शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ बजेपछि ‘नो लकडाउन’ ! (तस्बिरमा हेर्नुहोस्)

बुधबार, ०३ वैशाख २०७७, २२ : ०६
बुधबार, ०३ वैशाख २०७७

भक्तपुर । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले लकडाउन गरेको छ । गत चैत ११ देखि जारी लकडाउन वैशाख १५ गतेसम्म देशभर कायम हुनेछ ।  

सम्भावित  भयावहक अवस्थालाई रोक्न जारी गरिएको लकडाउन भक्तपुरमा भने साँझपख प्रभावहीन देखिन्छ । मासिनहरु तोकिएको सामाजिक दुरी समेत कायम नगरी पसलमा सामान किन्दै गरेका भेटिन्छन् । अरनिको राजमार्गमात्र होइन भित्र सडकहरु समेत सार्वजनिक सवारी बाहेक गुडिरहेका हुँन्छन् । 

सुरक्षाकर्मीले रोक्दा यो वा त्यो वहाना बनाउने समेत धेरै छन् । काठमाडौंबाट भक्तपुर हुँदै पूर्वतर्फ पैदल जाने क्रम रोकिएको छैन । भक्तपुरमा सडक पेटी र किनारामा गरिने तरकारी बिक्री तथा बजारमा बाहिर सटर बन्द गरेर भित्र संंचालन हुने मदिरा व्यापार कोरोना संंक्रमणको उच्च जोखिम रहेको स्थानीयहरुको भनाइ छ । 

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशी भन्छन्, ‘मानिस घुम्ने मनशायका साथ घर बाहिर आउने गरेका छन्’ । उनी थप्छन् ‘आधा किलो काउली र एक पाउ गोलभेडा बोकेर प्रहरीको आँखा छल्ने धेरै भेटिन्छन्’ । भक्तपुरमा साँझ ५ बजेपछि ‘नो लकडाउन’ जस्तै भएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप