३ वर्षपछि उत्तर र दक्षिण कोरियाली सीमामा गोलीबारी
उत्तर र दक्षिण कोरियाली सीमामा आइतबार बिहान गोलीबारी भयो । यससँगै दुई देशबीच तनाव बढेको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले गोलीबारीको सुरुवात गरेपछि दक्षिण कोरियाले पनि जवाफी फायरिङ गरेको हो ।
तीन वर्ष अघि पनि उत्तर कोरियाले यस्तै प्रकारको गोलीबारी गरेको थियो । त्यतिबेला पनि दुई देशबीच थुप्रै दिनसम्म तनाव चलेको थियो ।
क्षतीको खबर छैनः
मिडिया रिपोर्ट अनुसार गोलीबारीमा दुबै तर्फ कुनै पनि क्षती भएको छैन । उत्तर कोरियाले दक्षिण कोरियाको चियोरवान शहरलाई निशाना बनाउने कोसिस गर्यो । यो शहर सीमाभन्दा निकै नजिक छ । त्यसको केही मिनेट पछि नै दक्षिण कोरियाले जवाफी कारवाही गर्यो ।
दुई देशबीच कुराकानीः
घटनापछि दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफले बयान जारी गर्दै भन्यो, ‘हामी इन्टर कोरियन कम्युनिकेशनमार्फत् कुराकानी गरिरहेका छौं । यसमार्फत् तनाव कम गर्नमा मद्दत पाइन्छ । हाम्रो सेना कुनै पनि हमलाको जवाफ दिनका लागि तयार छ ।’
असैन्य क्षेत्रः
उत्तर र दक्षिण कोरियाको ११५ किलोमिटर लामो सीमामा सन् १९५३ मा एक असैन्य क्षेत्र बनाइयो । यहाँ एक कोरिडोर छ । तनावको स्थितीमा दुई देशका सैनिक अधिकारी यहाँ कुराकानी गर्छन् । सन् २०१७ मा उत्तर कोरियाको एक सैनिकले जीपबाट हाम फालेर दक्षिण कोरियाली सीमामा जाने कोसिस गरेको थियो । भाग्ने क्रममा साथीले यी सैनिकमाथि गोली चलाए । पछि दक्षिण कोरियाली सैनिकले उनलाई बचाए । अस्पतालमा भर्ना गराए । उनी स्वस्थ छन् र अहिले पनि दक्षिण कोरियामा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी