बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आरडीटी परीक्षणमा पोजेटिभ आएको व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

बिहीबार, ११ वैशाख २०७७, ०९ : ०६
बिहीबार, ११ वैशाख २०७७

कैलाली – सुदुरपश्चिम प्रदेशमा आरडीटी परिक्षणबाट पोजेटिभ रिपोर्ट आएका एक जनाको पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको छ । 

आरडीटी परिक्षण गर्दा हाल सम्म ५ जनालाई कोभिड १९ को पोजिटिभ देखाएको थियो । 

अन्य ४ जनाको भने रिपोर्ट आउन बाँकी छ । सामाजिक विकास  मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले आज कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा बताएको हो । 

४ जनाको आरडीटी जाँचबाट पोजेटिभ देखाएको छ तर  पिसिआर जाँचको रिजल्ट आउँन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

अहिलेसम्म पीसीआर मेसिनबाट २६३६ जनाको स्वाव नमुना संकलन गरिएको छ । 

जसमध्ये २६३१ जनाको नमुना जाँच गरिएको उनले वताए । २६२६ जनाको नमुना नेगेटिभ आएको र ५ जनाको भने पोजिटिभ आएको बताए ।

पोजेटिभ आएका व्यतिmमध्ये ३ जना निको भएरु घर गईसकेका छन् अन्य २ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको उनले बताए ।

अन्य २ जना पनि स्वास्थ्य अवस्था समान्य नै रहेको उनले वताए ।  अझै गम्भीर प्रकृतिका ५ नमुना स्वाबको रिजल्ट आउन बाँकी रहेको छ । 

धनगढीमा स्थापना भएको पिसिआर मेसिनबाट ३१५ जनाको स्वाव नमूना जाँच भएको छ । यो प्रदेशमा अहिलेसम्म आरडीटी प्रविधिवाट ८२०३ जनाको परिक्षण भएको छ । जसमध्ये ८१९८ को नेगेटिभ छ ।

२४ घण्टामा आरडीटीबाट ८९६ जनाको जाँच गरेको छ । अझै १०२८२ वटा आरडीटी किड स्टक रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । 

अहिलेसम्म क्वारेन्टाईनमा १७५९ जना छन भने १५७० पुरुष र १८९ जना महिला छन् । आईसोलेसनमा ६ जनाले उचार गराई रहेका छन् भने ९९ जना निको भएर घर गईसकेका छन । आरडीटी पोजेटिभ भएका व्यक्तिका आफन्त र साथीहरुको जाँच पनि जारी रहेको उनले बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप