बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोरखसेवकहरुको राहत : भोकालाई अन्न, प्यासीलाई पानी !

सोमबार, ०८ वैशाख २०७७, १२ : ५१
सोमबार, ०८ वैशाख २०७७

काठमाडौँ । कारोनाभाइरसको महामारीसँग लड्नका लागि लागू गरिएको लकडाउन लम्बदै गर्दा गरीब तथा मजदुर वर्ग धेरै प्रभावित बनेका छन् । सरकार र स्थानीय तहले सबैलाई राहतको व्यवस्था गरेको दाबी गरिरहँदा अझै धेरैलाई दुई छाक खान पनि सकस परिरहेको छ ।

त्यही भएर संकटको यो घडीमा जनताको स्तरमा राहतको व्यवस्था भइरहेको छ । काठमाडौँको मृगस्थलीका गोरखनाथका अनुयायीहरुले यतिबेला लकडाउनका कारण भोकै रहेकाहरुलाई खानाको व्यवस्था गरिरहेका छन् ।

गोरखनाथको ‘भोकलाई अन्न, प्यासीलाई पानी’ वाणीलाई अनुसरण गर्दै यतिबेला राहतस्वरुप खाना बाँडिरहेको गोरखसेवकहरु बताउँछन् । दैनिक ५ सयभन्दा बढीलाई खाना खुवाइरहेको उनीहरुको भनाइ छ । सोमबार पुरानो बसपार्क क्षेत्रमा उनीहरुले खाना खुवाएका छन् । हेरौँ तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप