बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्ने सबैको रिपोर्ट नेगेटिभ

बुधबार, ०३ वैशाख २०७७, १५ : ५१
बुधबार, ०३ वैशाख २०७७

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्नेलाई कोरोना भाइरस कोभिड १९ को आशंकामा बुधबार गरिएको -यापिड टेष्टमा सबैजनाको  नतिजा नेगेटिभ देखिएको छ ।

दुई जना कामदारसहित दुई सय ९८ जनाको ¥यापिड टेष्ट नतिजा नेगेटिभ आएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनीले बताइन् । ब्लक ए मा बस्ने दुई जनालाई कोरोना पोजेटिभ देखिएपछि ए ब्लकमा बस्ने सबैलाई -यापिड टेष्टद्वारा परीक्षण गरिएको उपप्रमुख पुडासैनीले बताइन् ।

गत चैत्र ५ गते बेलायतबाट आएका एउटै परिवारका दुई जनालाई  कोरोना देखिएको थियो ।  सनसिटी अपार्टमेन्टको ब्लक ए मा बस्दै आएका कोरोना संक्रमित आमा छोरालाई  पाटन अस्पतालमा राखिएको छ । त्यहाँ कार्यरत दुई जना कामदारको पीसीआर परीक्षणको लागि स्वाब लिएको छ ।

सोही परिवारका अर्का एक जना महिला(बुहारी)को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो । उनको दोस्रो चरणमा परीक्षण हुनेछ । उनी पनि अस्पतालमै आइसोलेसनमा छिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप