बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आइतबारको मौसमको पूर्वानुमान

आइतबार, ०७ वैशाख २०७७, ०८ : ०१
आइतबार, ०७ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । 

यसैगरी, हाल देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

पूर्वानुमानको अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली  रही तराईका भू–भागमा आंशिक बदली हुनेछ । 

यस्तै, पहाडी भूभागका केही स्थान र तरार्इका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

आइतबार रातिको पूर्वानुमानमा भने  पहाडी भू–भागमा आंशिक देखि सामान्य  बदली, तराईका भू–भागमा आंशिक बदली रहने र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप