केन्द्रीय संस्करण

सामाजिक दूरी, नमस्ते र छाउपडीबारे केही कुरा

person explore access_timeबैशाख ३, २०७७ chat_bubble_outline0

 

अहिले कोरोनाका कारण पहिलो वहस सामाजिक दूरीबारे भयो भने दोश्रो नमस्ते सँस्कृतिबारे । यही क्रममा छुवाछुत र छाउपडीबारे पनि केही मानिसहरुले ती व्यवहारहरु वैज्ञानिक भएको तर्क गरेका छन् । यसबारेमा अलि सोच्नुपर्ने भएको छ ।

पश्चिमाहरुका लागि जहाँ जातपातका आधारमा कुनै सामाजिक भेद छैन त्यहाँ ‘सामाजिक दूरी’ वा ‘भौतिक दूरी’ जुन भाषा प्रयोग गरे पनि फरक पर्दैन । तर, हाम्रोजस्तो समाजमा जहाँ युगौंदेखि जात र समुदायकै आधारमा कोही उपल्लो कोही नीच भनी बिभेदको पर्खाल ठड्याएर मानिसमानिसबीच बिमेलको स्थिति सिर्जना गरिएको छ, यहाँ ‘सामाजिक दूरी’को भाषा प्रयोगले पुन: त्यही बिभेदको सँस्कृतिलाई नै बल पुग्ने खतरा छ, जुन २१ औं शताव्दीका सचेत आधुनिक मानिसहरुका लागि स्विकार्य छैन । त्यसैले हामीकहाँ “भौतिक दूरी” भाषाको प्रयोग नै उचित र न्यायसँगत देखिन्छ ।

अहिले रोग नसरोस् भनी नमस्ते गर्ने चलनलाई बढावा दिँदा पश्चिमाहरुको चलनभित्रको सकारात्मक दर्शनलाई बिर्सनु तर्कसङ्गत र न्यायसङ्गत हुन्न । साथै नमस्ते सँस्कृतिलाई बढावा दिँदा विगतमा त्यसभित्र रहेको उँचनिचको दर्शनलाई त्याग गर्न सक्नुपर्दछ ।


जहाँसम्म ‘नमस्ते’ सँस्कृतिको सवाल छ, यसमा नकारात्मक कुरा हुन्नथ्यो यदि यसलाई साना ठूला केही विभेद नगरी सबैले सबैको लागि प्रयोग गर्ने हो भने । किनकि, दशऔंला जोडी नमस्ते गर्ने भन्ने कुरो हाम्रोमा ठूलाले सानालाई पनि नभई सानाले ठूलालाई वा एउटै स्तरकाबीच मात्र प्रयोग गर्ने चलन हो । यसमा पनि सानाठूलाको केही गन्ध भेटिन्छ । जबकि, पश्चिमाहरुको हात मिलाउने र अंकमाल गर्ने चलन बराबरीको प्रदर्शन गरी मानसम्मान गर्ने व्यवहार हो । त्यसैले अहिले रोग नसरोस् भनी नमस्ते गर्ने चलनलाई बढावा दिँदा पश्चिमाहरुको चलनभित्रको सकारात्मक दर्शनलाई बिर्सनु तर्कसङ्गत र न्यायसङ्गत हुन्न । साथै नमस्ते सँस्कृतिलाई बढावा दिँदा विगतमा त्यसभित्र रहेको उँचनिचको दर्शनलाई त्याग गर्न सक्नुपर्दछ ।

इतिहासको जुन बिन्दूमा ‘छाउ’को प्रचलन ल्याइयो, त्यो बेलामा विज्ञान नै जन्म भइसकेको थिएन । मानिसहरुलाई जीवाणुको कुनै ज्ञान थिएन । त्यसैले हिजोका मानिसहरुले हानिकारक जीवाणुहरु अरुमा सर्ला भन्ने चेतबाट ‘छाउ’ राखिएको हो भन्ने कुरो सत्य हुन सक्दैन । त्यो चलन नितान्त महिलाहरु दोश्रो तहका मानिस अथवा अपूर्ण मानव हो भन्ने वैदिक वा मनुस्मृतिको धारणाबाट प्रभावित भई महिलाहरुलाई नीच देखाउन चलाइएको चलन थियो ।


अर्को कुरा, केही मानिसले हानीकारक जीवाणुहरु अरुलाई नजाओस् भनी नै नेपालको पश्चिमी क्षेत्रमा महिलाहरुको रजस्वला हुने बेलामा ‘छाउ’ राख्ने चलन भएको हो, त्यो वैज्ञानिक चलन हो भन्ने तर्क गरेको पनि सुनियो । यो तर्कमा सत्यता भेटिन्न । पहिलो कुरो त इतिहासको जुन बिन्दूमा ‘छाउ’को प्रचलन ल्याइयो, त्यो बेलामा विज्ञान नै जन्म भइसकेको थिएन । मानिसहरुलाई जीवाणुको कुनै ज्ञान थिएन । त्यसैले हिजोका मानिसहरुले हानिकारक जीवाणुहरु अरुमा सर्ला भन्ने चेतबाट ‘छाउ’ राखिएको हो भन्ने कुरो सत्य हुन सक्दैन । त्यो चलन नितान्त महिलाहरु दोश्रो तहका मानिस अथवा अपूर्ण मानव हो भन्ने वैदिक वा मनुस्मृतिको धारणाबाट प्रभावित भई महिलाहरुलाई नीच देखाउन चलाइएको चलन थियो ।

अर्को कुरा, महिलाहरुमा रजश्वलाको बेला विकार वा नकारात्मक चीज बाहिर आउने र त्यो अशुभ हो भन्ने बुझाइमा कुनै सत्यता छैन । किनकि, रजश्वला भनेको गर्भाधानका लागि महिलाहरुको पाठेघरमा महिनैपिच्छे विकसित हुने डिम्ब र साल (placenta) को मिश्रण हो, जुन लगभग सात दिनसम्म पाठेघरमा रही गर्भाधान हुन नसक्दा म्याद सिध्दिएर शरीर बाहिर फालिने हो । जीवन यानी कि संसारको सृष्टि भनेको गर्भाधानबाट नै हुन्छ । यस्तो महत्वपूर्ण कुरो कसरी अशुभ हुन सक्छ ? त्यस्तै रजश्वलामा बाहिर निस्कने पदार्थमा रोग ल्याउने कुनै हानिकारक जीवाणुहरु हुन्छन् भन्ने कुरो परीक्षणबाट पुष्टि भएको छैन । त्यो त हामीले दैनिक रुपमा त्याग्ने दिसा जतिको पनि हानिकारक छैन या त्यसमा खराब जीवाणुहरु हुन्नन् । त्यसैले ‘छाउपडी’ प्रथा वैज्ञानिक छ भनी तर्क गर्नुमा कुनै सँगति देखिन्न, बरु विज्ञानलाई गलत रूपमा प्रयोग गरी नारीलाई इतिहासले गरेको विभेदलाई निरन्तरता दिने मनसाय भने त्यस्तो तर्कभित्र लुकेको महसुस हुन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.