शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्युजमेसिन्सद्वारा एआइयुक्त  शैक्षिक प्ल्याटफर्म फ्युज क्लासरुम सुरु

शुक्रबार, १२ वैशाख २०७७, १६ : ३४
शुक्रबार, १२ वैशाख २०७७

फ्युजमेसिन्स् इंक (Fusemachines Inc.) ले फ्युज क्लासरुम (https://fuseclassroom.com) थालनी गरेको छ । यो एआइप्ल्याटफर्मले शैक्षिक संस्थाहरूमा रुपान्तरण ल्याउने कम्पनीले जनाएको छ ।

फ्युज क्लासरुम विद्यार्थीलाई ध्यानमा राखेर र अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेनससँग मिलाएर तयार पारिएको हो । एआइ, मोबाइल र वेब एप्लिकेसन प्रविधिले सहजै स्कुललाई एआइ युगमा प्रवेश गराउँछ । यो प्ल्याटफर्मले विद्यार्थीलाई रचनात्मक अनलाइन सिकाइ अनुभव दिनेछ । यसमा प्रगति अनुगमन, प्रश्नको जवाफ र पाठ्यक्रममा विद्यार्थीलाई आवश्यक सहयोग दिन सक्ने गरी एआइ विशेषताहरू समावेश गरिएको छ । फ्युज क्लासरुमले कक्षाकोठा बाहिरका शैक्षिक परामर्श, समुदाय निर्माण र अलुम्नाइजस्ता अन्य स्कुल गतिविधिलाई समेत मद्दत गर्छ । फ्युज क्लासरुमले समग्र स्कुल अनुभवलाई अन्य विविध आयामहरूमा एआइको प्रयोग मार्फत् रुपान्तरणतर्फ अग्रसर गराउँछ ।

‘एक वर्षभन्दा अगाडिदेखि हामीले विद्यार्थीहरूका निम्ति उपयोगी अनलाइन सिकाइ अनुभव गर्न सक्ने रकक्षाकोठाभन्दा बाहिर पनि स्कुलका प्रमुख क्रियाकलापलाई अगाडि बढाउन सकिने किसिमको शैक्षिक प्ल्याटफर्म निर्माणको काम थालेका हौं ।कोभिड– १९ को संक्रमणपछि हाम्रो निर्धारित कार्यतालिकाभन्दा पहिल्यै स्कुलहरूलाई आवश्यक परेको यो सहयोगका लागि फ्युज क्लासरुम थालनी गर्ने निर्णय गरेका छौं । फ्युज क्लासरुमले शैक्षिक संस्थाहरूलाई एआइ युगको डिजिटल अग्रणीका रुपमा स्थापित गर्न मद्दत गर्नेछ । मेसिन्स्ले विद्यार्थीको वैयक्तिक सिकाइ र परामर्शसहित सिकाइ अनुभवमा सुधार ल्याउने विश्वास हामीलाई छ । यसले हामीलाई निश्चितरुपमा उत्साहित तुल्याएको छ,’ संस्थापक एवं सिइओ समीर मास्के भन्छन् ।

फ्युजमेसिन्स अग्रणी एआइ शैक्षिक तथा सीपसम्बन्धी समाधान प्रदायक हो । फ्युजमेसिन्स् डा. समीर मास्केले स्थापना गरेका हुन्, जो कोलम्बिया युनिभर्सिटीका सहप्राध्यापकका रुपमा कार्यरत छन् । फ्युजमसिन्स्का नेपाल, अमेरिका, क्यानाडा र डोमिनिकन गणतन्त्रसमेत चार मुलुकमा रहेका कार्यालयमा २५० पूर्णकालीन कर्मचारीले काम गर्छन् । फ्युजमसिन्स्ले संसारभरिका शैक्षिक संस्थामा एआइसम्बन्धी विश्वव्यापी विशेषज्ञता पु-याउन चाहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप