शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकाका मठ-मन्दिर तथा धार्मिकस्थल पुनर्निर्माणले गति लियो (फोटोफिचर)

शुक्रबार, १२ वैशाख २०७७, १९ : २०
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्प गएको पाँच वर्ष पूरा भएको छ । गोरखाको बारपाक केन्द्रविन्दू भएको उक्त भूकम्प र त्यसपछिका परकम्पले ठूलो जनधनको क्षति गर्‍यो । कयौँ घाइते भए । भूकम्पले भएका मानवीय क्षति अपुरणीय त छँदैछन्, भौतिक क्षति पनि अझै पूर्ति भइसकेको छैन ।

निजी आवास, सरकारी भवन, ऐतिहासिक सम्पदाहरुमा भूकम्पले गरेको क्षति अझै पूर्ति हुन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरी भौतिक संरचना पुनर्निर्माणका काम अघि बढाइए पनि कयौँ सम्पदा अझै पूनर्निर्माण भइसकेका छैनन् ।

पछिल्लो समय राजधानीका मठ मन्दिर तथा धार्मिक स्थल पुनर्निर्माणले गति लिएको छ । केही धरोहर पुनर्निर्माण सम्पन्न भएका छन् भने केही पुनर्निर्माणकै क्रममा छन् । राजधानीस्थित रानीपोखरी, धरहराजस्ता ऐतिहासिक धरोहर अहिले पुनर्निर्माणका क्रममा छन् । त्यस्तै, भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ र गुहेश्वरी लगायत ठाउँमा मठमिन्दर पुननिर्माणको अधिकांश काम सकिएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप