शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्क बाहिर

शनिबार, ०६ वैशाख २०७७, ०६ : २५
शनिबार, ०६ वैशाख २०७७

काठमाडौं : हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् । 

संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरुले स्वदेश आउँदा अहिलेसम्म चारवटा विमान प्रयोग गरेको देखिएको छ । भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग गरेको पाइएको छ ।

यसैगरी, संक्रमितमध्ये केहीले स्वदेश आएपछि समेत आन्तरिक उडानमार्फत यात्रा गरेको र उनीहरु सवार विमानको पहिचान गरेर प्रहरीले खोजी गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप