बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पको ५ वर्षमा पनि सकिएन सम्पदा पुनर्निर्माण, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १२ वैशाख २०७७, २२ : ३२
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं । २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ । 

गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो । 

भूकम्पबाट मानवीय क्षतिसँगै विभिन्न सम्पदा, घर, विद्यालय, स्वास्थ्य संस्थालगायतका पूर्वाधारमा खर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो । 

 खर्बौंको नोक्सानी हुनेगरी क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माणको काम भूकम्प गएको पाँच वर्ष पुग्दा समेत सम्पन्न हुन सकेको छैन ।

अहिले पनि महत्वपूर्ण धरोहरहरु धरहरा, रानीपोखरी,  सिंहदरबार, बसन्तपुर दरबार लगायतका सम्पदाहरुको पुननिर्माणको काम सकिएको छैन ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप