बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सफाईमा खटिने कर्मचारीलाई आइडिया नेपालले गर्यो सहयोग

आइतबार, २१ वैशाख २०७७, १२ : २६
आइतबार, २१ वैशाख २०७७

ललितपुर– सरसफाईमा खटिने कर्मचारीहरुलाई इन्टेरियर डिजाइनर एसोसियशन अफ नेपाल (आइडिया नेपाल)ले मास्क, पन्जा, जुत्तालगायतको सहयोग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)बाट बच्न सफाईकर्ममा हरेक दिन खटिने कर्मचारीहरुलाई सुरक्षाका लागि मास्क पन्जा र बुट जुत्ता सहयोग गरेको आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताइन् ।

फोहोर संकलनदेखि सडक तथा टोल सफाईमा खटिने कर्मचारीहरुमा संक्रमणको जोखिम बढी हुने हुँदा उक्त सुरक्षा सामाग्री ललितपुर महानगरपालिकामार्फत गरिएको अध्यक्ष कक्षपतिले बताइन् । आइडियाले सहयोग सामाग्री ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरणको अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति आइडिया नेपाललाई धन्यवाद दिँदै कोरोनाभाइरसको चुनौती सामना गर्न ललितपुर महानगरपालिकाले गरेका बिभिन्न क्रियाकलाप बारे जानकारी गराएका थिए ।

त्यसैगरी आइडियाकी अध्यक्ष कक्षपतिले महामारीको समयमा फिल्डमा खटिने सफाईकर्मीहरुलाई केही सहयोग उपलब्ध गराउन पाउँदा गौरवान्वित भएको बताइन् । पेशागत हकहितका लागि स्थापना भएका संघसंस्थाहरुले आफने सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने र विपतको समयमा सहयोगको हात बढाउनु पर्नेमा उनको जोड थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप