बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कति तापक्रमसम्म बाँच्छ कोरोना ? वैज्ञानिकले पत्ता लगाए अर्को रोचक तथ्य

बिहीबार, ०४ वैशाख २०७७, १८ : ५२
बिहीबार, ०४ वैशाख २०७७

काठमाडौं । केही समय अघिसम्म मानिन्थ्यो कि जसरी तापक्रम बढ्दै जान्छ, कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप अन्त्य भएर जान्छ । चीनको हुवेई प्रान्त (उहान शहर) मा सुरु भएको उक्त प्रकोपको केही समय त त्यही आशामै बितेको थियो ।

धेरै तापक्रम हुने देशहरुले त सुरुमा देशहरुले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलने दाबी गर्दै आएका थिए ।  हुन पनि अधिकांश भाइरसहरु जाडोयाममा सक्रिय हुन्छन् ।
 मौसम परिवर्तनको समयमायिनीको सक्रियता झनै बढ्छ ।

तर, जति जति गर्मी बढ्दै जान्छ वा मौसम स्थिर हुँदै जान्छ, यी भाइरस क्रमशः निष्क्रिय बन्दै जान्छन् । मौसमी रुघाखोकी, टाइफाइट लगायतका रोगका भाइरसको गुण प्रायः यस्तो हुन्छ । 

पछिल्लो समय गरिएकाे एक अध्ययनमा विश्वमा महामारीको रुप लिएको कोरोनाभाइरस उच्च तापक्रममा पनि लामो समयसम्म बाँच्न सक्ने देखिएकाे छ । फ्रान्समा वैज्ञानिकको एउटा समूहले गरेको शोधमा उक्त कुरा पत्ता लागेकाे हाे । 

दक्षिणी फ्रान्सको आइएक्स मार्सीले विश्वविद्यालयका प्रोफेसर बोरिस पास्टोरिनोले आफ्नो साथीहरुसँग मिलेर गरेका उक्त अध्ययनमा कोभिड–१९ लगाउने सार्स–कोभ–२ भाइरस ६० डिग्री सेल्सियस (१४० डिग्री) फरेनहाइटमा पनि १ घण्टासम्म बाँचेको फेला पारेका थिए । त्यो भाइरसलाई ल्याब्रेटोरीको सेटिङमा मार्नका लागि उनीहरुले त्यसलाई १५ मिनेटसम्म ९८ डिग्री सेल्सियस (१९७ डिग्री फरेनहाइट) तापक्रममा तताउनु परेको थियो ।

उनीहरुले नोबेल कोरोनाभाइरसलाई निस्क्रिय बनाउनको लागि कति तापक्रम र कुन रसायनको आवश्यकता पर्छ भन्ने कुराको अध्ययन गर्ने सिलसिलामा उक्त कुरा पत्ता लगाएका हुन् । खासगरी, उनीहरु नोबेल कोरोनाभाइरसको नियमित सम्पर्कम आउने प्रयोगशालाका स्वास्थ्यकर्मीहरुलाई भाइरसले पार्न सक्ने असरको खतराबारे पनि बुझ्न चाहन्थे ।

‘कोभिड–१९ को भाइरस संक्रमितको रगतमा पनि पाइन्छ । त्यहीकारण त्यसको सेरोलोजिकल टेस्ट शुरु गर्नुअघि त्यसलाई निष्क्रिम पारिनुपर्छ’ उनीहरुले भनेका छन् । तर त्यसो गर्नका लागि कुन उपाय सही हो भन्ने अझैसम्म स्थापित भइसकेको छैन ।

यो परीक्षणका लागि ती वैज्ञानिकहरुले अफ्रिकामा पाइने एक जातको बाँदरको किड्नीलाई यो भाइरसले संक्रमित गरेका थिए । त्यसका लागि आइसोलेसनमा बसेका एकजनाको शरिरबाट भाइरस लिइएको थियो । यो भाइरसलाई दुईवटा अलगअलग ट्युवमा भरियो । छुट्टाछुट्टै परिवेशमा यसको तापक्रम बढाइयो । 

तर सफा वातावरणमा उच्च तापक्रममा यो भाइरस निष्क्रिय भएको पाइयो । तर फोहोर वातावरणमा यो अझै सक्रिय नै रहेको पाइयो । तर तापक्रम बढ्दै जाँदा यसको शक्ति कमजोर हुँदै गएको भने देखियो । 
७० डिग्री सेल्सियत तापक्रममा यो भाइरस ५ मिनेटका लागि निष्क्रिय भएको पाइयो । तर सो समयपछि भाइरस पुनः सक्रिय हुन सुरु भयो । 

तर, वैज्ञानिकहरु उच्च तापक्रमबाटै यो भाइरस निष्क्रिय गर्न सकिने निष्कर्षमा भने पुगेका छन् । उनीहरुका अनुसार ९२ डिग्री सेल्सियस (१९७ डिग्री फरेनहाइट) तापक्रममा १५ मिनेट राख्दा भाइरस निष्क्रिय हुन्छ । तर त्यो तापक्रम विश्वको कुनै पनि ठाउँमा पुग्दैन । 

 उम्लिएको पानी १०० डिग्रीको हुन्छ तर त्यो पानीलाई मान्छेले सहन गर्न सक्दैन । यो अनुसन्धानपछि वैज्ञानिकहरुले सार्स रोग र कोरोना भाइरस उस्तै प्रकृतिको भएको निष्कर्ष निकालेका छन् । यो अनुसन्धान अहिलेसम्म जर्नलमा प्रकाशित भइसकेको छैन । प्रारम्भिक निश्कर्षलाई अध्ययनमा संलग्न नभएका अन्य वैज्ञानिकहरुको टोलीले गहनतापूर्वक पुनः परीक्षण गरेपछि मात्रै यसलाई जर्नलमा प्रकाशित गरिनेछ । 

सामग्री स्रोत : https://www.newsweek.com/
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप