मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

करेलाका बेफाइदा

शुक्रबार, ०५ वैशाख २०७७, ११ : ३५
शुक्रबार, ०५ वैशाख २०७७

एजेन्सी : तितो स्वाद हुने तरकारीमध्ये करेलाका स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक मानिन्छ । मधुमेहको खतरादेखि लिएर विभिन्न प्रकारका समस्याहरुमा यसको सेवन गर्ने गरिन्छ । तर अत्यधिक करेला सेवन गर्दा बेफाइदा पनि पुग्छ । अत्यधिक करेला सेवनले ‘साइड इफेक्ट’ गराउँछ , 

करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया (Momordica charantia) नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ । गर्भावस्थाको समयमा अत्यधिक करेला सेवनले गर्भपतन हुने खतरा हुन्छ ।

प्रायः मधुमेहका बिरामीले रगतमा चिनिको मात्रा सन्तुलन गर्न करेला खाने गर्छन् । यस्ता बिरामीहरुले करेलाको जुस सेवन गर्दा मात्रा मिलाएर पिउने गर्नुपर्छ । अत्यधिक करेलाको जुस सेवन गर्दा कलेजो र मिर्गौलामा असर पर्छ । अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउन सक्छ ।  

यसैगरी, अत्यधिक करेला सेवन गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने , पखाला लाग्ने, टाउको दुख्ने जस्ता समस्याहरु हुन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप