बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बन्द कोरोनाको !

बुधबार, ०३ वैशाख २०७७, १५ : ४३
बुधबार, ०३ वैशाख २०७७

 

 

नाउँमा नेपाल बन्दको
हुने गर्थे नानाथरी बन्द ।
केहि हुन्थे विप्लवका
केहि बन्द राजपाका ॥

हुन्थ्यौ हामी भागदौडमै
यता जानु कि त्यता जानु ।
भन्दै यो गर्ने र त्यो गर्ने
न थियो फुर्सदले खानु ॥

जाँदैन कोहि भगवान पुज्न
छन् बन्द मन्दिर-गुम्बा, मस्जिद-चर्च पनि ।
मन्त्र छ बाच्ने एउटै
मात्र बस्नु घर भनि ॥

सिकायो विस्वलाई भातृत्व
भयो सम्बन्धको पुनर्निर्माण ।
भयो समस्या एउटै विश्वको
अविस्मरणीय बनि क्षण ॥

फुर्सद पनि दियो यसले
जमघट हुने परिवारको ।
पढ्ने लेख्ने नाच्ने गाउने
सिर्जना गर्ने साहित्यको ॥
 
यो विश्वव्यापी बन्द कोरोनाले   
दियो मौका मूल्य बुझ्ने जीवनको ।
फेर्दै छ श्वास यो धर्तीले आज
निर्मल स्वच्छ पवनको ॥

निर्धक्क भइ खै कुन्नि !
पाउँला र ? हिँड्नलाई ।
हारेर गयो भने यदि यसले
सदाझैँ दिनचर्या गर्नलाई ॥

हामी त सामाजिक प्राणी !
सिकायो तर्किन एक अर्कालाई ।
यसको बन्दमा त हामी सबै
गर्दैनौ आँट बाहिर निस्कनलाई ॥

नबनाऔ हामी मजाक
सामाजिक दुरी र एकान्तबासको ।
हैन भने बास हुन्छ
पक्कै भोलि अस्पतालको । ।

देखायो कोरोनाले आफ्नो ताकत
दिए जस्तो गरि सजाय ।
गरौला की कतै हामी ?
यसको खुबी माथि विजय । ।

हामी त चेतनशील प्राणी
स्विकार्छौ जस्तो सुकै परिस्थिति ।
धैर्य, शान्त र साहसी हामी
अडिग हाम्रो मनस्थिति  । ।

सधैभरि  धुवा र धुलोले
आकाश पनि ढाक्दथ्यो ।
घ्यार घ्यार र टिट टिटले
कानै पनि पाक्ने गर्दथ्यो । ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिमा के सी कुँवर
बिमा के सी कुँवर
लेखकबाट थप