शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सः अस्पतालमा बिरामी भर्ना हुन लगातार कम

सोमबार, ०८ वैशाख २०७७, ०९ : ०४
सोमबार, ०८ वैशाख २०७७

फ्रान्समा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ सय ९५ को मृत्यु भएको छ । यीमध्ये २२७ जनाको मृत्यु अस्पतालमा र १ सय ६८ जनाको नर्सिङ होममा भएको हो । यसका साथै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्म १९ हजार ७ सय १८ पुगेको छ ।

यद्यपि, यहाँ अब अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि कमी आइरहेको छ । यतिबेला फ्रान्समा ३० हजार ६ सय १० जना कोरोनाभाइरस संक्रमितको उपचार चलिरहेको छ । यहाँ आइतबार अस्पतलामा कूल २९ बिरामी भर्ना भएका छन् जुन शनिबारको तुलनामा कम हो । फ्रान्समा पछिल्लो पाँच दिनदेखि अस्पताल भर्ना हुने बिरामीको संख्या लगातार कम भइरहेको छ ।

फ्रान्सेली प्रधानमन्त्री एडवार्ड फिलिपले भने, ‘हामी यो महामारीविरुद्ध स्कोर बनाइरहेका छौं । स्थिती बिस्तारै सही तर निश्चित रुपमा सुधार भइरहेको छ । यद्यपि, हामी अहिले नै स्वास्थ्य संकटबाट बाहिरिएका छैनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप