केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोभिड–१९ विरुद्ध एन्टीबडी जाँच्ने नयाँ तरिकाको विकास : संक्रमित पत्ता लगाउन सजिलो पर्ने

कसरी बन्छ भाइरसविरुद्ध एन्टीबडी ? एन्टीबडीको पहिचानले आखिर हुन्छ फाइदा के ?

person explore access_timeबैशाख ८, २०७७ chat_bubble_outline0

नोबेल कोरोनाभाइरस अर्थात् सार्स–कोभ–२ लाई पहिचान गर्नका लागि अनुसन्धानकर्ताहरुले एउटा नयाँ एन्टिबडी परीक्षण विधिको विकास गरेका छन् । यो नयाँ परीक्षण विधिले कोभिड–१९ महाव्याधिको महामारीको वास्तविक संक्रमणलाई उद्घाटित गर्न सहयोग पुग्ने आशा गरिएको छ ।

यो परीक्षण विधिले मानिसको रगतमा सार्स–कोभ–२ को विरुद्धमा शरीरले बनाउने विशेष खालको एन्टीबडीको मात्रै पहिचान गर्नेछ ।

न्यूयोर्क, अमेरिकाका माउन्ट सिनाइस्थिति इचान स्कुल अफ मेडिसिनका भाइरोलोजिष्टहरुको एउटा टोलीले उक्त परीक्षण विधिको विकास गरेका हुन् ।हिजो मात्रै प्रकाशित एउटा प्रिप्रिन्ट रिपोर्टमा पनि त्यसविधिका बारेमा चर्चा गरिएको छ । 

कसरी बन्छ एन्टीबडी?

जब भाइरस वा व्याक्टेरियाले मानिसको शरीरको कोषमा हमला गर्छ, त्यसका विरुद्ध हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) सतर्क र क्रियाशील बन्न जान्छ । त्यो भाइरसको हमलालाई निस्क्रिय तुल्याउनका लागि इम्युन सिस्टमले एन्टीबडी नामक विशेष खालको एन्टीजीन प्रोटिनहरु उत्पादन गर्न थाल्छ । त्यसरी उत्पादित एन्टीजीन प्रोटिनहरुका त्यो अणुले भाइरसको सतहको प्रोटिनलाई ढाक्ने र बाँध्ने काम गर्छ । फलतः त्यो भाइरस काम नलाग्ने गरी निष्क्रिय बन्न पुग्छ ।


जब भाइरस वा व्याक्टेरियाले मानिसको शरीरको कोषमा हमला गर्छ, त्यसका विरुद्ध हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणाली (इम्युन सिस्टम) सतर्क र क्रियाशील बन्न जान्छ । त्यो भाइरसको हमलालाई निस्क्रिय तुल्याउनका लागि इम्युन सिस्टमले एन्टीबडी नामक विशेष खालको एन्टीजीन प्रोटिनहरु उत्पादन गर्न थाल्छ । त्यसरी उत्पादित एन्टीजीन प्रोटिनहरुका त्यो अणुले भाइरसको सतहको प्रोटिनलाई ढाक्ने र बाँध्ने काम गर्छ । फलतः त्यो भाइरस काम नलाग्ने गरी निष्क्रिय बन्न पुग्छ । त्यो क्रियाको दौरानमा हाम्रो शरीरका अन्य इम्युन कोषहरुले पनि त्यसलाई विध्वंशकारी हमलावरको रुपमा चिन्न सक्ने गरी चिन्हित पनि हुन पुग्छ ।

तर यसरी शरीरमा प्रवेश गरेका हमलावर किटाणु वा भाइरसका विरुद्धमा शरीरले एन्टीबडी बनाउनका लागि केही दिनको समय लाग्ने गर्छ ।

हाम्रो शरीरको इम्युन सिस्टमको प्रतिरोध वा अरु कुनै उपायहरुले त्यो भाइरसको संक्रमण निको भइसकेपछि पनि त्यो एन्टीबडीहरु हाम्रो रगतमा रहिरहन्छ ।

पछि जब सोही प्रजातिको भाइरसले हामीलाई आक्रमण गर्दा हाम्रो इम्युन सिस्टम त्यसका विरुद्ध लड्नका लागि तम्तयार अवस्थामा रहेको हुन्छ । त्यसका विरुद्ध शरीरमा एन्टीबडी पहिले नै तयार भइसकेको हुनाले इम्युन सिस्टमले तुरुन्तै लड्न थालिहाल्छ । ती एन्टीबडीहरुमा स्मरणशक्ति हुन्छन् र ती हाम्रो रक्तप्रवाहमा वर्षौंसम्म रहिरहन्छन् ।

एन्टीबडीले भाइरस चिन्ह सजिलो हुन्छ

भाइरसका विरुद्धमा शरीरको इम्युन सिस्टमले पैदा गरेका त्यस्ता एन्टिबडीहरुलाई पहिचान गरेर पहिले नै सार्स–कोभ–२ बाट संक्रमित भएका मानिसहरुलाई चिन्न सकिन्छ । त्यति मात्रै होइन, त्यस्ता पूर्व संक्रमित मानिसहरु अबको स्थितिमा सोही रोगबाट संक्रमित हुने वा त्यसलाई सार्न सक्ने स्थितिमा नरहेको पनि यकीन गर्न सकिन्छ । आम रुपमा जनसंख्याका ठूलो हिस्सामा यस्तो एन्टीबडी तयार भएको छ भने त्यसलाई त्यस खास भाइरसविरुद्धको समुदाय प्रतिरोध वा हर्ड इम्युनिटी (herd immunity) पनि भनिन्छ । रगतमा एन्टीबडी रहे नरहेको परीक्षणले मानिसहरुमा त्यस भाइरसविरुद्ध समुदाय प्रतिरोध पैदा भए नभएको पनि पहिचान गर्न सजिलो हुन्छ ।


भाइरसका विरुद्धमा शरीरको इम्युन सिस्टमले पैदा गरेका त्यस्ता एन्टिबडीहरुलाई पहिचान गरेर पहिले नै सार्स–कोभ–२ बाट संक्रमित भएका मानिसहरुलाई चिन्न सकिन्छ । त्यति मात्रै होइन, त्यस्ता पूर्व संक्रमित मानिसहरु अबको स्थितिमा सोही रोगबाट संक्रमित हुने वा त्यसलाई सार्न सक्ने स्थितिमा नरहेको पनि यकीन गर्न सकिन्छ ।


यस कारण कमजोर बन्छ संक्रमण

समुदायमा पर्याप्त मानिसहरुमा सार्स–कोभ–२ का विरुद्ध एन्टीबडीहरु बनेको छ भने त्यो अवस्थामा कोही व्यक्ति सोही भाइरसका कारण संक्रमित भइहाले पनि उसले अरुमा त्यो संक्रमण सार्ने सम्भावना न्यून भएर जान्छ । समुदायका धेरै मानिसहरुमा त्यसका विरुद्ध पहिल्यै प्रतिरोधी शक्ति रहिसकेको हुनाले त्यो भाइरस फैलिन सक्दैन वा पाउँदैन ।

समुदाय प्रतिरोधको मुख्य फाइदा भनेकै के हो भने त्यस्तो प्रतिरोध क्षमता भएका मानिसहरुको संख्या पर्याप्त रहेको स्थानमा सोही भाइरसको संक्रमण दोहोरिएर महामारी उत्पन्न हुने सम्भावनाबाट बँचिन्छ । पहिल्यै भाइरस लागेका र त्यसका विरुद्ध प्रतिरोधी भइसकेको मानिसहरु आफ्ना काममा फर्कन र विस्तारै आफ्नो सामान्य जीवनतिर फर्कन सक्छन् । खासगरी, महामारीको बेलामा अग्रीम मोर्चामा रहेर खटिनुपर्ने र अस्पतालहरुमा अत्यन्तै खाँचो पर्ने स्वास्थ्यकर्मीहरु आफ्ना काममा फर्कन सक्नेछन् ।

त्यसबाहेक, यो परीक्षणले चिकित्सकहरुलाई कसले आफ्नो रगतको प्लाज्मा दान गर्न सक्छन् भनेर पहिचान गर्न पनि सजिलो पर्नेछ । त्यस्ता पहिल्यै संक्रमित भएर निको भइसकेको कोभिड–१९ का विरामीहरुको रगतमा पाइने एन्टीबडीले नयाँ संक्रमितहरुको उपचारमा सहयोग पुग्न सक्नेछ ।

अहिले कोभिड–१९ का विरुद्ध खोप वा औषधीहरु नै बननिसकेको स्थितिमा यसले कोरोनाबाट संक्रमितहरुका लागि पहिलो लहरको प्रतिरक्षा प्रदान गर्नेछ । पहिले नै संक्रमित भएर निको भइसकेकाहरुको रगतबाट निकालिएको प्लाज्मामा हुने भाइरसविरुद्धको एन्टीबडीले बुढापाका र कोरोना संक्रमणको जटीलताको उच्च जोखिममा रहेकाहरुलाई पनि त्यसले बचाउन सहयोग गर्नेछ ।

अहिले पत्ता लागेको यो नयाँ एन्टीबडी टेस्टले संक्रमित र निको भएका विरामीमा पाइने एन्टीबडीको स्तरको मापनमा सहयोग गरेर कोभिड–१९ विरुद्धको खोप विकासमा पनि सहयोग गर्नेछ । यसबाट अनुसन्धानकर्ताहरुले त्यही स्तरको इम्युन प्रतिरोध निर्माण गर्ने खालका खोपको विकास गर्न पनि सक्नेछन् ।

कोभिडको मात्रै एन्टीबडी पहिचान गर्ने !

https://img.etimg.com

 

यो एन्टीबडी टेस्ट किटले सार्स–कोभ–२ का विरुद्धको एन्टीबडीलाई मात्रै पहिचान गर्नेछ । यसले अरु कोरोनाभाइरस वा अन्य किसिमका भाइरसविरुद्धका एन्टीबडीहरुलाई पनि देखाउने छैन । यसको फाइदा के हुनेछ भने कुनै पनि मानिसमा भाइरसविरुद्ध देखिएको एन्टीबडीकै आधारमा त्यो मानिसमा सार्स–कोभ–२ विरुद्धकै प्रतिरोध छ भन्ने भ्रम रहनेछैन ।


अझ रमाइलो कुरा त के छ भने यो एन्टीबडी टेस्ट किटले सार्स–कोभ–२ का विरुद्धको एन्टीबडीलाई मात्रै पहिचान गर्नेछ । यसले अरु कोरोनाभाइरस वा अन्य किसिमका भाइरसविरुद्धका एन्टीबडीहरुलाई पनि देखाउने छैन । यसको फाइदा के हुनेछ भने कुनै पनि मानिसमा भाइरसविरुद्ध देखिएको एन्टीबडीकै आधारमा त्यो मानिसमा सार्स–कोभ–२ विरुद्धकै प्रतिरोध छ भन्ने भ्रम रहनेछैन । त्यसले उसमा देखिएको एन्टीबडी वास्तवमै कोभिड–१९ विरुद्धको हो वा अरु नै भाइरसका कारण पैदा भएको एन्टीबडी हो भन्ने पहिचान गर्न सजिलो हुनेछ ।

अहिले प्रचलित रहेका कोभिड–१९ को पहिचानका लागि गरिने अधिकांश रगत जाँच्ने प्रक्रियाहरुले त्यो मानिसमा सक्रिय संक्रमण (Active infection) छ कि छैन भन्ने मात्रै देखाउने गर्छ । त्यसे पहिले भाइरस भएको र अहिले निको भइसकेको मानिसलाई हत्तपत्त पहिचान गर्न सक्दैन । त्यसको विपरीत एन्टीबडी परीक्षण विधिमा चाहिँ त्यो मानिसमा सक्रिय संक्रमण छ कि छैन भनेर थाहा पाउन सकिन्न । किनभने भाइरस संक्रमणका विरुद्ध इम्युन सिस्टमले एन्टीबडी बनाउनका लागि निश्चित समय लाग्ने हुन्छ ।

यसकारण पनि कुनै पनि व्यक्तिमा पहिले संक्रमण रहेनरहेको पत्ता लगाउनको लागि र हालको अवस्थामा उनको शरीरमा सक्रिय संक्रमण रहेनरहेको पत्ता लगाउने तथा शरीरमा एन्टीबडी बनेको छ कि छैन भने जाँच्ने– दुवैथरिको परीक्षण गर्नु जरुरी हुन्छ ।

एन्टीबडीले समुदायको स्थिति पहिचान गर्न सजिलो पर्ने

रगतको नमूना लिएर गरिने यो नयाँ परीक्षण विधिले संक्रमण फैलिएको क्षेत्रमा वास्तवमै संक्रमणको स्थिति के कस्तो थियो ? त्यसले कत्ति मानिसहरुलाई प्रभावित गरेको थियो ? संक्रमणको लहर सकिएपछि पनि त्यसका विरुद्ध मानिसहरुमा प्रतिरोधी क्षमता कत्तिको विकसित भएको थियो ? जस्ता कुराहरु सही ढंगले पहिचान गर्न सकिने विश्वास वैज्ञानिकहरुले राखेका छन् ।

https://s.france24.com

र्‍यापिड वा अन्य परीक्षण विधिमार्फत् संक्रमणका आशंका गरिएको नाक वा घाँटीबाट संकलन गरिएको स्वावमा भाइरसको आएरएनए वा त्यसको जीन रहे नरहेको पहिचान गरेर मात्रै वास्तविक रुपमा संक्रमितको पहिचान गर्न सम्भव हुँदैन । स्वाव संकलन, त्यसको प्रयोगशालासम्म लगिँदाको तरिका, स्वाव संकलन गरिएको बेलाको समय (सामान्यतः एक हप्तापछि घाँटीको स्वावमा भाइरस नभेटिन पनि सक्छ), प्रयोगशालामा परीक्षण गर्ने क्रममा भाँती पुगे नपुगेका लगायतका विविध पक्षहरुले पनि नतिजालाई प्रभावित गर्न सक्छ । त्यस्तो स्थितिमा यो विधिबाट नै पनि फल्स पोजेटिभ वा फल्स नेगेटिभ दुवै नतिजा दिन सक्ने सम्भावना प्रशस्त हुने गर्छ ।


संक्रमणको विस्तार वा फैलावट रोक्नका लागि सबैभन्दा महत्वपूर्ण प्रश्नहरु नै तिनै हुन् । तर अहिलेसम्मका हज्जारौं परीक्षण विधिहरुले पनि ती प्रश्नहरुको सटीक जवाफ दिन सक्ने स्थिति छैन । र्‍यापिड वा अन्य परीक्षण विधिमार्फत् संक्रमणका आशंका गरिएको नाक वा घाँटीबाट संकलन गरिएको स्वावमा भाइरसको आएरएनए वा त्यसको जीन रहे नरहेको पहिचान गरेर मात्रै वास्तविक रुपमा संक्रमितको पहिचान गर्न सम्भव हुँदैन । स्वाव संकलन, त्यसको प्रयोगशालासम्म लगिँदाको तरिका, स्वाव संकलन गरिएको बेलाको समय (सामान्यतः एक हप्तापछि घाँटीको स्वावमा भाइरस नभेटिन पनि सक्छ), प्रयोगशालामा परीक्षण गर्ने क्रममा भाँती पुगे नपुगेका लगायतका विविध पक्षहरुले पनि नतिजालाई प्रभावित गर्न सक्छ । त्यस्तो स्थितिमा यो विधिबाट नै पनि फल्स पोजेटिभ वा फल्स नेगेटिभ दुवै नतिजा दिन सक्ने सम्भावना प्रशस्त हुने गर्छ । यो विधिले सक्रिय संक्रमणको स्थिति मात्रै पत्ता लाग्ने भएकोले यसैको मात्र भरपर्नु ठीक हुन्न । त्यससँगसँगै त्यस भाइरसले कुनै बेला व्यक्तिलाई संक्रमित गरेको थियो कि थिएन र त्यसका विरुद्ध उसको शरीरमा एन्टीबडी बनेको छ कि छैन भनेर हेरिनु पनि उत्तिकै जरुरी रहेको वैज्ञानिकहरु बताउँछन् । रगतमा कोभिडविरुद्धको एन्टीबडी टेस्टले व्यक्तिमा भाइरसको संक्रमण सक्रिय रहे–नरहेको समेत आँकलन गर्न सजिलो हुने गर्छ । सबैभन्दा मुख्य कुरा त त्यो समुदायमा कोभिड–१९ विरुद्ध एन्टीबडी  क्षमता विकास गरेका मानिसहरु कत्तिको छ भन्ने पनि पहिचान गर्न सजिलो हुन्छ, जसले गर्दा त्यस समुदायमा भाइरसको संक्रमणले कस्तो रुप लिन सक्छ भनेर खाका कोर्न  र त्यसअनुसार योजना बनाउन पनि सजिलो पर्छ ।

सन्दर्भ स्रोतहरु : हासेम अल घाइलीको फेसबुकपेज, साइन्सम्याग, द ल्यान्सेट, द साइन्टिस्ट,Title Photo: https://images.theconversation.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.