शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी नेता आरिफ वाजिरको गोली हानी हत्या

आइतबार, २१ वैशाख २०७७, ०९ : ००
आइतबार, २१ वैशाख २०७७

पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए । उनको शनिबार इस्लामाबादमा निधन भएको हो ।

उनको उपचारको क्रममा निधन भएको वानाका स्टेशन हाउस अफिसर उस्मान खानले जानकारी दिए ।

वाजिर आफ्नो घरमा टहल्दै गर्दा उनीमाथि गुडिरहेको गाडीमा सवार केही व्यक्तिले गोली हानेका थिए । अधिकारीका अनुुसार उनलाई अत्यधिक चोट लागेको थियो ।

उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको र पछि इस्लामाबादस्थित नाम नखुलाइएको अस्पतालमा पुर्याइएको थियो ।

सन् २००५ मा वाजिरका बुवा र दाइलाई पनि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । त्यसपछि उनीहरुसँग अन्य सातजनाको गोली हानेर हत्या गरिएको थियो ।

त्यतिबेला किशोर अवस्थामा रहेका वाजिरले तत्पश्चात आफ्नो पढाई छोडेर घरको जिम्मेवारी सम्हालेका थिए । उनका तीन छोरा, दुई छोरी र एक श्रीमती छिन् ।

वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप