शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई कोरोना विशेषज्ञ— तल पुन, माथि ओली

आइतबार, ०७ वैशाख २०७७, १५ : ०८
आइतबार, ०७ वैशाख २०७७

नरलोकमा अचेल चर्चामा न पितृहरु छन्, न भगवान् छन् । अचेल चर्चामा छन् त केवल कोरोना भाइरसहरु छन् । चिन्तामा कोरोना भइरस, संशयमा कोरोना भाइरस, भयमा कोरोना भाइरस । दिमाग–दिमागमा कोरोना भाइरस, जिब्रा–जिब्रामा कोरोना भाइरस । घटघटमा यिनै, कणकणमा यिनै । चीनमा यिनै, अमेरिकामा यिनै । सानो हाम्रो नेपाल यो विश्वव्यापी चर्चा, संशय र भयबाट अछुतो हुने करै भएन ।

जहाँ भाइरस, त्यहाँ भाइरस–नाशक डाक्टरहरु । यस्ता विशेषज्ञ डाक्टर हाम्रो नेपालमा पनि छन् । तल भुइँमा सिङ्गल डाक्टर शेरबहादुर पुन छन्, माथि सिंहासनमा छन् ट्रिपल डाक्टर खड्गप्रसाद शर्मा ओली । यी तलका र माथिका डाक्टरको समाजमा अवस्थिति फरक छ । त्यसैले यिनको मति फरक छ । कोरोना भाइरसबारे यिनको मत फरक छ । यिनका बीच कहिले मतिद्वन्द्व चल्छ, कहिले मतद्वन्द चल्छ । यो द्वन्द्वका स्रष्टा ट्रिपल डाक्टर ओली वा तिनका भक्तगण हुन् । भुइँ डाक्टर पुन संक्रामक रोगबारे खुरुखुरु अनुसन्धान गरिरहन्छन्, रोगीको जाँच गरिरहन्छन्, उपचार गरिरहन्छन् । र, आफूले देखे–जानेका कुरा यी लोकलाई सुनाउँछन् । र, यसरी यो रोगबारे लोकलाई चनाखो तुल्याउँछन् । यिनका माध्यम हुन्— ट्वीटर, अन्तर्वार्ता र लेखरचना। सिङ्गल डाक्टर पुनका यी साधना र चेष्टाले आर्जन गरेको चर्चा, ख्याति र हाइहाई देख्दा त्रिपल डाक्टर ओलीलाई औडाहा हुन्छ । म ट्रिपलका अगाडि तँ नाथे सिङ्गलको यत्रो चर्चा, यत्रो ख्याति, यत्रो हाइहाई ! मेरो अथाह ज्ञानको अगाडि तेरो ज्ञान कति हो ? हात्तीका अगाडि भुसुनो ! अनि बडो जान्ने भएर फुरपुर गर्ने ? मेरो गहन ज्ञानमाथि, मेरो कति राम्रो ओम्नी टेस्ट किटमाथि ताई न तुईका तोरलाहुरे टिप्पणी गर्ने ? मलाई र मेरो गणलाई समेत तँ छुस्सछुस्स केही भन्ने ? धेरै सहेँ । अब अत्ति भो ! अब सहिन्न । बस्, शुरु भयो यसरी डाक्टर पुनविरुद्ध द्वेषको अभिव्यक्ति । प्रतिशोधको अभिव्यक्ति । दमनको अभिव्यक्ति । मुख थुन्ने अभिव्यक्ति ।

हिजो दिनभरि म के केमा व्यस्त थिएँ, ट्वीटरमा टुइँटुइँ गर्न भ्याइनँ । बेलुकीपख यसो ट्वीटर खोल्छु त गाँठ्ठे, सिङ्गल डाक्टर र ट्रिपल डाक्टरबीच भीषण घर्षण शुरु भइसकेछ । घर्षणको मोर्चा खोल्ने पक्ष त्रिपल डाक्टर, मोर्चाबाट नभाग्न जिद्दी गर्ने सिङ्गल डाक्टर । कुरो के रहेछ भनेर यसो ट्वीटेहरुका नाक सुँघिहेरेँ । र, बुझेँ, कुरो बाहिर फुत्काएको ल्यामु शेर्पाले रहेछ क्यार । ट्वीटमा यिनले खुसुक्क भनिछन्— ‘कोरोना भाइरसको उपचारमा दिनरात खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका वरिष्ट चिकित्सक शेरबहादुर पुनसँग सरकारले स्पष्टीकरण सोधेको छ ।’ यसो हेर्दा शेर्पाजीको ट्वीट अग्घि नै भाइरल भइसकेछ । यता हेर्छु, चर्चा यही स्पष्टीकरणको  छ । उता हेर्छु, आक्रोश यही स्पष्टीकरणतिर सोझिएको छ । ट्वीटरमा वरिष्ट मान्यवर डाक्टर देवेन्द्रराज पाण्डे भेटिए । पाण्डेजी नजानिदो गरी क्षुव्ध भएका रहेछन् । तिनको क्षोभ ट्वीटरमा यसरी पोखिएछ— ‘ए मन्त्रीजी ! आपूmले जानेको विषयमा जनतालाई सुसूचित गर्दा कसरी अपराध हुन्छ तपाईँलाई केही असुविधा भयो भने पनि ? यो बेला तपाईँको टाउको दुख्ने कुरा अरु थुप्रै होलान् । नदुखेको ठाउँमा डोरी बाँधेर थप किन दुखाउनु हुन्छ ?’


सिंहासनवासी ट्रिपल डाक्टर उच्च आसनमा छन् । ती सबैतिरबाट देखिन्छन् । ती सत्ताशक्तिको अधिपतिको स्थानमा छन् । ती राज्यको श्रोतमाथि एकाधिकारीको स्थानमा छन् । ती मिडियाको केन्द्रीयदृष्टिमा छन् । त्यसो त कोरोना सम्बन्धी आप्mनो विलक्षण ज्ञानका कारण ती चर्चाको शिखरमा पनि छन् । त्यसैले तिनको चिनारी दिनु परेन । को हुन् यी सिङ्गल डाक्टर शेरबहादुर पुन ?


सिंहासनवासी ट्रिपल डाक्टर उच्च आसनमा छन् । ती सबैतिरबाट देखिन्छन् । ती सत्ताशक्तिको अधिपतिको स्थानमा छन् । ती राज्यको श्रोतमाथि एकाधिकारीको स्थानमा छन् । ती मिडियाको केन्द्रीयदृष्टिमा छन् । त्यसो त कोरोना सम्बन्धी आप्mनो विलक्षण ज्ञानका कारण ती चर्चाको शिखरमा पनि छन् । त्यसैले तिनको चिनारी दिनु परेन । को हुन् यी सिङ्गल डाक्टर शेरबहादुर पुन ? यी एक भुइँमान्छे हुन् । जापानबाट संक्रामक रोग विषयमा पीएचडी गरेका । अठाह्र वर्षदेखि टेकु अस्पतालमा सेवा गरेका । उपरवालेको कृपा प्राप्त नहुँदा अभैm करारको दर्जामा लन्ठिएका । सार्स, जापानी इन्सेफलाइटिस, बर्ड प्mलु, स्वाइन प्mलु आदि इत्यादि सरुवा रोगबारे गहन ज्ञान आर्जन गरेका । र, आपूmले आर्जन गरेको ज्ञान लोकलाई दान गर्न सदैव उदार रहेका । कस्ताकस्ता ठूला अस्पतालले कत्राकत्रा आकर्षण देखाएर यिनलाई आपूmतिर खिच्न खोजेका । तर यी भने टेकु सरुवा रोग अस्पताललाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न जिद्दी गर्दै एक सुरले लागिरहेका । न ठूलो पदको लालसा, न विशेष सुविधाको तृष्णा, न चर्चामय पुरष्कारको लोभ, न चमकदार पगरीको याचना । अथक कर्म, उपकारी सेवा, निष्काम समर्पण, निष्कलङ्क इमान र दृढ सत्यनिष्ठा— बस्, यति भए यी सिङ्गल डाक्टर पुनलाई पुग्यो । यिनको दुःख के भने केही जानेपछि अरुलाई सुनाउँ–सुनाउँ लाग्ने । सुनाउँदा ट्रिपल डाक्टर ओली वृत्तमा साँचो कुरा नपच्ने । अनि शासक महलबाट कहिले यिनलाई धम्की, कहिले यीसँग स्पष्टकीरण ! सोझो चित्तले कर्म गर्न र देखेको बोल्न र लेख्नधरी नपाइने । शासक सामू मौन पवनपुत्र भइदिनुपर्ने । केही बोल्न र लेख्न तिनको आदेशको याचना गर्नुपर्ने । स्वाभिमानी र इमानी मान्छे भएर शिर ठाडो पारेर जिउन नपाइने । त्यसरी जिउन खोजे तिनका बाउको स्पष्टीकरण मागिने !

जीवनमा सत्य, न्याय र इमानको बाटो कठिन अवश्य छ, तर यो एकल पथिकको दुखिया बाटो भने किमार्थ होइन । यसो सामाजिक सञ्जाल चियाएर हेर्नु, सिंगल डाक्टर पुनको पक्षमा उठेका हातहरु सहस्र छन् । तिनका वाचाल जिब्राहरु ट्रिपल डाक्टर ओली प्रवृत्तिलाई कुरिकुरी गरिरहेछन्, दुत्कारिरहेछन्, धिक्कारिरहेछन् । कोही छ, जो यो महामारीमा भयानक जोखिम उठाएर दिन नभनी, रात नभनी, भोक नभनी, प्यास नभनी संक्रामकहरुको ज्यान जोगाउन नित्य कटिबद्ध छ । र, कोही छ, जो यस्तो सत्पात्रको मुख थुन्न र उसको नूर गिराउन कटिबद्ध छ । मरे संक्रामकहरु मरिरहून्, नतमस्तक भई आप्mनो भक्ति र स्वस्ति नगर्ने उपद्र्याको मुख थुन्नैपर्छ, उसका हातखुट्टा बाँध्नैपर्छ ।


अँ, कुरो फेरि कमरेड स्वास्थ्यमन्त्रीकै । हाम्रा ट्वीटे मित्रहरुमा एउटा कुरोका जानकारी नभएको आभास हुन्छ । सिङ्गल डाक्टर पुनलाई स्पष्टीकरण माग्ने आदेश स्वास्थ्यमन्त्रीको किमार्थ होइन । माग्ने मुख स्वास्थ्यमन्त्रीको हो, पर्दा पछाडिको आदेश ट्रिपल डाक्टर खड्गप्रसाद शर्मा ओलीको हो । थाहा छ, भानुश्री टीके स्वास्थ्यमन्त्री हुन् । ओली सरको कृपाको टीका लगाएर बनेका भक्तिमार्गी स्वास्थ्यमन्त्री ।


ट्वीटे अभिषेक राज सिंह ट्वीलमहलमा ट्रिपल डाक्टरतिरबाट स्वास्थ्यमन्त्री भानुतिर फर्केका छन् । भानुश्रीको ठाडो आदेशले सिङ्गल डाक्टर पुनसँग स्पष्टीकरण मागिएको नग्न यथार्थ लोकलाई कण्ठ छ । र, यी भानु माननीयको योग्यता वा अयोग्यताबारे  पनि लोक अनभिज्ञ छैन । त्यसैले त अभिषेक लेख्छन्— ‘हामी ढृुक्क छौँ कि अहिलेका स्वास्थ्यमन्त्रीबाट यो महामारी पार लाग्दैन, स्वास्थ्यमन्त्रीविरुद्ध सबै बोल्नुपर्ने देखियो ।’ अभिषेकको बोलीमा लोली मिलाउँदै मलाई सानो पूरक टिप्पणी गर्न मन छ— यी स्वास्थ्यमन्त्रीबाट पार लाग्ने केही कुरा छैन भन्नुचाहिँ यिनमाथि सरासर अन्याय हुन्छ । कमसेकम यी भानु महोदयबाट ओम्नी कमरेडसँगको रसभरि चमचम टाइपको पार्टनरशीप त पार लाग्छ कि !

अँ, कुरो फेरि कमरेड स्वास्थ्यमन्त्रीकै । हाम्रा ट्वीटे मित्रहरुमा एउटा कुरोका जानकारी नभएको आभास हुन्छ । सिङ्गल डाक्टर पुनलाई स्पष्टीकरण माग्ने आदेश स्वास्थ्यमन्त्रीको किमार्थ होइन । माग्ने मुख स्वास्थ्यमन्त्रीको हो, पर्दा पछाडिको आदेश ट्रिपल डाक्टर खड्गप्रसाद शर्मा ओलीको हो । थाहा छ, भानुश्री टीके स्वास्थ्यमन्त्री हुन् । ओली सरको कृपाको टीका लगाएर बनेका भक्तिमार्गी स्वास्थ्यमन्त्री । कृपाकारी प्रभुको इसाराविना यो मुलुकका कुकुरहरुको पुच्छर पनि हल्लिन छाडेको तथ्य विजुलीको लठ्ठामा बस्ने कागलाईधरी थाहा छ । तसर्थ यो माम्लोमा स्वास्थ्यमन्त्रीलाई केही भन्नु केवल शब्दको अपव्यय हो । भन्ने हुती भए हाकाहाकी भन्नुपर्ने ट्रिपल डाक्टर सम्माननीय ओलीलाई हो ।

जीवनमा सामाजिक न्याय र स्वतन्त्रता एवं सत्यनिष्ठा र इमानको हेक्का राख्ने मनुवाहरु सङ्कटको घडीमा बोल्छन् । बोल्ने भाषा फरक हुन्छन्, बोल्ने काइदा फरक हुन्छन् । र, बोल्ने जोड र कोण पनि फरक हुन सक्छन् । तथापि जब ती बोल्छन्, तिनका वचनमा अन्तर्निहित समान अभिप्राय एक प्रवाहमा उनिदा त्यो एउटा शक्ति बन्छ । र, त्यो शक्ति आत्मकेन्द्रित अहंकारबाट मैमत्त निरङ्कक शासकका लागि शूल बन्छ । शूल निर्माता एक ट्वीटे politicool/nepal आङ्ग्ल भाषामा कटाक्ष गर्छन्— ‘नेपालमा महामारीको संकटमा अग्रभागमा काम गर्ने जनलाई यसरी प्रोत्साहन दिइन्छ । क्याबात् !’ र, सँगसँगै विमला लामा वचनको तीर ताक्छिन्— ‘गतिलो काम गरेको देख्दै नहुने होला । दुई तिहाईको दम्भ !’ र, लगभग विमलाकै बोलीमा सहमतिको लोली मिलाउँदै दीपेन्द्र वान्तवा कहन्छन्– ‘यथार्थ सुन्न नसक्ने गरी बिरामी भइसकेछ दुई–तिहाईको सरकार ।’

अब कुराको गुढ रहस्यको पोको फुकाउनतिर लागौँ । आखिर सिंहासनवासी ट्रिपल डाक्टर ओलीको सरकार भुइँवासी सिङ्गल डाक्टर पुनमाथि यसरी खनिनुको गाँठ्ठी कारण हो ? यसको उत्तर मैले दिनुपर्दैन । उत्तर सिङ्गल डाक्टर पुन स्वयंको एउटा ट्वीटले दिन्छ । ट्वीट १८ अप्रिलको हो । ट्वीट भन्छ— ‘र्यापिड टेस्ट किटको नतिजा पिसीआरको नतिजासँग नभिडाई तुरुन्त सार्वजनिक गर्दा मानिसमा त्रास बढेको देखिन्छ । र्यापिड टेस्ट किटको पत्ता लगाउने र सही देखाउने क्षमता पिसीआरको भन्दा धेरै कम छ । पिसीआर परिक्षणपछि मात्र संक्रमितको संख्या सार्वजनि गर्ने कि ?’


डाक्टर पुनलाई स्पष्टीकरण सोध्ने शूरवीरले कारण जेसुकै देखाओस्, सक्कली कुरा यही हो । -यापिड टेस्ट किटबारे सत्य वचन । अर्थात् खोटो टेस्ट किटको धोक्रो बोकेर झुटटलाई सत्य साबित गर्न तल्लीन गोयबल्स प्रवृत्तिको भण्डाफोर ।

 


यहाँ सिङ्गल डाक्टर पुनको पवित्र मनशाय परिक्षणको नतिजा सार्वजनिक गर्दा मानिसमा त्रास नबढाउने प्रयत्न गर्नु हो । तर सिङ्गल डाक्टर पुनको यो कथन ट्रिपल डाक्टर ओली वृत्तको खप्परमा भयानक घनसरी बज्रियो । र्यापिड टेस्ट किट नक्कली चेक हो भन्ने कुरा दूधे बालकलाई समेत थाहा भइसक्यो । यसले प्रायः भएको देखाउँदैन, नभएको देखाउँछ । संक्रमण नभएकालाई भएको देखाउँदा नतिजा के हुन्छ । बरा त्यो व्यक्तिका नाकमा भाइरल कलङ्कको दाग लाग्छ । र, ऊ परिवारमा तिरष्कार र टोल–छिमेकमा छिःछिः–दूरदूरको शिकार बन्छ । ओलीतन्त्रलाई यो कटु सत्य थाहा छ । तैपनि ऊ यो कबाडी माल प्रयोग गर्न किन ज्यान फालेर लागिपरेको हो ? भन्न असजिलो छ, कुरो अप्ठ्यारो छ । ओलीतन्त्रलाई बद्नाम ओम्नी पार्टनरको दागी अनुहार धोइपखाली गर्नु छ । र, भाइरस संक्रमणको नक्कली चेकजाँच गर्दै दुनियाँलाई काम देखाउनु छ । चेकजाँचको अप्रिय नक्कली नतिजाबाट कोही अताल्लियोस्, रोओस् वा डरले मरोस्, ओम्नी सरका असल पार्टसरलाई के मतलब ?

डाक्टर पुनलाई स्पष्टीकरण सोध्ने शूरवीरले कारण जेसुकै देखाओस्, सक्कली कुरा यही हो । -यापिड टेस्ट किटबारे सत्य वचन । अर्थात् खोटो टेस्ट किटको धोक्रो बोकेर झुटटलाई सत्य साबित गर्न तल्लीन गोयबल्स प्रवृत्तिको भण्डाफोर ।

नेपालमा जस्तै अमेरिकामा शासक महल र जनस्तरमा गरी कोरोना भाइरस ज्ञाता दुईजना डाक्टर छन् । डाक्टर डोनाल्ड ट्रम्प र डाक्टर आन्टोनी फउसी । ट्रम्प र फउसीबीच कोरोना भाइरसबारे घरिघरि द्वन्द चलिरहन्छ । जब ट्रम्प झूट बोल्छनु, उही मञ्चमा हत्तपत्त अघि सरेर फउसी सच्याउँछन् । तैपनि सनक सिं महामहिम ट्रम फउसीसँग स्पष्टीकरण माग्दैनन् । अमेरिकामा थोरै भए पनि डेमोक्रेसी छ । र, ओलिओक्रेसीभन्दा त्यो किञ्चित् उत्तम छ । डाक्टर पुनमाथिको दुच्छर स्पष्टीकरणबाट उत्पन्न घषर्ण प्रक्रियामा ट्वीटे दीपध अधिकारीले डाक्टर फउसी र पुनलाई सँगै राखेर राय प्रकट गरेका छन् । अधिकारी आङ्ग्ल भाषामा भन्छन्— ‘के डाक्टर शेरबहादुर पुन हाम्रा डाक्टर फउसी हुन् ? यस प्रकारको स्वास्थ्य संकटले सामान्य जनलाई असामान्य भूमिका सुम्पिन सक्छ । यसले वीरहरु  जन्माउँछ पनि । फउसी आफू संलग्न कार्यदलको एउटा सूचना प्रवाह कार्यक्रममा देखा नपर्दा अमेरकामा ‘फउसी कहाँ छन्’ भनी लोकदृष्टिमा सन्सनी छायो । नेपालमा पनि डाक्टर पुनबारे कसो त्यस्तो सन्सनी नछाउला ?’

ट्रिपल डाक्टर ओली कोरोना भाइरस अनुसन्धानको फाँटमा सिङ्गल डाक्टर पुनका कडा प्रतिस्पर्धी हुन् । सम्माननीय अ‍ेलीको नयाँ थिसिस अहिले चर्चाको बजारमा यत्रयत्र व्याप्त छ । ओली भन्छन्— एक, कोरोना भाइरस निर्जीव हो । दुई, मन तातो पानीले हात धोए कोरोना भाइरस मर्छ । तीन, कोरोना भाइरस मुखपछि आँखाबाट छिटो सर्छ, त्यसकारण मास्कभन्दा चश्मा अनिवार्य छ । चार, भाइरसबाट जोगिन आइक्रिम लगायत चीसो पदार्थ खानु हुँदैन । बस्, यो हो ट्रिपल डाक्टर ओलीको विरलाकोटी बुद्धिको बिछट्टको चमत्कार । संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी भन्छन्— यी ओलीद्वारा सिर्जित चारवटा सपेद भूmठ हुन् । तर डाक्टर सेवेदीले भनेर के नापिन्छ, ओलीका भक्तगण ख्वामित्को समर्थनमा आकाशै चिरा पर्ने गरी थप्पडी बजाइरहेका छ्न् । मलाई डर छ— डाक्टर पुनपछि डाक्टर सुवेदी ओलीओक्रेसीको प्रहारको तारो बन्न बेर छैन ।

बस्, कुरो लगभग सकियो । सत्तावृत्तमा ट्रिपल डाक्टर ओलीजस्ता अनुपम भाइरसविद्हरुको केही कमी छैन । सत्तावृत्तको सुखद् यथार्थ यस्तो छ त कोरोना भाइरसविरुद्धको लडाइँमा सिङ्गल डाक्टर पुनहरुको के खाँचो !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप