शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं आएकालाई प्रवेश दिइएन, यात्रु अलपत्र (फोटोफिचर)

सोमबार, १५ वैशाख २०७७, १६ : ११
सोमबार, १५ वैशाख २०७७

काठमाडौं । बाहिरबाट काठमाडौं उपत्यका छिर्ने मुख्य नाका हो नागढुंगा । 

सोमबार दिनभर नागढुंगामा सरकारले गाईजात्रा देखायो । गाईजात्रा यो मानेमा कि सरकारको समन्वययमा विराटनगरबाट काठमाडौं आएकालाई दिनभर नाकामा रोकियो । केहीलाई विराटनगर नै फर्काइयो ।

 विराटनगरमा अलपत्र परेकाहरुलाई आइतबार राति विराटनगर महानगरपालिकाले काठमाडौं पठाएको थियो । उनीहरु सोमबार बिहान नागढ्ंगा आइपुगेका थिए।

गृहमन्त्रालयले आवतजावतमा रोक लगाउन निर्देशन दिएसँगै उनीहरूलाई आएकै ठाउँमा फर्काउन लागेको प्रहरीको दावी छ । 

सोही अनुसार केहीलाई उताबाट आएकै गाडीमा राखेर फर्काएको प्रहरीको भनाइ छ । यदि त्यस्तै हो र काठमाडौ छिर्नै नदिने हो भने विराटनगरबाट ति मानिसलाई किन आउन दियो र आइसकेपछि फेरि उतै फर्काइयो ?

यसको जवाफ न प्रहरीसँग छ न सरकारसँग नै । छ त केवल विपतका बेलामा गाईजात्रा । यस्तै विराटनगरबाहेक अन्य स्थानबाट काठमाडौं आएकालाई पनि रोकिएको छ । अहिले पनि काठमाडौं प्रवेश नपाएकाहरु नागढुंगामै अलपत्र अवस्थामा छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप