शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्टरनेशनल स्कुल अवार्ड पाल्पाका दुई स्कुललाई

शनिबार, १७ भदौ २०७४, ०९ : ४६
शनिबार, १७ भदौ २०७४

पाल्पा - जिल्लाका दुई संस्थागत विद्यालयले ‘ब्रिटिस काउन्सिल इन्टरनेसनल स्कुल अवार्ड’ पाएका छन् । 

अवार्ड पाउनेमा सदरमुकाम तानसेनस्थित बेथल इङ्लिस बोर्डिङ स्कुल र माथागढी गाउँपालिका–३, सराईस्थित माउण्टभ्याली इङलिस स्कुल ले अवार्ड जितेका हुन् । 

ब्रिटिस काउन्सिल र शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने सो अवार्डमा देशभरका १०० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालय प्रतिस्पर्धामा थिए । 

पाठ्यक्रमको परिधिभित्र रहेर शिक्षण पद्धतिमा नवीनतम अन्तरराष्ट्रिय आयाम अवलम्बन गरेबापत विद्यालयलाई यस्तो विश्वव्यापी मान्यता प्रदान गर्ने पद्धति रहेको बेथल इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल खेमबहादुर सारुले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप