शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गतवर्ष रिलिज फिल्मका युट्युवमा हिट ५ गीत

शनिबार, २० वैशाख २०७७, १३ : ०९
शनिबार, २० वैशाख २०७७

काठमाडौं । कोरोनाको त्रासमा सरकारले विगत डेढ महिनादेखि देशभर लकडाउन गरेको छ । लकडाउनका कारण सबै क्षेत्रको गतिविधि शून्य जस्तै छ । यो लकडाउनको कारण फिल्म सुटिङ, रिलिजलगायत सबै फिल्मी गतिविधि ठप्प भएको छ ।

यस्तो अवस्थामा फिल्म क्षेत्रको डिजिटल व्यवसायिक पाटो मध्यको एक युट्युवको व्यवसाय भने अन्य समयका भन्दा राम्रो बनेका छन् । 

यतिबेला युट्युवमा आएका पुराना तथा नयाँ गीतसंगीत, फिल्म, छोटो फिल्मलगायतले भने दर्शक राम्रो पाइरहेका छन् ।

आज हामी गतवर्ष अर्थात २०७६मा रिलिज भएर सफल ५ गीतको चर्चा गर्दैछौं । जुन गीतले अहिले लकडाउनको समयमा पनि युट्युवमा राम्रो दर्शक पाइरहेको छ । 

साली मन पर्यो  
हेमराज बिसीको निर्देशन रहेको फिल्म ‘घामड शेरे’को ‘साली मन पर्यो’ गीतले अहिलेसम्म ४ करोड ६० लाख(४६ मिलियन) बढी दर्शक पाएको छ । रियल कपल निश्चल बस्नेत र स्वस्तिमा खड्काको रोमान्स रहेको गीत रोमान्टिक डान्सिङ नम्बरको रुपमा तयार पारिएको छ । 

कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको गीतमा कालीप्रसाद र अश्मिता अधिकारीले स्वर दिएका छन् ।

भिजिट भिषामा 
महसञ्चार र कलाकार किरण केसीको संयुक्त निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’को गीत ‘भिजित भिषामा’ दर्शकले रुचाएका छन् । 

हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ । अहिलेसम्म ३ करोड (३०मिलियन) दर्शक पाएको यो गीत कलाकार हरिबंश आचार्य, निरुता सिंह, पुष्प खड्का, बर्षा राउत, आँचल शर्मा लगायतको अभिनय रहेको थियो । फिल्म सुदन केसीले निर्देशन गरेका हुन् ।

पिरतीको मिठो तिर्सना  
यो गीत फिल्म ‘वीर बिक्रम २’मा समावेश गरिएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको ‘विर विक्रम २’को यो गीतले अहिलेसम्म एक करोड ८० लाख (१८ मिलियन) बढी दर्शक पाएको छ ।

धेरै पहिले वरिष्ठ निर्देशक तुलसी घिमिरेले फिल्म ‘देउता’का लागि बनाएको यो गीत ‘बिर बिक्रम २’मा रिमेक गरेर राखिएको हो । कुसुम गजमेर र तुलसी घिमिरेको शब्द तथा रन्जीत गजमेरको संगीत रहेको यस गीतको रिमेक भर्सनमा मेलिना राई र ताराप्रकाश लिम्बुले स्वर दिएका छन् । 

पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी माथी गीत फिचरिङ गरिएको छ । गीतले चर्चा पाएपनि फिल्मले भने राम्रो ब्यवसाय गर्न सकेन । 

दुबो फूल्यो 
अभिनेता दयाहाङ राई अभिनित हिट फिल्म ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’मा समवेश ‘दुबो फूल्यो’ गीतमा एसडी योगीको संगीत, हर्क साउदको शब्द र हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर छ ।
अहिलेसम्म २ करोड ६० लाख (२६ मिलियन) दर्शक पाएको यो गीतमा कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्म र विल्सन विक्रम राई माथी फिचरिङ गरिएको छ ।

तिम्रो घरको वरीपरी 
सुदर्शन थापाको निर्देशक रहेको फिल्म ‘म यस्तो गीत गाउछु २’को ‘तिम्रो घरको वरीपरी’ गीतले अहिलेसम्म एक करोड २० लाख (१२ मिलियन) दर्शक पाएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनाम थोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीत कलाकार पूजा शर्मा र पल शाह माथी छायाँकन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप