शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासी एकजुट

आइतबार, १८ भदौ २०७४, १४ : ३१
आइतबार, १८ भदौ २०७४

तेह्रथुम-तेह्रथुमको सदरमुकाम म्याङलुङ नजिकै रहेको दशकते सामुदायिक वनमा रहेका ऐतिहासिक टुङ्ना गुफा र मन्दिर संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । गुफा तथा मन्दिरको धार्मिक महत्वलाई प्रचारमा ल्याएर पर्यटकीयस्थलका रुपमा विकास गर्न उनीहरुले गुफा तथा मन्दिर व्यवस्थापन समिति पनि गठन गरेका छन् । 

उक्त समितिलाई आकर्षक पार्क र बगैँचासमेत निर्माण गरेर प्रचारमा ल्याउन जिम्मेवारी दिइएको छ । सदरमुकाम नजिकै भएकाले गुफा हेर्न, मन्दिरमा दर्शन गर्न र पार्क अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको बुझाइ छ । 

शनिबार बिहान बसेको स्थानीयवासीको भेलाले व्यवस्थापन समितिको अध्यक्षमा पदम तुम्बाहाम्फे, उपाध्यक्षमा कृष्णबहादुर कटुवाल, सचिवमा भगिश्वर लिम्बू र कोषाध्यक्षमा रामबहादुर तुम्बाहाम्फेलाई चयन गरेको छ । समितिको सदस्यमा देवीबहादुर श्रेष्ठ, मानबहादुर लिम्बू र लैनबहादुर तुम्बाहाम्फे छन् । 
नवगठित समितिले यहाँ रहेको ‘केमुक’ अर्थात् ‘टुङ्ना’ गुफा, दशकते देवीथान, महादेव हाङसाम माङ्हिमलगायत ऐतिहासिक धार्मिक क्षेत्रको सरसफाइ, संरक्षण र व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाइ काम गर्ने अध्यक्ष तुम्बाहाम्फेले बताउनुभयो । 
सदरमुकाम आएका मानिसलाई यहाँसम्म पु¥याउन र यहाँको धार्मिक तथा ऐतिहासिकताबारे जानकारी दिँदै ती सम्पदाको पनि संरक्षण गर्न सकिने भएकाले स्थानीयवासी एकजुट भएको समितिका सचिव भगिश्वर लिम्बूले बताउनुभयो । यसअघि सो गुफा तथा मन्दिर परिसरसम्म पुग्ने गोरेटो बाटो नेपाली सेनाले निर्माण गरिदिएको थियो । 

यसैबीच गुफामा प्रवेश गर्नका लागि असजिलो रहेको ठाउँमा म्याङलुङका व्यवसायी गोकुल सुवेदीले फलामको भ¥याङ निःशुल्क उपलब्ध गराउनुभएको छ । गुफाको संरक्षण र व्यवस्थापन गरी पर्यटकीय स्थल बनाउने अभियानमा स्थानीयवासी जुटेको थाहा पाएपछि गुफा प्रवेशका लागि सहज होस् भनेर भ¥याङ उपलब्ध गराएको व्यवसायी सुवेदीले बताउनुभयो । 

खाम्लालुङको झाँक्री गुफा ओझेलमा 

तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा अवस्थित झाँक्री गुफा प्रशस्तै पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ । गुफाको प्रचारप्रसार र पूर्वाधार विकासमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । 

गुफासम्म पुग्नका लागि सडक बनाइए पनि सवारी साधन सञ्चालन योग्य भइसकेको छैन । कात्तिके सामुदायिक वनभित्र रहेको गुफा परिसरलाई ‘कात्तिके पर्यटन क्षेत्र’का रूपमा विकास गर्ने ध्येयले स्थानीयवासीले पहल थालेका छन् । 

परापूर्वकालमा वनझाँक्री यही गुफामा बस्ने भएकाले यसलाई झाँक्री गुफा भनिएको स्थानीयवासीको भनाइ छ । वनझाँक्रीले यस गुफामा राखेर बनाएका धामीझाँक्री र बूढीबजुहरु अभैm गाउँमा रहेको बताइन्छ । 

कात्तिके सामुदायिक वन उपभोक्ता समितिकै पहलमा गुफामा सिँढी निर्माण, गुफा नजिकै रहेको पोखरी सरसफाइलगायत काम गरिएको अध्यक्ष गोपी ढुंगानाले बताउनुभयो । उक्त कार्यका लागि जिविसले रु २० लाख बजेट उपलब्ध गराएको र स्थानीयवासीले रु चार लाख २३ हजार १८७ बराबरको श्रमदान गरेर कूल रु २४ लाख २३ हजार १८७ खर्च भएको बताइएको छ । 

“गुफाको प्रवद्र्धनका लागि घरवास, भ्यु–टावर, बिजुलीको व्यवस्थालगायत पूर्वाधार विकास गर्ने लक्ष्य लिएका छौँ, बजेटको अभाव छ”– अध्यक्ष ढुंगानाले भन्नुभयो । सो गुफा पुग्न आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारदेखि एक घण्टा पैदल हिँड्नुपर्छ । गुफाको संरक्षणको प्रयास थालिएपछि दैनिक ३०–४० आन्तरिक पर्यटक अवलोकनका लागि आउन थालेका स्थानीयवासी सुभास गौतमले बताउनुभयो । 

गुफा परिसरमा पूर्वाधार विकास गरेर प्रचारप्रसार गर्नसके यस क्षेत्रकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँले जानकारी दिनुभयो । वरिपरि विभिन्न प्रजातिका फूलका साथै खुला चौर फाँटमा रहेको यस क्षेत्रका छुटृै विशेषता छ । समुद्र सतहबाट दुई हजार २०० मिटरको उच्चाइमा रहेको गुुफामा बादलले लुकामारी खेलिरहन्छ । गुफाको परिसरबाट छिनमै आकाश उघ्रिन्छ ,छिनमै बादलले छोप्ने गर्छ । 

गुफाको प्रवेशद्वारमा सेती देवीको मन्दिर छ । चाडपर्वमा गुफाबाट नौमती बाजाका धुन आउने प्रमुख विशेषता रहेको अध्यक्ष ढुंगानाले बताउनुभयो । चार तला रहेको उक्त गुफाको दुई तहसम्म सजिलै पुग्न सकिन्छ । पहिलो र अन्तिम तलाको दोस्रो र तेस्रो तलाबाट अवलोकन गर्न सकिन्छ । गुफाको संरक्षण र प्रचारप्रसारका लागि काम थालिने आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप