बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिशुलाई कोरोना संक्रमणको जोखिम बढी

आइतबार, १४ वैशाख २०७७, २० : ४२
आइतबार, १४ वैशाख २०७७

काठमाडौं । एक वर्षभन्दा कम उमेर समूहका बालबालिका कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा हुने गर्दछ । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा बालिका भन्दा बालक पर्ने गरेको विभिन्न अध्ययनले देखाएको बालकान्ति आस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको पत्रकार सम्मेलनमा कोरोना भाइरसको लक्षण विना पनि बालबालिका कोरोना संक्रमित भएको निर्देशक डाक्टर पौडेलले बताए ।

नेपालमा पनि १८ वर्ष उमेरका दुई जनामा कोरोना संक्रमित छन् ।  १८ वर्षभन्दा कम उमेरका एक जना विरगञ्जमा उपचाररत बिरामीमा कोरोना भाइरसको लक्षण देखा नपरिकन संक्रमित भएको पत्ता लागेको उनले बताए ।

निर्देशक पौडेलकाअनुसार चीनमा ८२ हजार कोरोना संक्रमित हुँदा २ हजार ४ सय ४१ जना बालबालिका संक्रमित भएका थिए । यस्तै अमेरिका पनि हाल सम्म १.७ प्रतिशत बालबालिका मात्रै संक्रमित भएको पाइएको उनले बताए ।

बालबालिकाको मात्रै उपचार हुने बालकान्ति अस्पतालको मुख्य स्थानहरुमा खुट्टाले चलाए पनि सेनिटाइजर प्रयोग गर्न मिल्ने बनाएको उनले बताए । बालिकान्ति अस्पतालले ज्वरो र श्वासप्रश्वासमा समस्या आएका बिरामीलाई छुट्टै हेर्ने तथा उपचार गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।

अस्पतालमा बालकालिकालाई उपचार गर्न आउने क्रममा अभिभावकलाई ज्वारो, श्वासप्रश्वासमा समस्या देखिएमा सँगै रहेको त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचारका लागि पठाउने गरेको डाक्टर पौडेलले बताए ।

प्रायः बालकालिकामा कोरोना संक्रमण अभिभवक बाट हुने गरेको उनको भनाइ छ ।

कर्मचारीलाई संक्रमणबाट जोगाउन 

कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि बालकान्ति अस्पतालका कर्मचारीले ल्याप्चे लगाउने र हातले लेख्ने रजिस्टरलाई निरन्त्रता नदिएर फेस रिडिङ बनाएको डाक्टर पौडेलले बताए । 

हालसम्म बालकान्ति अस्पतालमा ज्वारो र श्वसप्रश्वासको समस्या भएका बालबालिका १६ जना आएको उनले बताए । ती १६ जना बालबालिकाको स्वाब परीक्षण पिसिआर विधिबाट गर्दा नेगेटिभ आएको समेत उनले बताए ।

हाल अस्पतालमा राष्ट्रिय खोप क्ल्निक हप्तामा तीन दिन सञ्चालन भइरहेको उनले बताए । आइतबार, मंगलबार र बिहीबार स्वास्थ्यकर्मीले आवश्यक सुरक्षा विधि अपनाएर बालबालिकालाई खोप दिने गरेको उनले बताए । 

१ वर्ष मुनिका र ५ वर्ष मुनिका बालबालिका उच्च मृत्यु हुने राष्ट्र नेपाल पर्ने भएकाले बालबालिकालाई खोप अनिर्वाय रुपमा दिनुपर्ने उनले बताए ।

बालबालिकाको रोलमोडल अभिभावक

कोरोना भाइरस संक्रमणको महामारीको समयमा घर भित्र बसिरहँदा बालबालिको रोलमोडल अभिभाक हुनुपर्ने निर्देशक डाक्टर पौडेल बताउँछन् । लकडाउनका कारण घरमै सिमित बालबालिका खेल्ने, खाने, बस्ने, अन्य बालबालिकासँग घुलमिल हुने आदि कुरामा अभिभावकले सुरक्षित बनाउन अति आवश्यक भएको डाक्टर पौडेलले बताए ।

यस समयमा बालबालिकालाई खेल खेलाउन, चित्र बनाउन, कथा कविता सुनाएर घर भित्र राख्न समेत उनको आग्रह थियो । बालबालिकालाई इन्टरनेटमा बढि भुल्न नदिएर फुर्सदको समयमा धेरै समय बालबालिकालाई दिएर सृजनात्मक क्षमता बढाउन तर्फ लाग्न अभिभावक सल्लाह समेत डाक्टर पौडेलले  दिए ।

कोरोना भाइरसको महामारीको समयमा बालकालिकालाई उमेर अनुसार कोरोना भाइरसको बारेमा जानकारी दिनुपर्ने उनी बताउँछन् । त्यसैले बालबालिकालाई अन्योलमा राख्न नहुने समेत उनल बताए ।

६ महिना भन्दा कम उमेर समुहका शिशुलाई नियमित स्तनपान गराउँन समेत जरुरी हुने डाक्टर पौडेलले बताए । 

६ महिनादेखि दुई वर्षसम्मका बालकालिकालाई समुचित ठोस आहार ख्वान अति आवश्यक भएको उनको भनाइ छ  । कुपोषित बालबालिकालाई कुनै रोगले आक्रमण गर्न सक्ने डाक्टर पौडेलले बताए ।

बालकालिका बिरामी भएमा यी नम्बरमा फोन गर्नु

बालकालिकालाई स्वास्थ्यसम्वन्धी समस्या आएमा बालकान्ति अस्पतालमा मेडिकल ड्युटीमा रहेका डाक्टरलाई फोन नम्बर ०१–४४२७४४९ मोवाइल नक्बर ९८४७३८६२०५ मा सम्र्पक गर्न सकिने उनले बताए ।

यस्तै सर्जिकल सम्वन्धी बिरामी फलोअर्फ लागि अस्पताल आउन परेमा अस्पतालको टेलिफोन नम्बर लागि ०१–४४४३१३१, सम्र्पक गर्न सकिने डाक्टर पौडेलले बताए  । यस्तै ९८४७३८६१५० मा सम्र्पक गर्न उनले आग्रह गरे ।

यस समयमा बालबालिकालाई तनावका कारण विभिन्न खालका लक्षण देखापर्ने उनले बताए । पेट दुख्ने, टाउको दुख्ने, खान मन नलाग्ने आदि बाल मानसिक समस्या भएमा कान्ति बाल अस्पतालको बाल मानसिक रोग विशेषज्ञसँग सोझै सम्र्पक गर्न सकिने डाक्टर पौडेलले बताए । 

त्यसका लागि ९८०८५२२४१० मा सम्र्पक गरेर आवश्यक परार्मश लिन सकिन निर्देशक डाक्टर पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप