बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघ्यो

शनिबार, १३ वैशाख २०७७, १३ : १६
शनिबार, १३ वैशाख २०७७

 

एजेन्सी : भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४  हजार ५०० नाघेको शनिबार जनाइएको छ ।  गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २४ हजार ५०६ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो । 

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ५७ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ७७५ पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ५ हजार ६३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १८ हजार ६६८ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ । 

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ८१७ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा ३०१ जनाको निधन भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् ।   

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको  छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार गुजरातमा २ हजार ८१५ सक्रमित रहेका छन् । संक्रमित मध्ये २६५ जना निको भएका छन् भने १२७ जनाको भने मृत्यु भएको छ ।  

दिल्लीमा २ हजार ५१४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५३ को ज्यान गएको छ । यसैबीच ८५७ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

भारतको राजस्थानमा २ हजार ३४ मा कोरोना भाइरस संक्रमण देखिएको छ । यस संक्रमणबाट २७ जनाको ज्यान गएको छ । यसैबीच २३० जना भने उपचारपछि घर फर्किएका छन् ।

भारतको मध्यप्रदेशमा १ हजार ८५२ मा कोरोना भाइरस संक्रमण देखिएको छ । यस संक्रमणबाट ९२ जनाको ज्यान गएको छ । यसैबीच २१० जना भने उपचारपछि घर फर्किएका छन् ।

भारतको तमिलनाडूमा १ हजार ७५५ मा कोरोना भाइरस संक्रमण देखिएको छ ।  यस संक्रमणको कारण २२ व्यक्तिको ज्यान गएको छ । यसैबीच ८६६ जना भने उपचारपछि घर फर्किएका छन् ।

भारतको उत्तरप्रदेश राज्यमा १ हजार ६२१ कोविड–१९ को संक्रमित रहेका र २४७ जना उपचाररत रहेका २५ जना मृत्य भएको छ ।  त्यसैगरी केरला राज्यमा उच्च ४५०  जनामा कोरोना संक्रमित रहेका छन् । 

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप