्षण किटको चुनौती
दोस्रो चरणको सबैभन्दा ठूलो चुनौती परीक्षण किटको थियो । विभिन्न क्वारेन्टिन, आइसोलेसन सेन्टरमा बसिरहेका र कोरोनाका लक्षण देखिएका नागिरकलाई तत्काल परीक्षण गरी उपचार नथाल्ने हो भने विकराल रूप लिन सक्ने सम्भावना थियो । फाउण्डेसनका अनुसार सर्वेक्षणका क्रममा मुलुकभर दुईवटा केन्द्रमा मात्रै ‘पीसीआर रिएजेन्ट’ मार्फत परीक्षण सम्भव थियो । त्यसमाथि ती केन्द्रको क्षमता अत्यन्त न्यून थियो ।

‘पीसीआर रिएजेन्ट’ उपलब्ध थिएन । साथै, एन९५ मास्कको अभाव पनि उत्तिकै थियो । अनेक कसरतका बीच विदेशबाट यी सामग्री ल्याएर वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।
यसै क्रममा सरकारले ५ वटा मुख्य स्वास्थ्य केन्द्रमा फाउण्डेसनले ‘पीसीआर रिएजेन्ट’सँग समन्वय गरी कम्प्याटिबल मिल्ने उपकरण समेत जडान गरिएको छ । योसँगै फाउण्डेसनल स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १ हजार ‘पीसीआर रिएजेन्ट’ उपलब्ध गराएको छ ।

तेस्रो चरणअन्तर्गत, फाउण्डेसनले अति संवेदनसिल कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर २ मा ध्यान केन्द्रित गर्यो । सुदूरपश्चिम प्रदेशका सेती अस्पताल (कैलाली), डडेलधुरा, दार्चुला र बैतडी जिल्ला अस्पताल, महाकाली नगरपालिका तथा कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक अस्पताल (सुर्खेत), चौरजहारी अस्पताल (पश्चिम रुकुम) लगायत अन्य स्थानमा उपचार र सुरक्षा सामग्री उपलब्ध गराएको छ।

प्रदेश नम्बर २ का जनकपुर, वीरगंज, सप्तरी, महोत्तरी, रौतहट, सर्लाही, सिरहालगायत जिल्लाका अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रमा पनि यी सामग्री हस्तान्तरण भएका छन् । तेस्रो चरणसम्म आइपुग्दा फाउण्डेसनले सामाग्री वितरण गरेका स्वास्थ्य केन्द्रको संख्या ११९ पुगेको छ ।

२०७२ को महाभूकम्प, पटक/पटक सताउने बाढी पहिरो, आगलागी जस्ता आकस्मिक प्राकृतिक विपत्तिसँग जुध्न सक्ने क्षमता अत्यन्त कमजोर भएकाले पूर्वाधार, उपकरण र जनशक्ति जुटाउन सँधै लागि पर्ने फाउण्डेसनले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप