शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा अत्यधिक रुचाइयो भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ (भिडियो)

आइतबार, १४ वैशाख २०७७, ०७ : ५४
आइतबार, १४ वैशाख २०७७

 नरेन्द्र बस्नेत

लण्डन । ‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई मनोरञ्जन प्रदान गरेका छन् । 

५४ वर्षीय भीम निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा सो गीत गाएका हुन् । भीमले गीत गाएको केही सेकेन्डभित्र निर्णायकमध्येका एक कोवेलले असन्तुष्टि व्यक्त गर्दै बजर दबाए पनि दर्शक दीर्घाले उनको प्रस्तुतीलाई हात बजाएर स्वागत गर्यो ।  

त्यसपछि कार्यक्रमका उद्घोषकलगायत निर्णायक मण्डलका सदस्य गीतमा रमाउन थालेपछि निरौला सबैको नजरमा तानिए । निर्णायक अमाण्डा होल्डेनलगायतका सबैजना उनको गीतमा रमाएको र दर्शकको साथ देखेपछि निर्णायक साइमन चकित परेको देखिन्छन् । 
 
निरौला अहिले बेलायती मिडियामा ‘सिक्रेट युट्युब एण्ड रियालिटी स्टार’ को रुपमा परिचित भएका छन् ।

‘ब्रिटेन्स गट ट्यालेन्ट’का बिजेताले शाही परिवारका सामुन्ने सांगीतिक प्रस्तुती दिन पाउनुका साथै दुई लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछन् ।

सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका निरौला पेशाले होटल म्यानेजर हुन् । 

धनकुटा जिल्लामा जन्मिएका निरौलाले बि.स.२०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका छन् । उनले ५ दर्जनभन्दा बढी गीत गाइसकेका भए पनि उनलाई चर्चामा पुर्याउन सफल गीत ‘सन्डे मार्निङ लभ यू’ नै हो ।

सन् २०१३ मा युट्युबमा अपलोड गरिएको उनको यो गीत ६० लाख भन्दा बढीले हेरिसकेका छन् । 

 सामान्य र सबैले बुझ्न सक्ने खालको गीत भएको र अंग्रेजी भाषामा भएकोले विदेशीहरुले पनि मन पराएको निरौलाले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप