शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

र्‍यापिड टेस्टको नतिजाले मात्रै कोरोना संक्रमित पत्ता लाग्न नसक्ने स्वास्थ्यविद्हरुको चेतावनी

पिसिआए टेस्ट जरुरी : र्‍यापिडको मात्रै भरपर्दा ‘गलत नतिजा’ले भित्रभित्रै कोरोना सल्किने खतरा !
आइतबार, ०७ वैशाख २०७७, १३ : २३
आइतबार, ०७ वैशाख २०७७

कोरोनाभाइरसले सिर्जना गरेको कोभिड–१९ महाव्याधिको खतरा बढ्दै जाँदा संक्रमितको पहिचानका लागि सरकारले मुलुकभरि नै र्यापिड टेस्टलाई तीब्रता दिएको छ । सरकारको चाल र गति हेर्दा उसले कोरोनाको पहिचानको लागि र्‍यापिड टेस्टमाथि नै बढी ध्यान केन्द्रीत गरेको छ ।  तर कोरोना संक्रमणलाई फैलिन नदिनको लागि सरकारले चालेको यो कदमको प्रभावकारिताबारे विज्ञहरुले प्रश्न उठाएका छन् ।

सरकारले जिल्ला–जिल्लामा गरिरहेको र्‍यापिड टेष्टले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने खतरा पैदा भएको  सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी बताउँछन् । ‘र्‍यापिड टेस्टले विश्वसनीय नतिजा नदिने’ बताउँदै उनी भन्छन्,  ‘आशंका गरिएका स्थानमा नयाँ संक्रमित थाहा पाउनका लागि परीक्षण गर्दा र्‍यापिड टेष्टले सहि नतिजा नदेखाएकै कारण केही गरी कोरोना संक्रमित व्यक्तिलाई स्वस्थ ठानियो भने त्यसले भयावह स्थिति ल्याउन सक्छ । त्यस्ता व्यक्तिमार्फत् सजिलै समुदायमा कोरोना फैलिने खतरा हुन्छ ।’


डा. मरासिनीको भनाइमा आरडीटी टेष्ट किटद्वारा परीक्षण गर्दा संक्रमण भए पनि संक्रमण नभएको वा संक्रमित नभए पनि संक्रमित भएको देखाउने दुबै खालको कमजोरी हुने गर्छ । ‘आरडीटी टेष्टले गलत नतिजा देखाएको खण्डमा कोरोना संक्रमित हुँदा समेत ढुक्क भएर संक्रमितले घरपरिवार तथा समाजमा संक्रमण फैलाउने खतरा बढने’ उनी बताउँछन् ।  

 


डा. मरासिनीका अनुसार, कोरोनाको आशंका लागेका स्थानमा र्‍यापिड टेष्टले  नमुना परीक्षण गर्दा ‘नेगेटिभ’ नतिजा आएका ठाउँमा जनता ढुक्क भएर बसेका छन् । तर ‘र्‍यापिड टेष्टले कोरोना संक्रमण भएको सुरुवाती अवस्थामा अर्थात् कोरोनाभाइरसले संक्रमण गरेको ४–५ दिनसम्मसंक्रमण नदेखाउन पनि सक्ने’ र त्यस स्थितिमा संक्रमितले अरुलाई भाइरस सार्ने खतरा रहेको’ उनको कथन छ ।

डा. मरासिनीको भनाइमा आरडीटी टेष्ट किटद्वारा परीक्षण गर्दा संक्रमण भए पनि संक्रमण नभएको वा संक्रमित नभए पनि संक्रमित भएको देखाउने दुबै खालको कमजोरी हुने गर्छ । ‘आरडीटी टेष्टले गलत नतिजा देखाएको खण्डमा कोरोना संक्रमित हुँदा समेत ढुक्क भएर संक्रमितले घरपरिवार तथा समाजमा संक्रमण फैलाउने खतरा बढने’ उनी बताउँछन् ।  

‘यो अवस्थामा कोरोनाको संक्रमण भए नभएको पिसिआर टेष्टले मात्रै पत्ता लगाउन सक्छ । त्यसैले र्यापिड टेस्टको मात्रै भर नपरी पिसिआइ टेस्टमा जोड दिनुपर्ने’ डा. मरासिनीको भनाइ छ ।

‘सरकारले पिसिआर टेष्ट र डीटीआर टेष्टको बारेमा जनतालाई प्रष्ट बुझाउन जरुरी भएको’ ठान्ने डा. मरासिनी  ‘जिल्लाजिल्लामा कोरोना परीक्षणको नाममा सरकारले भ्रम फैलाएको’ बताउँछन् । ‘जहाँ र्‍यापिड टेष्टद्वारा परीक्षण जहाँ गरिन्छ, त्यहाँ यो टेष्टबाट आउने नतिजा शत प्रतिशत सही हुँदैन भनेर जनतालाई भन्नैपर्छ,’ भन्दै उनी भन्छन्, ‘र्‍यापिडले नेगेटिभ नतिजा देखाएकै स्थानमा पनि अझै कोरोना संक्रमित हुन सक्छ, त्यसैले ढुक्क भएर बस्नुका साटो पूर्णरुपमा साबधानी र सतर्कता अपनाउनका लािग जनतालाई सचेत गर्ने कुरामा सरकारले जोड दिनुपर्छ ।’

‘र्‍यापिड टेष्टकै आधारमा कोरोना भाइरस संक्रमित छ वा छैन भनेर दावीका साथ भन्न नमिल्ने’ उनी बताउँछन् । ‘अमेरिका, इटालीमा ज्वरो आएका तथा अन्य रोग लागेका हरेक बिरामीलाई अनुसन्धानको लागि र्‍यापिड विधिबाट टेष्ट गरेको हो । तर नेपालको वर्तमान समयमा कोभिड–१९को नियन्यणलाई र्‍यापिड टेष्ट किटले खासै महत्व नराख्ने’ उनी बताउँछन् ।

कोरोनाको महामारी फैलिनका लागि धेरै संख्यामा संक्रमित नचाहिने चेतावनी दिँदै डा. मरासिनी ‘युरोपी मुलुक अमेरिका र इटालीमा पनि थोरै मानिसबाट फैलिएको सो संक्रमणले भयावह रुप लिन पुगेको चेतावनी दिन्छन् । 

 


‘आरडीटी टेष्टको तुलनामा नतिजा आउन समय लागे पनि पिसिआर नै भरपर्दो टेष्ट भएको’ उनी बताउँछन । ‘विभिन्न अनुसन्धानहरुले ७० प्रतिशतसम्म पिसिआर टेष्टले सही नतिजा दिने भनेपनि नेपालको संदर्भमा पिसिआर टेस्ट नै अति आवश्यक रहेको’ उनको भनाइ छ । ‘पिसिआरले पनि तीस प्रतिशत नतिजा ‘फल्स पोजेटिभ’ वा ‘फल्स नेगेटिभ’ दिन सक्ने उल्लेख गर्दै डा. मरासिनी ‘आशंका लागेका बिरामीको स्याम्पल लिँदा, स्याम्पल लिइसकेपछि टेष्ट गर्ने प्रयोगशालामा पुर्‍याउँदा, वा प्रयोशालामा टेष्ट गर्ने क्रममा गल्ती भएमा नतिजा सही नआउने’ खतरा रहेको तथ्य पनि स्मरण गराउँछन् । 

‘पिसिआर टेष्टमा फल्स पोजेटिभ नेगेटिभ आउने सक्छ भनेर नै चीनले बिरामीको फोक्सोको एक्सरे, सिटी, सासनली वा फोक्सोबाट म्युकस कलेक्सन गरेर पुन जाँच्ने, कोरोनासँग मिल्दाजुल्दा अरु लक्षणहरुसँग भिडाएर कोरोना संक्रमित भएनभएको पहिचान गरेको’ उनी बताउँछन् । तर ‘नेपालको हकमा सबै स्थानमा त्यसो गर्न सम्भव नहुने’ डा. मरासिनी बताउँछन् । 


‘कोरोना परीक्षणको नाममा सरकार उल्टो बाटो हिँडेको’ डा. दीक्षितको कथन छ । र्‍यापिड विधिबाट गरिने परिक्षणको अवस्था नेपालमा नभएको उनको भनाइ छ । उनको प्रश्न छ ः ‘आशंका गरिका व्यक्तिलाई धमाधम र्‍यापिड टेष्टबाट परीक्षण गर्नुपर्छ भनेर यस बारेमा सरकारलाई कसले सल्लाह  दिन्छ ?’


अर्का जनस्वास्थ्य विद् डा. समीरमणि दीक्षित पनि ‘सरकारले आरडीटी टेष्टमा खटाउने जनशक्तिलाई खर्च गर्ने बजेटले पीसिआर टेष्ट किटमा खर्च गरे राम्रो नतिजा आउने’ बताउँछन् । सरकारले आरडीटी टेष्ट किट खरिद गरेर एउटा गल्ती गरेसँगै प्रत्येक जिल्लामा आरडीटी टेष्ट नमुना परीक्षणको दायरालाई फराकिलो बनाउँदै जाँदा ‘सर्वसाधारण जनताको जनस्वास्थ्यमा गम्भीर खतरा पैदा हुन सक्ने स्थिति रहेको’ उनको भनाइ छ ।

‘सरकारले भ्रम फैलायो । कोरोना आंशकामा सनसिटी अर्पाटमोन्टको ब्लक ए का दुई सय ९८ जनालाई र्‍यापिट टेष्ट गर्दा नेगेटिभ देखिएपछि नाचगान गरेर खुशीयाली मनाएको सुनेँ,’ उनी भन्छन्, ‘सरकारले जनतालाई र्‍यापिड टेष्टबाट आएको नतिजा सधैँ सही हुन सक्दैन, आशंका गरिएका व्यक्ति धेरै सचेत हुन जरुरी छ भनेर जनचेतना फैलाउन नै सकेन ।’

‘कोरोना परीक्षणको नाममा सरकार उल्टो बाटो हिँडेको’ डा. दीक्षितको कथन छ । र्‍यापिड विधिबाट गरिने परिक्षणको अवस्था नेपालमा नभएको उनको भनाइ छ । उनको प्रश्न छ ः ‘आशंका गरिका व्यक्तिलाई धमाधम र्‍यापिड टेष्टबाट परीक्षण गर्नुपर्छ भनेर यस बारेमा सरकारलाई कसले सल्लाह  दिन्छ ?’


र्‍यापिड टेष्टले कोही व्यक्ति कोरोना संक्रमण भएको केही दिनपछि शरीरमा उत्पन्न भएको एन्टिबडीको पहिचानको आधारमा देखाउने गर्छ  । तर पिसिआरले सोझै भाइरसको जीन खोज्ने भएकोले कुनै पनि व्यक्तिमा संक्रमण भएनभएको केही घण्टामा नै पत्ता लगाउने गर्छ ।


कुन बेला आरडीटी टेष्ट गर्ने ?

आरडीटी टेष्ट किटबाट आएको नतिजा विश्वसनीय अनि भरपर्दो छैन भनेर थाहा भएको अवस्था पनि कोरोना भाइरस कोभिड–१९ संक्रमणको महामारीको बेलामा नेपाललगायत विश्वका धेरै देशले परीक्षण गर्दै आएका छन् । तर र्‍यापिड टेष्टद्वारा कोरोना भाइरसको परीक्षण गर्ने सन्दर्भ भने नेपालको भन्दा फरक भएको विज्ञहरु बताउँछन् ।

नेपालमा विगत एक हप्तादेखि आशंका गरिएका क्षेत्रमा र्‍यापिड टेष्ट गर्ने दायरालाई बढाइएको छ । विज्ञ दिक्षित भन्छन्, ‘कोरोना भाइरस कोभिड–१९ को संक्रमण हुने क्रम कम हुँदै गएपछि वा सकिएपछि गाउँ तथा जिल्लामा कति संक्रमति भएका छैन भनेर थाहा पाउनका लागि र्‍यापिड  टेष्ट गरिन्छ ।’ डाक्टर दिक्षितको भनाइमा डा. मरासिनी पनि सहमत छन् ।

समुदायमा कति जनालाई कोरोनाको संक्रमण भएको थियो वा लक्षण देखिएको रहेछ भनेर अनुसन्धान गर्नका लागि आरडीटी किटबाट टेष्ट गर्ने हो । यो टेस्ट कोरोनाको आशंका गरिकालाई मात्र होइन, जनसमुदायमा प्रत्येक जिल्लाका एउटा मान्छे नछाडिकन, अमेरिकामा जस्तो बिरामी भएको प्रत्येक मानिसलाई टेष्ट गरेको खण्डमा मात्र यो टेस्ट अनुसन्धानका लागि सजिलो बन्ने विज्ञहरुको भनाइ छ ।

‘वर्तमान समयमा हुम्लाजुम्ला लगायतका विकट जिल्लाका प्रत्येक व्यक्तिलाई आरडीटी परीक्षण गरेर केहीमा पोजेटिभ नतिजा  आएको खण्डमा आगामीदिनमा संक्रमण फैलिन नदिनका लागि योजना तथा रणनीति बनाउन सकिने भएपनि आरडीटी टेष्ट भरपर्दा नभएको’ डाक्टर पूर्वनिर्देशक मरासिनी बताउँछन । 

दायरा फराकिलो पारेर पिसिआर परीक्षण गराउनुपर्छ

कोरोना संक्रमणको आशंकामा आरडीटी टेष्ट गरेर नेगेटिभ वा पोजेटिभ नतिजा जे आएपनि पिसिआर टेष्ट गर्नैपर्ने विज्ञहरु बताउँछन् । ‘पिसिआर टेष्टमार्फत् कोरोना संक्रमित तथा असंक्रमित भनेर पत्ता नलगाएसम्म र्‍यापिड टेस्ट परीक्षणका लागि मात्रै गरिएको परीक्षण हुने’ उनीहरुको भनाइ छ ।

र्‍यापिड टेष्टले कोही व्यक्ति कोरोना संक्रमण भएको केही दिनपछि शरीरमा उत्पन्न भएको एन्टिबडीको पहिचानको आधारमा देखाउने गर्छ  । तर पिसिआरले सोझै भाइरसको जीन खोज्ने भएकोले कुनै पनि व्यक्तिमा संक्रमण भएनभएको केही घण्टामा नै पत्ता लगाउने गर्छ । ‘कुनै व्यक्तिको र्‍यापिड टेष्टबाट नतिजा पोजेटिभ आएमा उनको सम्पर्कमा आएजति सबैको र्‍यापिड टेष्ट हैन, सोझै पिसिआर टेष्ट गर्नुपर्ने’ डाक्टर दीक्षित बताउँछन् । नेपालमा कोरोना संक्रमणको तेस्रो, चौथो चरणमा पुग्न नदिनका लागि पिसिआर टेष्टलाई ओझेलमा पारेर र्‍यापिड टेस्टमाथि मात्रै धेरै ध्यान केन्द्रीत गर्न नहुने डा. दीक्षितको सुझाव छ । अरु क्षेत्रसँग सहकार्य गरेर भए पनि पिसिआर किट खरिद गरेर भए पनि परीक्षणको दायरा बढाउनुपर्ने अन्यथा निष्कर्ष गलत हुन सक्ने उनको चेतावनी  छ । डा. दीक्षित भन्छन् ः पिसिआरको दायरा बढाउनुको विकल्प छैन, पिसिआर नगरी सुखै छैन ।

कोरोना भाइरस कोभिड (१९) को परीक्षणको दायरालाई सरकारले पछिल्लो समयमा बढाएको छ । गत हप्तादेखि पिसिआर टेष्ट भन्दा आरडीटी टेष्टमार्फत गरिएको स्याम्पल टेष्टको संख्या बढी छ । सबै जिल्लामा आरडीटी टेष्ट किटबाट परीक्षण गरिरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । हालसम्म पिसिआर टेष्ट किटबाट हालसम्म ८ हजार १७ र आरडीटी टेष्ट किटबाट १९ हजार ४ सय ५४ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप