शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा रहेका नेपालीहरुको दूतावासद्वारा विवरण संकलन

बुधबार, १७ वैशाख २०७७, १५ : ०५
बुधबार, १७ वैशाख २०७७

युएई । युएईस्थित नेपाली दूतावासले युएईमा रहेका नेपालीहरुको विवरण संकलन गर्न थालेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण युएईमा रहेका नेपाली नागरिकहरुले भोग्नु परेका समस्याहरुलाई व्यवस्थित रुपमा अभिलेखिकरण गरि समस्याको समाधानका लागि सम्बन्धित निकायमा पहल गर्न विवरण संकलन गरिएको नेपाली दूतावास अवुधावीले जनाएको छ। युएईमा रहेका नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण भर्न दूतावासको आधिकारिक  वेभसाईडमा (ae.nepalembassy.gov.np) अनलाईन फारमको लिङ्क राखिएको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण एवं अन्य समस्याहरुको निराकरणका लागि दूतावासले नेपाल सरकार र युएई सरकारको सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय एवं सहजिकरण गर्दै आएको र नेपाल सरकारले दिएको निर्देशन अनुरुप संकलित विवरण प्रयोगमा आउने दूतावासले जनाएको छ।

दूतावासले युएईमा रहेका नेपाली नागरिकहरुलाई उक्त अनलाईन फारम भर्न अनुरोध गरेको छ। यसभन्दा पहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली क्युआरफुले नेपालीहरुको विवरण भर्दै आएको थियो। जसमध्ये अघिल्लो  सातासम्म सातहजार ५ सय नेपाली नगरिकहरु नेपाल फर्कन अनलाईन फारम भरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप