सीमा सुरक्षालाई चुनौती दिँदै भारतको पञ्जाबबाट दुुई जना युवक पुगे रौतहट
रौतहट । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले गतचैत ११ गतेदेखि अगामी २५ गतेसम्म लकडाउनलाई निरन्तरता दिएको छ ।
कोरोना संक्रमित मध्ये अधिकांस बिरामी बिभिन्न चोरबाटो हुँदै भारतबाट नेपाल आएको पुष्टी भएपछी सिमानामा थपकडाई गरिएको छ ।
भारत बाट कुनैहालतमा चोरबाटो हुँदै कोही मानिस लकडाउनको अवधिमा नेपाल प्रवेश नगरुन भने उदेस्यका साथ सिमानामा नेपाल प्रहरी,सशस्त्र प्रहरीको तैनाथी बढाईएको छ ।
तर सबै सुरक्षा निकायलाई चुनौती दिँदै दुईजना युवा रौतहटको कटहरिया सम्म आइपुगेका छन् ।
भारतको पञ्जाब राज्यमा कमाउन गएका २ कटहरिया नगरपालिकाका दुुईजना युवाहरु शुक्रवार साइकिल चलाएर आइ पुगेका हुन् । लकडाउनको समयमा पञ्जाब मै उनीहरु फसेपछि जेनतेन चोर बाटो प्रयोग गरि कटहरिया आइ पुगेको बताएका छन् ।
साइकिल चलाएर १२ औं दिनमा कटहरिया नपा वार्ड नम्बर ५ का विवेक यादव र वार्ड नम्बर ८ बलुआ टोलका जुना यादव आएका छन् । हामीहरु ८ जना पंजाब बाट घर आइरहेका थियौं २ जना नेपाल आउन सफल भयौ बाँकि ६ जना लाइ भारतिय प्रहरीले भारत बिहार घोडासहनको कवारेनटाइनमा राखेको पञ्जाबबाट आएका विवेक साह सोनारले बताएका छन् ।
साइकल सिमानामै छोडेर दुबैजना युवक आएको खबर सुन्ने बितिकै उनीहरुलाई घरमा जान नदिएर क्वारेन्टाइमा पठाएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ