शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अदृश्य शत्रुसँगको युद्ध : तयार छ नेपाली सेना !

शुक्रबार, ०५ वैशाख २०७७, १५ : २०
शुक्रबार, ०५ वैशाख २०७७

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नेपालमा पनि प्रवेश गरिसकेको छ । हालसम्म नेपालमा १६ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन्, जसमध्ये एक जना निको भइसकेका छन् । यसको संक्रमण ब्यापक बन्न नदिन सरकारले देशमा लकडाउन लागू गरेको छ भने सम्भावित ‘खराब स्थिति’ को लागि तयारी गरिरहेको छ । बिस्तारै भए पनि कोभिड–१९ को परीक्षणको दायरा फराकिलो बनाइदैछ ।

यता, नेपाली सेनाले पनि कोरोनाभाइरसको महामारीको लागि तयारी गरिरहेको छ । कुनै पनि युद्धमा अग्रमोर्चामा रहने नेपाली सेनाको अगाडि यसपटकको दुश्मन भने फरक छ । अहिले नेपाली सेनाले अदृश्य शत्रुसँग युद्ध लड्नुपर्नेछ ।

यसका लागि आफ्नो तयारीबारे नेपाली सेनाको रेञ्जर गणले शुक्रबार छाउनीमा प्रत्यक्षरुपमा जानकारी दिएको छ । जसमा संक्रमितको सम्पर्कमा आएपछि अपनाइने सावधानीका उपाय, डिस्इन्फेक्सनको तरिका, शवको व्यवस्थापनलगायतको बारेमा जानकारी दिइएको थियो ।

हेरौँ केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप