बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा फेरि एक नेपालीको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

शुक्रबार, ०५ वैशाख २०७७, २० : २९
शुक्रबार, ०५ वैशाख २०७७

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एकजना भूपू गोर्खाको मृत्यु भएको छ ।
 बेलायतको फार्नबरोमा बस्दै आएका८३ वर्षीय भूपू गोर्खा बुद्धबल गुरुङको बुधबार राति स्थानीय ‘फ्रिमली पार्क अस्पताल’मा उपचारकै क्रममा मृत्यु भएको हो । 
उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । यस्तै उनको श्रीमतीलाई समेत कोरोना ‘पोजिटिभ’ देखिएको छ । तर उनी भने घरमै ‘आइसोलसन’मा छिन् ।  अहिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ । 

सन् २००९ देखि बेलायत बस्दै आएका गुरुङका श्रीमती, दुई छोरा र एक छोरी छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका ७ काप्रे स्थायी घर भएका गुरुङलाई धेरै पहिला प्यारालाइसिस भएको र उनको नियमित फिजियो गरिंदै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट झन्डै १७ नेपालीहरुले ज्यान गुमाइसकेको तथ्यांक छ । जसमध्ये अधिकांश मृत्यु हुनेमा भूपू गोर्खाहरु रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप