बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भावुक अमिताभले ब्लगमा लेखे, ‘ऋषिको हँसिलो अनुहारमा संकट हेर्न सक्दिनथेँ, त्यसकारण कहिल्यै अस्पताल गइनँ’

शुक्रबार, १९ वैशाख २०७७, १३ : ३०
शुक्रबार, १९ वैशाख २०७७

ऋषि कपुरको निधनमा अमिताभ बच्चनले ब्लगमार्फत् आफ्नो भावना व्यक्त गरेका छन् । उनले भावुक हँदै ऋषिलाई अस्तापल भेट्न नगएको कारण बारे पनि जानकारी दिए । वास्तवमा उनी संकटको पलमा ऋषिको अनुहार हेर्न नसक्ने भएर अस्पताल नगएको उनले बताए ।

यी दुईले पहिलो पटक ‘कभी कभी’ (१९७६) मा र अन्तिम पटक ‘१०२ नट आउट’ (२०१८) मा काम गरेका थिए ।

अमिताभले लेखे, ‘मैले चिन्टुको दुर्लभ पललाई देखेँ’

बुधबार ऋषि कपुरले संसारलाई अलविदा भने । अबेर राती अमिताभले आफ्नो ब्लगमा भावुक हुँदै लेखे, ‘मैले ऊर्जावान्, चुलबुले र  आँखामा कौतुहलता बोेकेको चिन्टुको दर्लभ पललाई देखेको थिएँ । एक दिन मलाई राजजीको घरमा आमन्त्रित गरिएको थियो । त्यसपछि मैले उनलाई धेरैजसो आरके स्टुडियोमा देखेँ, जब उनी मेरो फिल्म ‘बबी’  का लागि प्रशिक्षित भइरहेका थिए । र अभिनय सिकिरहेका थिए । उनी आफ्नो हजुरबुवा पृथ्वीराज जी झैं निकै आत्मविश्वासका साथ हिँड्थे ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

... in Memoriam https://tmblr.co/ZwrX5vYFTdCL4y00 had seen him at his home Deonar Cottage, Chembur , a young energetic, bubbly , mischief in his eyes Chintu , on those rare moments when I was privileged to have been invited to an evening at Raj ji’s house .. I would see him more often after , at RK Studios, when he trained as an actor for his film to be made, BOBBY .. a diligent enthusiastic youngster, ready to pounce onto every learning that came his way, in that famous large and legendary make up room, of Raj ji at the end of the first floor corridor of make up rooms .. He had a walk that was confident and determined .. a stride and style that was similar to that of his grandfather, the legendary Prithvi Raj ji .. a walk I had noticed in one of his earlier films .. that walk .. I never found it in any other .. We worked in several films together .. When he spoke his lines, you believed every word of it .. there was never an alternative .. its genuineness was beyond question .. And there has never been any other, that could lip sync a song as perfectly as he did .. never .. His playful attitude on set was infectious .. even in the most grave sequences he would discover that comedic spark and we would all just crack up .. !! Not just on set .. if you were with him at any formal event , he would find that little distractive light hearted gem to expand on and lighten the situation .. When there was a time lapse as the shot got readied , he would bring out his playing cards , or at times pull out his rather complicated Bagatele board and invite others to play .. a competition .. not just for fun .. a serious competition .. During his time of diagnosis and his treatment he never ever lamented his condition .. it was always .. ‘see you soon , just a routine visit to the Hospital .. I’ll be back shortly ‘ Joie de vivre .. the exuberant enjoyment of life , was a gene he inherited from his father .. the Legend, the Ultimate Showman the Iconic Raj Kapoor .. I never visited him in Hospital .. I never wanted to see distress on his smiling cherubic face .. But I am certain .. when he went , he must have gone with a gentle smile …

A post shared by Amitabh Bachchan (@amitabhbachchan) on

‘हामीले थुप्रै फिल्ममा काम गर्यौं । जब उनी आफ्नो लाइन बोल्थे तब तपाईंलाई उनको हरेक शब्दमा विश्वास लाग्थ्यो । उनको कुनै विकल्प थिएन । जुन दक्षताले उनी आफ्नो गीतको लिप्सिङ गर्दथे त्यस्तो अरु कसैले पनि गर्न सक्दैन । सेटमा उनको स्वभाव निकै प्रभावशाली हुन्थ्यो । गम्भीर दृश्यमा पनि उनी रोचक पाटो खोज्थे र सबै बेस्सरी हाँस्थे ।’

‘सेटमा मात्रै होइन, कुनै औपचारिक समारोहमा पनि उनको व्यवहार यस्तै हुन्थ्यो । उनी माहौललाई हल्का–फुल्का बनाइरहन्थे । सेटमा जतिबेला समय पाउँथे तब तास निकाल्थे र अरुलाई पनि खेल्न बोलाउँथे । उक्त खेलमा गम्भीर प्रतिस्पर्धा हुन्थ्यो । यहाँ मनोरञ्जन मात्रै बाँकी हुँदैनथ्यो । उपचारको क्रममा उनले आफ्नो स्थितीमा कहिले पनि अफसोस जताएनन् । अस्पताल जाने बेला उनी सधैं रुटिन चेकअप भएको बताउँथे र चाँडै नै भेट्ने बाचा गर्दथे ।’

‘जीवनलाई आनन्दपूर्वक बाँच्ने जीन उनले आफ्नो पिताबाट पाएका थिए । म उनलाई कहिले पनि अस्पतालमा भेट्न गइनँ किनभने म उनको हँसिलो अनुहारमा संकट देख्न चाहन्नथेँ । तर एक कुरा निश्चित छ जब उनी गए तब उनको अनुहारमा एक सौम्य मुस्कान थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप