शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुधारिँदै विपी प्रतिष्ठान : ६ महिनामा भए केही सुधार

शनिबार, १७ भदौ २०७४, १५ : ५३
शनिबार, १७ भदौ २०७४

 काठमाडौं –साढे दुई दशक लामो इतिहास बोकेको धरान स्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय तीब्र गतिमा सुधारको बाटोमा लागिरहेको छ । प्रतिष्ठानको रुपमा वि सं.२०५० सालदेखि सञ्चालनमा आएको संस्था केही समय अघिसम्म सेवाग्राहीहरुको कडा अलोचनाको शिकार बनेको थियो ।

अनियमितता र भद्रगोल व्यवस्थापनका कारण विरामी र कुरुवाहरु आजितहुने गरेको प्रतिष्ठान भित्रको अस्पतालमा पछिल्लो ६ महिनादेखि देखिएको सुधारका कारण अहिले धेरैले राहतको महसुस गर्न थालेका छन् । प्रतिष्ठानमा झण्डै तीन दशक देखि कार्यरत बरिष्ठ प्राध्यापक डा राजकुमार रौनियार नयाँ उपकूलपति बनेर आएपछि अस्पतालमा विस्तारै सुधारको जग बस्न थालेको हो । 

यसअघि अस्पतालमा आउने विरामीका कुरुवाहरुले एउटा बस्ने कुर्सी समेत नपाउँदा या त विरामी सुत्ने बेडमा या त भुँईमा बस्नु पर्ने अवस्था रहेको थियो । अझ त्यो भन्दापनिदुखद् कुरा त के थियो भने नेपालका पूर्बीक्षेत्रका सबै जिल्लादेखि मध्यतराई हुँदै भारतको विहारसम्मबाट विरामीआउने अस्पतालमा टिकट काट्नको लागि घन्टौंसम्मलाईन बस्नुपर्ने अवस्था थियो । प्रतिष्ठानका कर्मचारीहरु सम्झन्छन् ‘कहिलेकाहीँ त लाईनबस्ने विषयलाई लिएर सेवाग्राहीहरुबीच नै झगडा समेत हुन्थ्यो ।’

 तर, त्यो समस्या अहिले सम्झनामामात्रै सीमित भईसकेको छ । अहिले विरामीहरु आएर टिकटको लागि टोकनलिएर आफ्नो पालो नआएसम्मकुर्सीमा ढुक्कसँग बस्न सक्ने अवस्था रहेको छ । यसबाट दैनिक ३०० भन्दा बढी सेवाग्राहीहरुले सेवापाईरहेको अस्पतालले जनाएको छ । 

    इमर्जेन्सी वाडमा पनि अहिले धेरै सुधारका कामहरु भएका छन् । इमर्जेन्सी जस्तो संवेदनशील क्षेत्रमा विरामीका आफन्तहरुको बढी भीड हुँदा समस्या हुनथालेपछि अहिले अस्पतालले एक जना विरामी कुर्न बढीमा दुई जना कुरुवामात्रै राख्न पाउने व्यवस्था गरिदिएको छ । अहिले उनीहरुलाई पनि बस्नको लागि पहिलेजस्तो समस्या नरहेको अस्पतालले जनाएको छ । इमर्जेन्सीमा विरामी कुर्नेहरुको लागि शौचालयको समेत समस्या थियो, तर त्यो समस्या पनि अहिले हलभएको सेवाग्राहीको भनाई छ । 
    
    टिकट काट्ने ठाउँ र इमर्जेन्सी वाडमा गतअसार १ गतेदेखि यस्तो सुविधा थपिएको थियो भने छिट्टै नै अन्य धेरै सुधारका कामहरुको सुरुवात हुन लागिरहेको अस्पताल निर्देशक प्रा. डा गौरीशंकर शाहले जानकारी दिए । 

    उहाँले ६ महिनादेखि सुधारको सुरुवात भएको र ३ महिनादेखि महशुष नै गर्नेगरी सुधारका परिणामहरु आउन थालेको बताए ।  विद्यार्थी भर्ना प्रक्रियामा निष्पक्षता र पारदर्शीतासँगै प्रतिष्ठानको समग्र सुधारलाई पनि एकै पटक अघि बढाईएको उनले बताए । 

    स्वास्थ्य मन्त्रालयले गत जेठ १९ गते प्रतिष्ठान अन्तर्गत्को अस्पतालको निर्देशकमा वाल रोग विशेषज्ञ प्रा. डा. गौरीशंकर साहलाई नियुक्त गरिएकोे पत्र पठाएको थियो । चलानी नं २५९२ बाट पठाएको सो पत्र प्राप्तभएसँगै अस्पतालको कमाण्ड सम्हालेका साहले पनि छोटो समयमा नै उल्लेख्य मात्रामा सुधारका कामहरु गरेका छन् । उहाँको नेतृत्व आएपछि बृद्धबृद्धाहरुको लागि छुट्टै टोकनको व्यवस्था, पैसा तिर्न डिजिटल प्रविधिको व्यवस्था जस्ता सुधारका भईरहेको छ । 

पैसा तिर्न नयाँ प्रविधिको प्रयोग

    अब अस्पतालमा मेसिनबाट नै पैसा तिर्न सकिने प्रणालीको सुरुवात गरिँदैछ । अस्पतालका निर्देशक साहकाअनुसार सो प्रणाली लागु भएपछि सेवाग्राहीले अस्पतालमा राखिएको मेसिन मगाएर आफूलाई के सम्बन्धी समस्या हो र त्यसमा सामान्य उपचार गर्ने हो या त अप्रेसन नै गर्ने हो भन्ने मेसिनमा नै रहेको विकल्पमा क्लिक गरेपछि सोको लागि कति पैसा लाग्छ भन्ने जानकारी पनित्यही मेसिनमा नै देख्न सकिन्छ । 

    यसरी उपचारमा लाग्ने पैसा बुझाउन पनि अब घन्टौं लाईनमा बसेर काउन्टर धाईरहनुपर्ने अवस्थाको अन्त्यहुने भएको छ । तोकिएजति रकम मेसिनमा नै राखेपछि त्यहाँ एउटा कुपन आउँछ । सोहीकुपनको आधारमा विरामीको उपचार गर्न सकिन्छ । यसो गर्दा काउन्टरमा गएर लाईन बस्ने जस्ता झण्झटबाट सेवाग्राहीहरु मुक्तहुने विश्वास अस्पतालले लिएको छ । यो प्रणालीको सुरुवातपनि केहीदिनमा नै गरिने निर्देशक शाहले जानकारी दिए । 

फास्टट्रयाकबाट रिपोर्ट
    
    तत्कालै रिपोर्ट चाहिने विरामीको लागिपनि विशेष सुविधादिने उद्देश्यले फाष्ट ट्रयाकबाट रिपोर्ट पाईने प्रणालीको पनि सुरुवात गर्ने तयारी भईरहेको छ । तत्कालै रिपोर्ट लिएर अन्यत्रै जानुपर्ने र धेरै समय त्यहाँ बस्न सक्ने स्थिती नभएका सेवाग्रहीहरुकालागि १० प्रतिशत जति अतिरिक्त शुल्क लिएर तत्कालै रिपोर्ट दिन पनि अब केहीदिनदेखि सुरुवात गर्ने तयारी भईरहेको साहले जानकारी दिए । 

    अस्पतालका शौचालयहरु फोहोर हुने गुनासो सुनेपछि अहिले अस्पतालले शौचालय सफागर्नको लागि मोवाईल सफाई टोलीको सुरुवात गर्दैछ । उनीहरु दिनभरी नै शौचालय सफा गरिरहन्छन् । एकातिरबाट सफाई गर्दै जान्छन् र एकठाउँमा सकिएपछि फेरि सुरुदेखि नै सफाईका कामहरु गर्दे आउँछन् । यसो गर्दा सफाईको समस्यापनि समाधानहुने अस्पतालको अपेक्षा छ । 

    लामो समयदेखि धरासायीबन्दै आएको विपी प्रतिष्ठान अहिले चौतर्फी सुधारको बाटो तर्फ अघि बढिरहेको देखिन्छ । प्रतिष्ठानको अन्तिम लक्ष्य नै संस्थागतहित र सेवाग्राहीहरुको सुविधा रहेकोले पनि अहिले भईरहेको सुधारले प्रतिष्ठानलाई नेपालकै उत्कृष्ट स्वायत्त स्वास्थ्य शिक्षण संस्थाको रुपमा पहिचान गराउने अठोट लिइएको उपकुलपति डा रौनियारले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप