बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोकल आफ्टर स्कूल अनलाइन हाजिरी जवाफ प्रतियोगिताको लागि आवेदन खुल्लाः आवेदन दिने तरिका र प्रतिस्पर्धाको मापदण्ड यस्ता छन्

आइतबार, २१ वैशाख २०७७, १८ : ४६
आइतबार, २१ वैशाख २०७७

काठमाडौं– ग्लोकल आफ्टर स्कूलले ३ दिने निःशुल्क अनलाइन हाजिरी जवाफ प्रतियोगता ‘नलेज मेस्ट्रो एसइई एडिसन’ आयोजना गर्न लागेको छ । प्रतियोगिता अहिले लकडाउनको समयमा घरमा बस्नु भएका एसइई दिन तयार भएका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो ।

यो खाली समयमा आफ्नो पढाइलाई अभ्यास गराउन  र बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो । काठमाडौं वर्ल्ड स्कूलका सहकार्यमा ग्लोकल आफ्टर स्कूलले नलेज मेस्ट्रो एसइई एडिसनको आयोजना गर्न लागेको हो ।

नलेज मेस्ट्रो  एक अनलाइन हाजिरी जवाफ प्रतियोगिता हो । जुन विद्यार्थीहरू लकडाउन अवधिमा संलग्न गराउनको लागि बनाइएको हो । विगतका दिनहरूमा नलेज मेस्ट्रोको २ संस्करणहरू अर्थात् जीटीएच संस्करण (विशेष गरी ग्लोकल टीन हीरो सदस्यहरूको लागि) र योङ्ग नेपाल संस्करण (१५ देखि २५वर्ष उमेरका युवाहरूका लागि) आयोजना गरिएको थियो ।

नलेज मेस्ट्रो तेस्रो संस्करण हो जुन विशेष रूपमा एसइई दिन तयार विद्यार्थीहरूलाई आगामी परीक्षामा मद्दत पुगोस भनी डिजाइन गरिएको हो । प्रतियोगिताको आयोजन गर्नुको मुख्य उद्देश्य भनेको उनीहरुलाई आकर्षक र चाखलाग्दो तरीकाले एसइई परीक्षाको लागि तयार गर्नु हो र सबै प्रश्नहरू उनीहरूको शैक्षिक विषयमा केन्द्रित हुनेछन् ।

प्रतियोगिता प्रतिस्पर्धा ८ मेमा सुरू हुन्छ र ३ विजेताहरूको घोषणाको साथ १० मेमा समाप्त हुनेछ । पुरस्कारअन्तर्गत विजेताले २५ हजार नगद, पहिलो रनर अप १५ हजार र दोस्रो रनर अप १० हजार प्राप्त गर्नेछन् ।

ग्लोकलका कार्यकारी निर्देशक आशिष ठाकुरले भने, ‘यस महामारीको स्थितिमा सबै शैक्षिक संस्थानहरू बन्द छ र विद्यार्थीहरू घरमा छन् । विशेष गरी एसइई परिक्षा दिनु पर्ने विद्यार्थीहरु यो लकडाउन विस्तारसँगै अहिले अलमलमा परेका छन । अहिले यो अवस्थामा कठिन परिस्थितिको सामना गर्दै आएका विद्यार्थीहरुलाई आफ्नो दिमागलाई बौद्धिक गतिविधिमा संलग्न गराउनको लागि हामी यो संस्करणकोे आयोजना गर्न लागेका हौ ।’

यस प्रतियोगिता ३ राउण्डमा संचालन हुनेछ

नलेज राउण्ड
एसइई दिन लागेका  विद्यार्थीहरू ग्लोकल अफ्टर स्कूलद्वारा आयोजित आधिकारिक पोर्टलमार्फत प्रतियोगितामा भाग लिन सक्दछन् । यस राउण्डमा अंग्रेजी र नेपाली ५० प्रश्नहरु समावेश हुनेछन् । यस राउण्डको अन्तमा २४ जना प्रतियोगिता छानिने छन र दोश्रो राउण्डकोलाई अगाडी बढ्नेछन् ।

सेमिफाइनल राउण्ड
यस राउण्डमा २४ प्रतियोगीले सामाजिक र विज्ञान सम्बन्धित २० प्रश्नहरुको उत्तर दिनुपर्नेछ र अन्त्यमा उत्कृस्ट १६ प्रतियोगी छानिनेछन ।

फाइनल राउण्ड
१६ प्रतियोगीले यस राउण्डमा विज्ञान सम्बन्धि २० प्रश्नहरुको सामना गर्नुपर्ने छ । सबै अंकको मूल्याङ्कन गरी ३ बिजेताहरुको घोषणा हुनेछ र सोहि विजेताहरुलले नगद पुरस्कार, छात्रवृत्ति र प्रमाणपत्र प्राप्त गर्नेछने ।

प्रतियोगिताका लागि आवेदन खुलेको छ र यसका लागि इच्छुक प्रतियोगीहरुले दर्ता गराउनू पर्ने छ । https://glocalafterschool.com/knowledge-maestro-see/

आवेदन दिने अन्तिम मिति मे ७ रहेको छ । र प्रतिस्पर्धाका लागि मापदण्ड यस्ता छन् ।
१. सहभागीहरू एसइई दिन लागेका विद्यार्थीहरू हुनुपर्ने 
२. सबै प्रतियोगीसँग २ उपकरण हुनुपर्नेछ  (प्राथमिकता ल्यापटप, मोबाइल)
३.सहभागीहरूसँग नेटवर्क जडान हुनुपर्दछ र यदि क्विजमा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकल जिम्मेवार हुनेछैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप