केन्द्रीय संस्करण

गाईको गरिमा बुझौँ कोरोनाको महामारीमा  !

person explore access_timeबैशाख ३, २०७७ chat_bubble_outline0

संसारको रङ्गीन सिर्जनामा चर, अचर, उभयचर सबै प्राणीहरुको महिमा र गरिमा उत्तिकै प्रभावकारी छ । गहिरिएर हेर्दा  धराधामका हरेक प्राणीहरुको सम्बन्ध अन्योन्याश्रित भएको देखिन्छ । त्यसैले त सनातन वैदिक संस्कृतिले पानी, पृथ्वी, पर्वत, आगो सबैमा विष्णु हुनुहुन्छ भनेर समभावको दर्शन बाँडेको छ ।

 यता केही समयदेखि गौमाताको दुरूपयोग चरम रूपमा बढेको  मिडियाको खबरले गाईलाई आमा बराबर ठान्ने, नेपालको राष्ट्रिय जनावरका रूपमा आदर र सम्मानका गर्ने सम्पूर्ण नेपालीको मनमा चोट लागेको छ । वास्तवमा गाई के जीव हो ? अन्य प्राणीहरुमा गाईको प्रत्यक्ष अप्रत्यक्ष कस्तो देन र उपयोगिता छ ? यसबारे केही चर्चा छ । 

    देवता र दानवहरु मिलेर समुद्र मन्थन गर्दा निक्लिएका चौध रत्नहरुमध्ये सुरभी (कामधेनु) अर्थात् गाई पनि एक हुन् । त्यसैले त गाईलाई श्रद्धानत हुँदै प्रार्थना गर्दछन्— ‘लक्ष्मीर्या लोकपालानां, धेनु रूपेण संस्थिता । घृतं वहति यज्ञार्थे, मम पापं व्पोहतु ।।  अर्थात् लोक जीवनलाई लक्ष्मीको तलतल मेटाउने धेनु रूपमा रहेकी गाई यज्ञका लागि घिउ, दूध, दही, गोमय, गोमूत्र बहाएर सम्पूर्णको पापहरु नाश गरिदिन्छिन् । पाप भन्नाले अस्वस्थता हो जुन शारीरिक वा मानसिक भनेर बुझिन्छ । हाम्रा शास्त्रहरुले गाईबाटै धर्म, अर्थ, काम, मोक्ष चारै किसिमको पुरुषार्थ मानवहरुलाई प्रदान गर्ने तागत हुन्छ भनेका छन् । 

त्यसै भएर पुराणहरु एक मत भएर बोले—  ‘हविर्दुधा’  अर्थात् यज्ञका लागि हवि दिने विशुद्ध सरल प्राणी हुन् गाई । यज्ञलाई चाहिने जौ, तिल, गहुँ, धान, अन्न आदि उत्पादन गर्न गाईको बाच्छो अनिवार्य चाहिन्छ । पूजाको वेदीहरु पवित्र बनाउन गोमूत्र, गोबर अनि यज्ञहरुमा आगो जगाउन गोबरको गुइँठा अनिवार्य आवश्यक पर्छ । त्यसैगरी पञ्चगव्य देवकार्य र पितृकार्यका लागि अपरिहार्य छ ।

 विश्वको प्रसिद्ध ग्रन्थ महाभारतको अनुशासन पर्वमा महर्षि च्यवनले राजा नहुषलाई गाईको महत्त्व बताएका छन् । राजा नहुष म यो संसारमा गाईभन्दा ठूलो धन अरूलाई ठान्दिनँ । त्यसैले गाईको स्तवन, कीर्तन, दान र दर्शन गर्दा सबै पापबाट (रोग) जोगिन्छ । हे वीर नहुष गौमाता कल्याणकी प्रतिबिम्ब हुन् ।  गाईको यही अपूर्व क्षमता देखेरै त्रिमूर्ति (ब्रह्मा, विष्णु र शिव) मिलेर शिर झुकाई यसरी स्तवन गरे— ‘त्वं माता सर्व देवानां, त्वं च यज्ञस्य कारणम् । त्वं तीर्थं सर्व तीर्थानाम्, नमस्तेस्तु सदानघे’ यसरी पापरहित तिमी सबैकी आमा हौ, यज्ञको कारणरूपा  सबै तीर्थहरुको महातीर्थ भएकी  तिमीलाई नमस्कार छ । गाईको विश्वरूपको वर्णन अथर्व वेद, ब्रह्माण्डपुराण, महाभारत, स्कन्दपुराण, पद्म र भविष्य पुराणहरुमा विशद रूपमा छ । 

वेदले त किटानै गरेर बताइदिएको छ ‘एतत् वै विश्वरूपम्, सर्व रूपं गोरूपम्’ वेद नै विश्वको संविधान हो । यही कुरा थाहा पाएरै आज पश्चिमाहरु वेद, गीता, महाभारतलाई पाठ्यक्रममा राख्न पुगेका छन् । हामी चँहिँ त्यसलाई हटाएर आधुनिक भएको ढर्रामा दौडिरहेका छौँ । 

भगवान् श्रीकृष्णले गीतामा‘ धेनुनामस्मि कामधुक्’ भनेर झुके भने दिलीप, नहुषजस्ता धेरै राजा र ऋषिहरुले गोसेवा गरे । श्रीकृष्णलाई त ‘गोपाल’ भनेर पुकारिन्छ । जसले गोवर्धन पर्वत उचालेर इन्द्रजस्ता राजाको अभिमानलाई धुलोपिठो पारे । ट्याक्टर वा अरू खाले यन्त्रले जोतेको भन्दा गोरुले जोतेको माटो पोषिलो र राम्रो हुने कुरा विज्ञानले समेत बताइसक्यो । 

यन्त्रले खेत त जोत्ला तर मलिलोपन अर्थात् उर्वरत्व दिन सक्दैन । हालका भूमिविज्ञहरुको अनुसन्धानले के कुराको पुष्टि गरेको छ भने यान्त्रिक खादले भन्दा गोरुको खादबाट अन्न राम्रो उब्जन्छ । जुन धेरै स्वादिलो पौष्टिक र गुणकारी हुन्छ । अमेरिकाबाट प्रकाशित हुने ‘होर्डस डेयरिमैन’ भन्ने पत्रिकाले आफ्नो सम्पादकीयमा यस्तो लेखेको छ– गाई हाम्रो दुग्ध भुवनकी देवी हुन्, उनी भोकालाई ख्वाउँछिन्, नाङ्गालाई पहिरन दिन्छिन्, बिरामीहरुको उपचार गर्छिन्, उनको ज्योति चिरन्तन छ ।’ 

हाम्रा शास्त्रहरुले गाईका अङ्गउपाङ्गमा देवताको वास हुन्छ भनेर त्यसै भनेका हैनन् । कतिपय मेडिकल डाक्टरहरु गाईको अङ्गमा स्पर्श गर्ला रक्तचापको अधिकता र न्यूनतामा सन्तुलन आउने भनी शोधमार्फत बताइरहेका छन् । त्यसै भएर सनातनीहरुले गोपूजा, गोग्रासको समय छुट्याएका हुन् । यो गफ र अन्धविश्वास हैन व्यापक रिसर्चपछि भएको पुष्टि हो । यसैले आज गोपालहरु जन्मिएर अल्पायु, व्याधिहरु रोक्न र उत्पादनमा गुणस्तरीय वृद्धि गर्न गोपालनमा पुनर्जागरण ल्याएर गोहत्याको कुरूप वृत्तिमा धावा बोल्नु परेको छ । टाकुरामा लगेर गाई लडाई मार्ने, जथाभावी जिउँदै आमासमानकी गाईलाई पुर्ने, खाना नदिएर लौरो र घोचोले घाइते बनाएर गोठबाट निकाल्ने, गौचरनहरु  हडपेर प्लटिङ गरी घडेरी बेच्ने नराधमहरु चिनेर सुशिक्षा दिने र यसको गरिमा बताउने, नसम्झने हिंसालु मनमस्तिष्कमा कडा दण्डको प्रावधान राख्न जरुरी छ । गाई वैदिक सनातनीको मात्र आस्थाको केन्द्र नभएर इसाई, मुसलमान र अन्य धर्मावलम्बी सबैले जतन वा पूजा गरेर पाल्न पर्ने प्राणी हो । त्यसै  भएर ‘गाई भए गोरस, भाइ भए भरस्’ भनेर हाम्रा विज्ञ पुर्खाहरुले गौरवसाथ भनेका ।  

   अहिले संसारमा विकासे मलमार्फत धेरै अन्न उब्जाउने अभियान चलेको छ । हो, केही वर्ष त मनग्गे अन्नपात उब्जनी हुन्छ तर विस्तारै माटोको उर्वराशक्तिमा ह्रास आएर संसारमा नै सङ्कष्ट निम्त्याइरहेको छ । स्वस्थ व्यक्तिलाई अझ तगडा बनाउन र रोगीहरुको रोग शमन गर्न गोमूत्र बहुमुखी सुलभ ओखती हो । गोमूत्रमा पोटासियम, क्याल्सियम, मेग्नोसयिम, क्लोराइड, युरिया, फास्फेट, अमोनिया, क्रिएटिनिन आदि विभिन्न पोषक क्षार विद्यमान छन् भनेर विज्ञहरुले पत्ता लगाएका छन् । गोमूत्र पान गर्ने, मालिस र पट्टी लगाउनेजस्ता विधिहरु बताइएका छन् । जसबाट चर्मरोग, रुघाखोकी, पिनास, मोटोपन, कब्जियत, जलोदर, वायुविकार, संधिवात, कफ, मुटुरोग, कोलस्ट्रोल र अहिले संसारमा दुःख दिएका विभिन्न फ्लु र तात्तातो महामारी बनेर आएको कोरोनासमेत यसको सेवनले ठीक हुने कुरा प्रयोगसिद्ध भइरहेका छन् ।

दुई चम्चा गोमूत्रमा बीस लिटर पानी राखेर सधैँ स्नान गरेमा कोरोनाको दुहाइ हुने कुरा विज्ञहरुले बताइरहेका छन् । रुघा लाग्दा नाक वरिपरि गाईको घिउ घसेमा तुरुन्त हल्का हुने हाम्रै अनुभव छ । गोमूत्र र गोबरले नुहाउँदा चाया, शरीर  चिलाउने, लुतो र खटिरा स्वतः निर्मूल भएको अनुभव ताजा छ । गाईको गोबरले हैजा, मलेरिया, दाद, आगोले डढेको, सर्प र बिच्छीका डसाइ सबै शान्त हुन्छन् । गोबरको दन्तमञ्जनले दाँतबाट रगत आउने, दन्तहर्ष हुने, मुख गनाउने, दाँतका कीरा मर्ने, पायेरिया आदि  नष्ट पार्दछ । गाईका यी पाँच तत्त्व गोमूत्र, गोबर, दूध, दही, घिउ जो पञ्चगव्य हुन् यिनको मानव जीवनमा मात्र नभएर सम्पूर्ण प्राणी मात्रको महौषधि सिद्ध भएका छन् । यतिखेर फिनेल र विभिन्न विषादि छर्कनु भन्दा गोमूत्र र गोमयको प्रयोग गर्न पर्ने देखिन्छ । असाध्य महारोग बनेको यतिखेरको कोभिडको कुनै खोप र औषधि पत्ता नलागेको विश्वमा यसबारे अझ रिसर्च गरेर अनुसन्धाता तथा  चिकित्सकहरुले नयाँ आयाम दिन सकून् । त्यसै हाम्रा पहिलेका ऋषिमुनिहरुले गाईलाई असाध्यै आदर गरेका हैनन् ।   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.