मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको माया

बिहीबार, ११ वैशाख २०७७, १५ : ३७
बिहीबार, ११ वैशाख २०७७

अजयकुमार नेपाल

गर्भमा नै आएदेखि माया दिन्छिन् आमा 
मुटु छिनाई गाँस कटाई माया दिन्छिन् आमा
सबै सन्तान खुसी पार्छिन्, दुःख सबै भुलाई 
मुस्कान छर्छिन् पीडा जति आफैँभित्र लुकाई, 
रातभरि जाग्राम बसी स्याहार गर्ने आमा

बाहिर हुँदा उस्तै गरी पर्खिबस्छिन् आमा 
पालेलेझैँ पहरा दिई घरमा बस्छिन् आमा
कसुर खराब गरे पनि ठूलै गल्ती भए पनि
ढाकछोप गर्छिन् आमा
एक्लै राखी सम्झाउँछिन् गल्ती ठूलो भए
राम्रो नराम्रो बुझाउँछिन् सम्झाउँछिन् आमा 

संसारमै सबैभन्दा ज्ञानी हाम्री आमा
अनुहार हेरी सबै बुझ्छिन्, 
सबै कुरा खोतली छाड्छिन् 
मनै चोर्छिन् आमा
जस्तो बहाना बनाए पनि 
थाहा पाउँछिन् सारा, 
ठूलै जासुस हुन कि हाम्री आमा

आफ्नै गाँस कटाई कटाई, खा खा भन्दै 
यो खान्छ कि त्यो खान्छ कि ख्वाउँछिन् आमा
बच्चा छँदा बच्चै बनी 
सँगै खेल्थिन् आमा
अहिले पनि साथी जस्तै 
मनका कुरा पोख्छिन् आमा

दुःख गर्यौ कति तिम्ले हुर्काउन पढाउन
सम्झँदा नि कहाली लाग्छ तपस्विनी आमा
लुकाउँछौँ कति कुरा थाहा पाउलिन् भनी
केको सक्थ्यौँ लुकाउन सर्वज्ञानी आमा
वेदना र आँशु सारा पछ्यौरीले पुछ्यौ
कति गुन लाउँछौ तिमी प्यारी हाम्री आमा

सारा खुसी, सारा सुख सन्तानमै देख्ने तिमी
खै के नै पो दिन सक्यौँ, तिमीलाई आमा
पछ्याउँनेछौँ तिम्रो पाइला
सकेसम्म अलिअलि माया गर्छौं आमा
प्रण गर्छौं गलत केही नगर्ने
संसारकै राम्री धन्य हाम्री प्यारी आमा

जति कोसिस गरे पनि सक्दिनँ ऋण तिर्न
गुणै गुणले भरिएकी ईश्वर जस्ती आमा
यही भएर भगवानले दिए सृष्टि अधिकार
पालन पोषण जिम्मा लाए तिमीलाई आमा

दुःखको नि सुखको नि साथी न्यानो तिम्रो काख 
ईश्वर पनि खुशी छन् रे सृष्टि गरी आमा
ईश्वरभन्दा गुणी भइन् खास हाम्री आमा
धन्य छौँ है आज हामी सृष्टि गुण कि खानी आमा
लोकै सृष्टिकर्ता पो हुन् तिम्री प्यारी आमा ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप