केन्द्रीय संस्करण
कोरोना कैरन– १०

बाहुबली स्वास्थ्य नीति, सरकारी नरकयात्रा

person explore access_timeबैशाख ४, २०७७ chat_bubble_outline0

 

 ‘सरकारले बुझोस्— डाक्टर, नर्स रोबोट होइनन्, स्वीच अन गरको भरमा चल्ने । तिनलाई पनि अरु मान्छेलाई झैँ मृत्युको भय हुन्छ । तिनको पनि परिवार हुन्छ । आत्मसम्मान हुन्छ ।’
— सरिता तिवारी

०००

नयाँ वर्षको आगमनसँगै कोरोना भाइरसको कहर गहिरिँदो छ । संसारभरि कोरोना संक्रामकहरु बाँचिरहन संघर्षरत छन् । मृत्यु–शैय्यामा छटपटाइरहेकाहरु जीवनको अन्तिम पलको प्रतीक्षामा छन् । र, शोकाकूल जीवितहरुलाई मृत प्रियजहरुका शव कल्याणी धरणीमुनि सेलाउन भ्याईभ्याई छ । बचाउने र बाँच्ने संघर्षमाझ धरतीभरि भयबाट उत्पन्न कोलाहल र शोकबाट उत्पन्न  चीत्कार व्याप्त छ । लाग्छ, यो त केवल कोरोना आतङ्कको मध्यावधि हो । अस्तित्त्वको अझ निर्मम संघर्ष त बाँकी नै छ । अत्यासमय कोलाहल बाँकी छ । हृदयविदारक चीत्कार बाँकी छ । चीसा सुस्केरा हाल्दै आँखै अगाडि सदाका लागि हराइजाने प्रियजनहरुको संख्या गन्ने क्रम बाँकी छ । र, यो अकथनीय संघर्षको अन्त्यपछि जीवितहरुले सन्तापमय आँसु पुछ्दै क्षतविक्षत जीवनको पुनःनिर्माण प्रारम्भ गर्ने दिन आउन बाँकी नै छ ।

०००

हामी केही हुनेखानेलाई घरबन्दीमा बसेर खान्कीका मीठामीठा परिकार रोज्ने सुविधा छ, अस्पतलामा खुकुरीको धार टेकेर हर्दम् क्रियाशील डाक्टर–नर्सलाई रुखोसुखो गाँस टिप्ने सुविधाधरी छैन । हामीलाई यो हिट फिल्म कि त्यो हिट फिल्म भनी मस्ती वार्ता गर्ने अवसर छ, डाक्टर–नर्सलाई पलभर विश्राम गर्ने अवसरधरी छैन । हामीलाई रुमानी गीतको नशामा लठ्ठिन जति पनि समय छ, डाक्टर–नर्सलाई भयावह जोखिममाझ जीवन कतिन्जेल जोगिने हो भनी घोत्लिने समयधरी छैन ।


हप्तापछि हप्ता थपिन नथाक्ने हरिप लकडाउनमा कोही नित्य सुरक्षामय घरबन्दीमा मगनमस्त, कोही नित्य संघर्षको मृत्युमय मोर्चामा अस्तव्यस्त । हामी केही हुनेखानेलाई घरबन्दीमा बसेर खान्कीका मीठामीठा परिकार रोज्ने सुविधा छ, अस्पतलामा खुकुरीको धार टेकेर हर्दम् क्रियाशील डाक्टर–नर्सलाई रुखोसुखो गाँस टिप्ने सुविधाधरी छैन । हामीलाई यो हिट फिल्म कि त्यो हिट फिल्म भनी मस्ती वार्ता गर्ने अवसर छ, डाक्टर–नर्सलाई पलभर विश्राम गर्ने अवसरधरी छैन । हामीलाई रुमानी गीतको नशामा लठ्ठिन जति पनि समय छ, डाक्टर–नर्सलाई भयावह जोखिममाझ जीवन कतिन्जेल जोगिने हो भनी घोत्लिने समयधरी छैन । हामीलाई प्रियजनहरुसँग झन्झन् निकट भई माया प्रगाढ बनाउने मौका छ, डाक्टर–नर्सलाई आफ्ना चिचिला लालाबालालाई मयालु हातले स्पर्श गर्ने र म्वाई खाने छूटधरी छैन । हामीलाई ‘तिमी उता, म यता, माझमा लकडाउनको यो व्यथा, अहा म, कठै तिमी !’को भाकामा गजल विलाप गर्ने विलास उपलव्ध छ, डाक्टर–नर्सलाई आँखासामु प्रिय सहकर्मी मरिरहँदा रुने एक पल पनि उपलव्ध छैन ।

०००

विडम्बनावश, यो कोरोना सङ्कटमा हाम्रो जीवन रक्षा गरिदिने ज्ञान, सीप र कौशल भएका हाम्रा डाक्टर–नर्सहरु विवादमा परेका छन् । किन ? यिनको निन्दा भएको छ । किन ? लोकदृष्टिमा यिनको क्रूर छवि बनेको छ । किन ? यो विवाद, निन्दा र कुरुप छविको स्रष्टा को हो ? स्वयं डाक्टर–नर्सहरुका वचन र कर्म कि दूर गगनवासी सरकारको धरतीको स्वास्थ्य–नीति ?

के सरकारी के निजी प्रायः सबै अस्पतालमाथि पीडित लोकका अनेकओली फत्तुरहरु छन् । बिरामी भएर शरण पर्दा त्यसले मलाई शरण दिएन । त्यो शरणको मरण गर्न खोज्ने पापी हो ! पेट दुःखेर जचाउन जाँदा त्यसले मेरो व्यथाउपर शङ्का गर्‍यो । र, त्यसले साक्षात् कोरोना ठानेर मलाई अस्पतालको ढोकाबाट छिर्न दिएन । त्यसले हल्का ज्वरो आएको मेरो लोग्नेलाई शवगुहछेउ राख्यो । न उपचार न सुसार, पिउने पानीधरी नदिई त्यसले मेरो लोग्नेलाई मार्‍यो । यो अस्पताल गयो, त्यो अस्पताल जाऊ भन्छ । त्यो अस्पताल गयो, ऊ अस्पताल जाऊ भन्छ । र, अस्पताल चहार्दा चहार्दै बिरामी मर्छ । डाक्टर–नर्समाथि यो उसको फुत्तुर हो, र उसको पनि फत्तुर हो । धेरैजनाको फत्तुर हो यो । जुन अस्पताल हेर्‍यो, आउट डोर बन्द छ ।  गरिबका लागि इमर्जेन्सी कक्ष सात कोश टाढा छ । यी अस्पताल हामी गरिबका लागि  होइनन् । यी हुनेखानेका एकलौटी हुन् । यो मतको वृत्त सानोतिनो छैन । यी याबत् फत्तुरको एकीकृत ऐनामा डाक्टर–नर्सको अनुहार कस्तो देखिन्छ ? विरुप, कुरुप, विद्रूप र चरम् निष्ठूर ! विवेकहीन, संवेदनाहीन, करुणाहीन र चरम् अमानवीय ! डाक्टर–नर्सको यो उपद्रै ननिको पहिचान निर्माण गर्ने कर्ता को हो, र कारण के हो ?


सरकार राजाले झैँ आदेश दिन्छ, आदेश दिइनेसँग वार्ता र संवाद गर्दैन । सरकार नीलो आकाशमुनिका सबै कुरा जान्दछु भन्ठान्छ, र विषयगत जानकारको बाल मतलब राख्दैन । सरकार कोरोना सङ्कटको यो जटिल याममा पनि स्वास्थ्य मन्त्रीको पदमा गोबरगणेश टाइपका भक्तलाई काखी च्याप्न छाड्दैन । सरकार कोरोना भाइरसका र अन्य महलका बिरामीहरुलाई बलात् एउटै अस्पतालतिर धकेल्छ । र, डाक्टर–नर्सलाई अत्याउँछ । न कोरोना उपचारको प्रविधिमा उपयुक्त प्रशिक्षण, न उपयुक्त स्वास्थ्य साधन, न उपयुक्त उत्प्रेरणा र हौसला, न सङ्कटकालनि सुविधा र ढाडस । अनि डाक्टर–नर्स किन नअताल्लिउन् ? ती किन नडराउन् ? ती किन नतर्किउन् ?


यो माम्लोमा डाक्टर–नर्सका पनि धेरथोर खोट र खतबात होलान्, यो कुरा बुझ्दै गरुँला । र, बुझेको कुरा लोकलाई पछि भन्दै जाउँला । अहिलेलाई म सरकारको स्वास्थ्य–नीतिका कुरा गर्छु । ‘सरकारले बुझोस्— डाक्टर, नर्स रोबोट होइनन्, स्वीच अन गरको भरमा चल्ने । तिनलाई पनि अरु मान्छेलाई झैँ मृत्युको भय हुन्छ । तिनको पनि परिवार हुन्छ । आत्मसम्मान हुन्छ ।’ सरिता तिवारीको यो नजानिदो कटाक्षले सरकारको स्वास्थ्य–नीति र शासकीय प्रवृत्तिको झल्को दिन्छ । सरकार राजाले झैँ आदेश दिन्छ, आदेश दिइनेसँग वार्ता र संवाद गर्दैन । सरकार नीलो आकाशमुनिका सबै कुरा जान्दछु भन्ठान्छ, र विषयगत जानकारको बाल मतलब राख्दैन । सरकार कोरोना सङ्कटको यो जटिल याममा पनि स्वास्थ्य मन्त्रीको पदमा गोबरगणेश टाइपका भक्तलाई काखी च्याप्न छाड्दैन । सरकार कोरोना भाइरसका र अन्य महलका बिरामीहरुलाई बलात् एउटै अस्पतालतिर धकेल्छ । र, डाक्टर–नर्सलाई अत्याउँछ । न कोरोना उपचरको प्रविधिमा उपयुक्त प्रशिक्षण, न उपयुक्त स्वास्थ्य साधन, न उपयुक्त उत्प्रेरणा र हौसला, न सङ्कटकालनि सुविधा र ढाडस । अनि डाक्टर–नर्स किन नअताल्लिउन् ? ती किन नडराउन् ? ती किन नतर्किउन् ? र, कोरोना भाइरसको जीवनभक्षी भयबाट भाग्न तिनले इमर्जेन्सीको ढोका किन बन्द नगरुन् ? आउट डोर बन्द गरेको डाक्टर–नर्सले होइन, मैमात्र जान्ने हुँ भन्ने सरकारले हो । बन्द गर्छ सर्वज्ञानी सरकार, दोष जान्छ अकिञ्चन डाक्टर–नर्सहरुलाई । बिमारको प्रकृति हेरी अलग–अलग अस्पतालको प्रबन्ध हुनुपर्ने हो । एकातिर कोरोना अस्पताल, अर्कातिर कोराना इतर अस्पताल । सरकार सर्वथा पृथक् बिरामीलाई एउटै डालोमा कोच्छ, र एउटै अस्पतालतिर धकेल्छ । नतिजा के हुन्छ ? अस्पतालमा सन्देह, अन्योल, भय र भद्रगोल व्याप्त हुन्छ । भद्रगोलको सिर्जना गर्छ गगनवासी सरकार, अपजस थोपरिन्छ धरतीवासी डाक्टर–नर्सहरुमाथि । अनि लोकदृष्टिमा डाक्टर–नर्सहरुको कुरप, विरुप, विद्रूप र चरम् निष्ठुर छवि किन नबनोस् ?

सरिता तिवारीको कथनमा अकाट्य दम छ । डाक्टर–नर्सहरु संवेदना, इख, करुणा, माया, भय र आत्मरक्षाको भावनारहित निर्जीव रोबोट होइनन् । तसर्थ सरकारको विवेकहीन निर्णय र राजसी आदेश मान्न ती किन अभिशप्त होऊन् ? डाक्टर–नर्सका पनि आफूमाथि आश्रित प्रियजनहरु हुन्छन् । ती प्रियजनहरुका लागि जिउनु र जिइरहनु तिनको इच्छा पनि हो, दायित्व पनि हो । अस्पताल सैन्य प्रकृतिको बाहुबली संस्था किमार्थ होइन । तसर्थ अस्पतालका स्वास्थ्यकर्मीहरु सरकारको जर्नेली आदेश पालना गर्न आँखा चिम्लेर मृत्युको वेदीमा होमिन किन श्रापित होऊन् ?

मैले कति भन्न जानेँ थाहा छैन । भनाइको ढङ्ग नपुगे पनि आखिर कुराको चुरोचाहिँ यही हो ।

 

कोरोना महामारीविरुद्धको भीषण एवं अतिशय जोखिमपूर्ण युद्धमा सबैभन्दा मूल्यवान् मानिस डाक्टर र नर्सहरु हुन् । स्वास्थ्य सहायक र सफाइकर्मीहरु हुन् । जीवित बिरामीवाहक एम्बुलेन्स चालक र मृत बिरामी बाहक ट्रक चालकहरु हुन् ।  तर क्रूर शासनतन्त्रद्वारा यी सब उपेक्षित छन्, प्रताडित छन्, अपमानित छन् । र, शासकहरुको अविवेक, अदूरदर्शिता, हेलचेक्य्राइँ र बलमिच्याइँसामु डाक्टर–नर्सहरुको कन्जबिजोक कहिनसक्नु छ । यो नेपालको मात्र होइन, विश्वभरिको साझा कथा र व्यथा हो ।


कोरोना माहामारीविरुद्धको भीषण एवं अतिशय जोखिमपूर्ण युद्धमा सबैभन्दा मूल्यवान् मानिस डाक्टर र नर्सहरु हुन् । स्वास्थ्य सहायक र सफाइकर्मीहरु हुन् । जीवित बिरामीवाहक एम्बुलेन्स चालक र मृत बिरामी बाहक ट्रक चालकहरु हुन् ।  तर क्रूर शासनतन्त्रद्वारा यी सब उपेक्षित छन्, प्रताडित छन्, अपमानित छन् । र, शासकहरुको अविवेक, अदूरदर्शिता, हेलचेक्य्राइँ र बलमिच्याइँसामु डाक्टर–नर्सहरुको कन्जबिजोक कहिनसक्नु छ । यो नेपालको मात्र होइन, विश्वभरिको साझा कथा र व्यथा हो । नाक, आँखा र चर्मरक्षा गर्ने उपयुक्त साधन उर्फ इपिईको माग गर्दै सडकमा उत्रिन विवश डाक्टरहरुलाई पाकिस्तानको बकलन्ठ सरकारले निर्घात पिट्यो । तिनलाई सडकमा उत्रिएर ‘हामी नमर्न पाऊँ सरकार’ भन्न पनि हक भएन । बेलायत र अमेरिकाका भयाक्रान्त नर्सहरु सरकासँग पीपीई आदिको उचित प्रवन्धको याचना गर्दै प्लेकार्ड बोकेर अस्पताल अगाडि उभिए । बन्दुक र गोली, युद्धक विमान र युद्धपोत, मिसाइल र एटम बम एवं युद्धकारी भयानक सैन्यबलका धनी यी ‘महान् लोकतन्त्रवादी’ देशसँग कोरोनाविरुद्धको लडाइँमा लगाउने सुरक्षादायी साधन, आइसीयू कक्ष र भेन्टिलेसधरी छैनन् । कारोनाविरुद्ध अग्रिम मोर्चामा युद्धरत डाक्टर–नर्सहरुका याचनालाई ती एक कानले सुनेर अर्को कानले उडाइदिँदै छन् । र, डाक्टर–नर्सहरु पीपीईको सट्टा फ्यालफ्याले रेनकोट लगाएर बिरामीको उपचार गर्न र छिटै मर्न अभिशप्त छन् ।

अचम्म लाग्छ, यत्रो बेवास्ता, अभाव र भयको बीचमा पनि डाक्टर–नर्सहरु आ–आफ्ना कर्ममा कटिबद्ध छन् । ती मृत्युको उपत्यकातुल्य मोर्चा छाडेर ज्यान जोगाउ अभियानमा किन नभागेका होलान् ? मलाई लाग्छ, नभाग्नुका मूलतः तीन कारण छन् । एक, जिउने उत्कट इच्छाले आफ्नो ज्ञान, सीप र सेवाको शरण परेका निरुपाय बिरामीहरुलाई मर्न छाडेर आफूमात्रै  बाँच्न कसरी भागूँ भन्ने करुणामयी भावना । दुई, सङ्कटकालमा सके बिरामीलाई निको पारुँला, मर्नुपरे आफैँ मरुँला भन्ने पेशागत संहिताबोध । र तीन, घर–परिवारको खाइजीविका, शिक्षा र स्वास्थ्यको मेलोमेसो । हाम्रा रैथाने डाक्टर–नर्सहरु सङ्कटकालीन मोर्चाबाट नभाग्ने कारण पनि आखिर यिनै त हुन् ।  

डाक्टर अब्दुल मबुद चौधरी https://e3.365dm.com

डाक्टर चौधरीलाई कोरोना भाइरसले गाँज्यो । र, मृत्यु शैय्याबाट आफ्नो फेसबुकमा उनले प्रधानमन्त्री बोरिस जोन्सनलाई एउटा आग्रह गरे । मिस्टर जोन्सन, मृत्युमुखी मोर्चामा कार्यरत डाक्टर–नर्सहरुका लागि उपयुक्त पीपीईको तत्काल प्रबन्ध मिलाऊ ! डाक्टर चौधरीको आग्रहको आशय सतहमा यस्तो थियो । तर यसको आक्रोशमय निहितार्थ भने अर्कै थियो । मिस्टर जोन्सन, म तिम्रो लापर्बाहीयुक्त क्रूरताको शिकार भएँ । यो कूरता अरुहरुमाथि नथोपर !


प्रसङ्गवश, ब्रिटेनमा जीवनरक्षक डाक्टरहरुमाथि सरकारी क्रूरताको जघन्य कथा रचियो । कथा यस्तो छ । आठ आप्रवासी डाक्टरले कोरोनामोर्चामा ज्यान गुमाए । तिनमा एकजना थिए भारतीय मूलका डाक्टर अब्दुल मबुद चौधरी । एक वर्षअघि यी आप्रवासी डाक्टरहरु छिछि–दूरदूरको निशाना बनेका थिए । ब्रिटेनको आकाशमा ब्रेक्जिटको उन्माद र नश्लीय मनोरोगबाट निसृत अहंकार व्याप्त भयो । कतिपय सङ्कीर्णमति रैथाने गोराले यी आप्रवासी डाक्टरलाई आफ्नो अवसर र सुख लुट्न आएका भतुवा ठाने । अस्पतालमा जहाँ साह्रोगाह्रो छ, यिनलाई त्यहीँ खटाइयो । यी नित्य–निरन्तर  अवहेलना र अपमानको शिकार भए । अहिले कोरोनाकालमा पनि यिनको हबिगत त्यही भयो । जताजता कोरोना संक्रमण र मृत्युको सर्वाधिक जोखिम छ, आप्रवासी डाक्टरहरु  त्यतातता धकेलिन विवश छन् । डाक्टर चौधरीलाई कोरोना भाइरसले गाँज्यो । र, मृत्यु शैय्याबाट आफ्नो फेसबुकमा उनले प्रधानमन्त्री बोरिस जोन्सनलाई एउटा आग्रह गरे । मिस्टर जोन्सन, मृत्युमुखी मोर्चामा कार्यरत डाक्टर–नर्सहरुका लागि उपयुक्त पीपीईको तत्काल प्रबन्ध मिलाऊ ! डाक्टर चौधरीको आग्रहको आशय सतहमा यस्तो थियो । तर यसको आक्रोशमय निहितार्थ भने अर्कै थियो । मिस्टर जोन्सन, म तिम्रो लापर्बाहीयुक्त क्रूरताको शिकार भएँ । यो कूरता अरुहरुमाथि नथोपर !

व्यक्त गर्न खसखस लागेको अब केवल एउटा धृष्टतापूर्ण जिज्ञासा छ । कोरोना महामारीको आसन्न सङ्कट भयावह छ । स्वास्थ्यमन्त्रीको आसनमा विराजमान छन् स्वास्थ्य शिक्षा र इमानको पाठशालाको शिशु कक्षामा भर्ना गरिन लायक मनुवा । यी मनुवालाई अलि दिन विश्राम गर्न दिए यिनको पनि कल्याण होला, लोकको पनि कल्याण होला । र, न्यूनाधिक विधागत ज्ञान र अनुभवयुक्त डाक्टर भगवान कोइरालालाई स्वास्थ्यमन्त्री बनाए कसो होला ? अथबा डाक्टर शरद वन्तलाई, अथवा डाक्टर महेश मास्केलाई.....। र, चेन अफ कमाण्डको रचना गर्ने हस्तक्षेपरहित अख्तियार निजलाई दिए स्वास्थ्य नीतिको यो बेथिति तैबसेक थितिमा बदलिँदो हो कि ?

सानो मुखले ठूलो कुरा गरेको बात लागे लागोस्, सत्य कुरा त भन्नैपर्छ  । सरकारको यो संङ्कीर्ण एवं बाहुबली स्वास्थ्य नीति र व्यवहार खसोखास नरकउन्मुख छ । यो अन्धेर नगरीमा भरोसा अब उनको र उनैको मात्र छ । भगावन् श्री पशुपतिनाथले यो सररकारी नरकयात्राबाट हाम्रो उद्धार गरुन् !

विगत केही समयदेखि दैनिक एवं एक दिन विराएर प्रकाशित हुँदै आएको कोरोना कैरन श्रृङ्खलाको लेख अब उप्रान्त साप्ताहिक रुपमा नियमित प्रकाशित हुनेछ । रातोपाटी

लेखकका चित्र र माथिको चित्रका रचनाकार : रमेश जंग कुँवर


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.