समाजवादी र राजपाले संसद सचिवालयलाई एकताबारे जानकारी गरायो
काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच भएको एकीकरणबारे संघीय संसद सचिवालयलाई जानकारी गराइएको छ । सो पार्टीका संसदीय दलका नेताहरुले संसद सचिवालयलाई जानकारी गराएका हुन् ।
संसद सचिवालयका महासचिवलाई पार्टी एकताको बारेमा संसदीय दलका नेताहरुले पत्र बुझाएका थिए ।
वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीच एकता भएको सहमतिपत्र संलग्न गरी पठाइएको जानकारीसहितको व्यहोराको पत्रमा उल्लेख गरिएको छ ।
राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्यहरु शरतसिंह भण्डारी, राजेन्द्र महतो, महासचिव केशव झा र समाजवादी पार्टीको तर्फबाट डा.शिवजी यादव संसद सचिवालय पुगेका थिए ।
उनीहरुले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई पनि भेटेर एकताको बारेमा मौखिक जानकारी गराएका छन् ।
गएराति दुई पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु