शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड-१९ लाई मध्यनजर गर्दै विश्वस्तरीय एचआरएम सफ्टवेयर अब सित्तैमा

शुक्रबार, १२ वैशाख २०७७, २० : १३
शुक्रबार, १२ वैशाख २०७७

प्रिक्सा टेक्नोलोजिजले हालै पोमेलो एचआरएम (PomeloHRM) नामको मानव संसाधन व्यवस्थापन प्रणाली (Human Resource Management System) बजारमा ल्याएको छ। प्रिक्साले यस सफ्टवेरको सुरुवातसंगै साइन अपगर्ने सम्पूर्ण युजरलाई ६ महिनाको लागि नि:शुल्क सुविधाहरु उपलब्ध गराउने जानकारी दिएको छ।

Pomelo HRM एउटा शक्तिशाली तर सहज मानव संसाधन व्यवस्थापन प्रणाली हो। यसले साना स्टार्टअपहरुदेखि ठूला कम्पनीहरूमा मानव संसाधन जानकारी र डाटा प्रबन्धन माउनी हरूको कामलाई अनुकूलन गर्न मद्दत गर्दछ। विश्वोस्तरिय प्रविधि तथा AI (Artificial Intelligence) को प्रयोग हुनु यस सफ्टवेरको मौलिक विशेषता हो।

PomeloHRM ले अहिले २० भन्दा धेरै कम्पनीहरुलाई सुबिधा दिदै आएको छ। बिशेषगरी अहिलेको लकडाउनको समयमा धेरै कम्पनीहरुले Work from Home प्रणाली आत्मसाथ गरेको अवस्थामा यस सफ्टवेरले धेरै मद्धत पुर्याएको यसका उपभोक्ताहरुले जनाएका छन् ।

प्रिक्सा टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनिष शर्माको अनुसार यो नयाँ प्रणालीले एचआर डाटाको कुशल व्यवस्थापनको लागि विस्तृत अनुप्रयोग र कार्यक्षमता प्रदान गर्दछ। यस सफ्टवेरले कम्पनीहरुलाई वास्तविक समयमा हाजिरी डाटा अनुगमन गर्न, कार्य ट्र्याकिंग सुविधाहरूमार्फत योजना व्यवस्थापन गर्न, तलब भुक्तानी हिसाब गर्न तथा डाटाको बहुमूल्य अन्तर्दृष्टि र गहन विश्लेषण प्राप्त गर्न सहयोग गर्दछ।

यस सफ्टवेरको यूसर इन्टरफेस निकै मैत्रीपुर्ण र नेभिगेट गर्न धेरै सजिलो छ। यसले मानव संसाधन प्रबन्धकहरू (HR Managers) लाई कामदारहरू सिर्जना, बिदा व्यवस्थापन, कार्यहरू सिर्जना र व्यवस्थापन,गतिशील पेरोल गणना तथा प्रदर्शन समीक्षाको लागि मूल्यांकन गरी द्रुत गतिमा कम्पनीलाई सञ्चालन गर्न सहयोग गर्दछ।

http://pomelohrm.com/pomelo/welcome

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप