बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय टिभीका यी हुन् ८ लोकप्रिय अभिनेत्री

बिहीबार, ११ वैशाख २०७७, १२ : ४६
बिहीबार, ११ वैशाख २०७७

मुम्बई । बलिउड फिल्म झै भारतीय टिभी जगतमा पनि एकसेएक अभिनेत्री छन् । जसले आफ्नो मिहिनेतबाट यो  सफलता हासिल गरेको देख्न सकिन्छ । आज हामी केही यस्ता टिभी अभिनेत्रीको चर्चा गर्दैछौ । जो भारतको सानो शहरमा जन्मिए पनि मुम्बई शहरमा आएर टिभी जगतमा ठुलो सफलता प्राप्त गर्न सफल भए । ती अभिनेत्रीको लोकप्रियता फिल्म अभिनेत्रीको झै बढ्दो छ ।

आशा नेगी :
आशा नेगी एक लोकप्रिय टिभी अभिनेत्री हुन् । श्रृङ्खला ‘पवित्र रिश्ता’को अभिनयमार्फत उनले लाखौं दर्शकको मन जितेकी थिइन् । यी अभिनेत्रीको अहिले ब्वाइफ्रेण्ड ऋत्विक धनजानीसँग ब्रेकअफ भएको खबर बाहिर आएको छ ।
देवोलिना भट्टाचार्जी:
देवोलिना भट्टाचार्जी स्टार प्लसको ड्रामा सिरिज ‘साथ निभाना साथिया’मा बुहारीको भूमिका निर्वाह गरेर चिनिएकी थिइन् । देवोलेना बिगबोस १३ मा सहभागी भएकी थिइन् । 

दिव्यांका त्रिपाठी:

दिब्यांका त्रिपाठीले स्टार प्लसको शो ‘ये है मोहब्बते’ मा इशिता भल्लाको भूमिकामा थिइन् । उनी टिभीको टप अभिनेत्रीमा समेत पर्ने गरेकी छन् । उनी भोपालकी स्थायी बासिन्दा हुन् ।

कृतिका सेन्गर:

कृतिकले टिभी उद्योगमा ‘झाँंसी की रानी’ र ‘कसम तेरे प्यार कि’ बाट चिनिएकी छन् ।


रति पाण्डे:
अभिनेत्री रति पाण्डे बिहारकी स्थायी बासिन्दा हुन् । पोरस, हिटलर दीदी, माइली जव हम तु, बेगुसरायलगायत कयौं धाराबाहिक श्रृंखलामा उनको काम लोक प्रिय मानिन्छ । 

रुबिना दिलैक:
रुबिना दिलैकले श्रृखला ‘छोटी बहु’को ‘राधिका’को भूमिकाबाट लोकप्रियता हासिल गरेकी हुन् । रुबिना शिमलाकी स्थायि बासिन्दा हुन् ।

शिवाङ्गी जोशी :

शिवाङ्गी जोशी सुन्दर, प्रतिभाशाली र स्मार्ट अभिनेत्रीमा पर्दछिन् । उनी दर्शकमा नायराको नामबाट चिनिन्छन् । श्रृंखला ‘ये रिश्ता क्या कहलाता है’मा आफ्नो सानदार अभिनयमार्फत दर्शकको मनमा राज गर्न सफल उनी देशरादुनकी स्थायी बासिन्दा हुन् ।

श्वेता तिवारी :
९० को दशकमा श्वेता रिवारीले टिभी शो ‘कसौटी जिन्दगी’ मा प्रेरणा बसुको भूमिका निर्बाह गरेर लोकप्रियता हासिल गरेकी थिइन् । उनको घर उत्तर प्रदेश प्रतापगढमा पर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप