बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु

बुधबार, ०३ वैशाख २०७७, २३ : १५
बुधबार, ०३ वैशाख २०७७

लण्डन । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणबाट बेलायतमा  थप एक नेपालीको मृत्यु भएको छ । यससँगै बेलायतमा काेराेनाबाट ज्यान गुमाउने नेपालीकाे संख्या १० पुगेकाे छ । 

 बुधबार थप एकजना पूर्व गोर्खाको निधन भएको हो । बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको संक्रमणबाट निधन भएको हो ।  उनी स्थानीय पशुपतिनाथ मन्दिरमा आजीवन सदस्य पनि थिए । 

पुर्ख्यौली घर स्याङ्जा भएका श्रेष्ठ सन् २०१० देखि बेलायतमा बस्दै  आएका हुन् । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

 सामान्य रुघाखोकी र पखालाका कारण समस्या उत्पन्न भएपछि ३१ मार्चका दिन साउथ ईस्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल पुर्याइएको थियो । 

अक्सिजनको मात्रा कम देखिएका श्रेष्ठलाई भोलिपल्ट नै भेन्टिलेटरमा राखिएको थियो । दुई दिनपछि उनलाई लन्डनको गाइज अस्पतालमा सारिएको थियो । 

अस्पताल भर्ना भएको चौथो दिनमा उनलाई कोरोनाको पूष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप