शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकका ग्राहकहरुलाई २४ घण्टा भित्रै घरमा सामान

शुक्रबार, १९ वैशाख २०७७, १६ : ०४
शुक्रबार, १९ वैशाख २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् । 

मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरुलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता भएको हो । 

खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरुले १० प्रतिशत अथवा बढीमा ५ सय रुपैंयासम्म छुट पाउने सहमति भएको छ । सामान खरिदका लागि होम सप्लाइजको वेभसाइट, भाइबर तथा ह्वाट्स एपमार्फत अर्डर गर्न सकिनेछ । 

लकडाउनका समयमा ग्राहकहरुलाई कुनै अप्ठेरो झेल्न नपरोस् भनेर मेगा बैंकले यसअघि पनि औषधी र खाद्यान्नका लागि बिभिन्न सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ । 

मेगा बैंकका ग्राहकहरुले फुडमाण्डू र किरानाबाट खाद्यान्न तथा घरायसी सामान प्राप्त गर्न सक्नेछन् भने केन फार्मेसीबाट औषधि तथा इजी केयरमार्फत औषधि र स्वास्थ्य सेवा घरमै बसेर प्राप्त गर्न सक्नेछन् । 

अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकहरुलाई सहज तथा सुरक्षित रुपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैकिङ्गबाट सामान खरिदको व्यवस्था मिलाइने मेगा बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप