शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा लेखका कारण चीन–फ्रान्सबीच थामिएन विवाद

बिहीबार, ०४ वैशाख २०७७, ०७ : ४०
बिहीबार, ०४ वैशाख २०७७

फ्रान्स र चीनबीच सुरु भएको कुटनीतिक विवाद रोकिने छाँटकाँट छैन । यी दुई देशबीच एउटा आलेखका कारण विवाद सुरु भएको थियो ।  बुधबार फ्रान्सका सिनेटरले चिनियाँ दूतावासको वेबसाइटमा अहिले पनि विवाद निम्त्याउने उक्त आलेख किन नहटाएको भन्दै प्रश्न गरेका छन् ।

उक्त लेखकै कारण फ्रान्सका विदेश मन्त्रालयले पेरिसस्थित चिनियाँ दूतावासका राजदूतविरुद्ध कानूनी कारवाहीसमेत गरेका थिए । फ्रेन्चमा लेखिएको यो लेख विभिन्न भागमा चिनियाँ दूतावासको वेबसाइटमा छापिएको छ । यसलाई चिनियाँ दूतावसाले ट्वीटसमेत गरेको छ ।

उक्त लेखमा कोरोना भाइरसको महामारीको विषयमा चीनले उठाएको कदमको तारिफ गर्दै पश्चिमी देशको आलोचना गरिएको छ । फ्रान्सले यतिबेला विवाद गर्नु समय सान्दर्भिक देखिँदैन किनभने फ्रान्सले चीनसँग ६० करोड मास्क मगाएको छ र यो अझै आउन बाँकी नै छ ।

सुरुवातमा फ्रान्स यो लेखका लागि चुप थियो तर पछि विरोध बढेपछि फ्रान्सका विदेश मन्त्रालयले चिनियाँ राजदूतमाथि कानूनी उपचार थाले ।

बुधबार फ्रान्सका थुप्रै सिनेटरले चिनियाँ दूतावासले आफ्नो वेबसाइटबाट उक्त लेख किन नहटाएको भन्दै आपत्ति जनाएका हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप