शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भ्रमणमा जान चाहने विदेशी नागरिकको भिसा अवधि बढाउने निर्णय*

बिहीबार, ०४ वैशाख २०७७, १२ : ००
बिहीबार, ०४ वैशाख २०७७

सरकारले नेपाल भ्रमण गर्न जाने भनेर भिसा लिइसकेका विदेशी नागरिकको भिसा अवधि बढाउने निर्णय गरेको छ ।

पहिला नै लिएको भिसाको अवधि नेपाल सरकारले ६ महिना लागि  बढाउने निर्णय गरेको हो । 

अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहीबार एक वक्तव्य जारी गर्दै १ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई नेपाल सरकारले थप ६ महिना मान्यता दिने जानकारी दिएको छ ।

यस्तै अस्ट्रेलियास्थित नेपाली दूतावासका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डको वाणिज्य दूतावासले प्रदान गरेको भिसा जारी मितिबाट एक वर्षका लागि मान्य हुने पनि विज्ञप्तिमा उल्लेख छ । 
 

*यसअघि प्रकाशित समाचार अन्यथा भएकाले क्षमयाचनासहित सच्याइएको छ : सम्पादक
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप